अन्तर्राष्ट्रिय

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने


erastriya शुक्रबार, असार २०, २०८२

काठमाडौँ । उत्तर कोरियाली शासक किम जोङ उनले युक्रेनसँग युद्धमा फसेको रुसलाई ठूलो सहयोग पठाउने निर्णय गरेका छन् ।

सीएनएनको रिपोर्ट अनुसार, उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार थप सेना पठाउने भएका छन् । युक्रेनी गुप्तचर कागजातहरूलाई उद्धृत गर्दै सीएनएनले सेनाहरू नोभेम्बरसम्ममा रुस पुग्न सक्ने उल्लेख गरिएको छ । किमले रूसलाई बलियो बनाउन आफ्नो सेना सहयोग पठाउन लागेको बताइएको छ, जसमा ठूलो मात्रामा आक्रामक सैन्य अपरेशनहरू पनि समावेश छन् ।

यससँगै, उपग्रह तस्बिरहरूले रूसको तयारीलाई संकेत गरेको छ । उपग्रह तस्बिरहरूले रूसी बन्दरगाहहरूमा उत्तर कोरियाली तैनाथीको लागि पहिले प्रयोग गरिएका जहाजहरू र कार्गो विमानहरूको उडान ढाँचाहरूले रूसमा सेना ल्याउने मार्गहरू सक्रिय रहेको देखाएको छ । उत्तर कोरियाले रूसको लागि लड्न गत वर्ष रूसमा ११ हजार सेना पठाएको थियो । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अप्रिलमा आफ्नो उपस्थिति पुष्टि गरेका थिए । उत्तर कोरियाले यो निर्णय त्यस्तो समयमा गरको छ, जब अमेरिकाले युक्रेनमा हवाई रक्षा मिसाइलहरूको ढुवानी रोक्ने निर्णय गरेको छ ।

रूस र युक्रेन अब लामो युद्ध पछि शान्ति तर्फ कदम चालिरहेका छन् । दुई चरणको वार्ता लगभग सफल भएको छ र अब रूस-युक्रेन वार्ताको तेस्रो चरणको मिति चाँडै तय हुने आशा गरिएको छ ।  रूस र युक्रेन बीचको पहिलो बैठकमा कैदीहरूको आदानप्रदानमा सहमति भएको थियो भने दोस्रो बैठकमा ६ हजार युक्रेनी सैनिकहरूको शव फिर्ता, बिरामी र २५ वर्ष मुनिका कैदीहरूको आदानप्रदानमा सहमति भएको थियो । पहिलो चरणको वार्ता मे १६ मा इस्तानबुलमा भएको थियो भने दुई देशबीचको दोस्रो चरणको वार्ता जुन २ मा टर्कीमा भएको थियो ।

पछिल्लो बैठकमा युक्रेनका रक्षामन्त्री रुस्तम उमरोभले तेस्रो बैठक जुनको अन्तिम हप्तामा गर्ने प्रस्ताव गरेका थिए, तर यी वार्ताहरू हुन सकेनन् । यद्यपि, जुन २ मा भएको सम्झौताको बाबजुद पनि, रूसी मिडियाले क्रेमलिनले युद्धविरामको लागि दुई प्रस्ताव दिएको छ, जसमा रूसले आफ्नो भाग मान्ने चार क्षेत्रहरू (डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिज्झिया) बाट युक्रेनी सेना फिर्ता लिन माग गरिएको छ । यस बाहेक, १०० दिन भित्र युक्रेनमा राष्ट्रपति चुनाव गराउने शर्त राखिएको बताइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यी मागहरूलाई शान्तिको मनसाय विपरीत भन्दै आएका छन् र रुसमाथि नयाँ प्रतिबन्धहरूको माग गरेका छन् । जेलेन्स्कीले यी मागहरू वास्तवमा युक्रेनको आत्मसमर्पणका सर्त भएको र यसलाई स्वीकार नगर्ने स्पष्ट गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय
अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

१ दिन अघि

चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो
चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

असार १६, २०८२

रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्रहार गरेको दाबी
रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्रहार गरेको दाबी

असार १५, २०८२

युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस
युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस

असार १५, २०८२

ताजा अपडेट

  • एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

  • उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

    उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउ…

  • रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

    रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

  • हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्वीकार छैन

    हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्व…

  • सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले तिमीलाई सम्झनेछौं !

    सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले त…

  • हुदै नभएको विद्यालयको भवन बनाएको विवरण पेश गरि भ्रष्टाचार, चार जनाविरुद्ध मुद्धा दायर

    हुदै नभएको विद्यालयको भवन बनाएको विवरण पेश गरि भ्रष्…

  • रास्वपाको सचिवालयको बैठक बस्दै

    रास्वपाको सचिवालयको बैठक बस्दै

  • श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक

    श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्…