भ्रष्टाचार

नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय


erastriya सोमबार, असार १६, २०८२

काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय भएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले सोमबार बस्नेतलाई ८ वर्ष र मेयर जस्तो ओहोदामा बसेका कारणले थप ३ महिनाको कैद सजाय सुनाएको हो ।

 पद्म हाउजिङसँग ९ करोड २२ लाख रुपैंयाको घुस लेनदेनको प्रकरणमा विधेश अदालतले बस्नेतलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो । त्यस्तै पद्म हाउजिङका सञ्चालक राजु कँडेललाई २ करोड ३० लाखको जरिवाना गरेको छ । साथै हाउजिङ र पद्मा मर्चेन्टले पनि सोहि दरले जरिवाना तिर्नुपर्ने आदेशमा उल्लेख छ ।

विशेष अदालतले बस्नेतलाई १३ करोड १२ लाख रुपैंया सम्पत्ति शुद्धीकरण गरेकोमा दोषी ठहर गरेको छ । सम्पत्ति शुद्धीकरणमा उनलाई ३ वर्ष कैद सजाय तोकिएको छ । त्यो कैद भने ८ वर्षको कैदमा गाभिनेछ । विशेष अदालतले उनलाई सम्पत्ति शुद्धीकरणमा २६ करोड २५ लाख रुपैंया जरिवाना तोकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर बस्नेत र व्यापारी कँडेलसहितलाई प्रतिवादी बनाएर २०८१ को पुस १४ गते विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो ।

बस्नेत २०७४ र २०७९ गरी दुवै स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट मेयरमा विजयी भएका

थिए ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एमाले मधेश प्रदेशका उपनेता ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर
एमाले मधेश प्रदेशका उपनेता ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

जेठ २८, २०८२

त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’
त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

जेठ ०५, २०८२

नेपालमै किन हुन्छ यति धेरै भ्रष्टाचार ?  यी हुन् प्रमूख कारण
नेपालमै किन हुन्छ यति धेरै भ्रष्टाचार ? यी हुन् प्रमूख कारण

फागुन १६, २०८१

वर्षौं पछि वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष, मुद्दा दायर गर्ने तयारी
वर्षौं पछि वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष, मुद्दा दायर गर्ने तयारी

चैत २२, २०८०

ताजा अपडेट

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…

  • चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

    चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपम…

  • जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त

    जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्…

  • प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

    प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

  • रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्रहार गरेको दाबी

    रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्…

  • राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै

    राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै

  • युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस

    युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस