काठमाडौँ । जिल्ला प्राविधिक कार्यालय दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियारसमेत ४ जनामाथि सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको तत्कालिन दुनै गाविसको वडा नम्बर २ र ३ तिप्लामा दुर्गा प्राथमिक विद्यालय निर्माणको नाममा ७ लाख ६० हजार रकम विनियोजन गरि अनियमितता गरेको आरोपमा जिल्ला प्राविधिक कार्यालय दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, तत्कालीन लेखापाल मनिराम कुर्मि, डोल्पाको ठूलीभेरी नगरपालिका वडा- ४ बस्ने दुर्गा प्राथमिक विद्यालयको २ कोठे भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र भवन निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष संगिता बुढाविरुद्ध मुद्धा दायर गरेको छ ।
अख्तियारले हुदै नभएको विद्यालयको नाममा सबै विवरण नक्कली बनाएर अनियमितता गरेको अनुसन्धानबाट खुलेको जनाएको छ ।
प्रतिकिर्या