शिक्षा

विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह


erastriya सोमबार, असार १६, २०८२

काठमाडौँ । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा केही विषयमा सहमति हुन बाँकी रहेकाले आजको समितिको बैठक स्थगित गर्न आग्रह गरेका छन् ।

सोमबार शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा मन्त्री पन्तले आफुलाई केहि विषयमा सहमति जुटाउन केहि दिन समय चाहिने भएकाले केहि दिन समय मागेको स्पष्ट गरेका छन् । शिक्षकसँग भएको सहमति कार्यान्वयनको चरणमा गइसकेको भन्दै बजेट समेत विनियोजन समेत भइसकेको अवस्थामा अहिले फेरी आन्दोलनमा जानुपर्ने अवस्था नआओस भनेर आफुले प्रयत्न गरिरहेको बताए । 

उनले भने- ' मेरो आग्रह २-३ समय दिउ, आजको बैठक स्थगित गरौँ, सरकारको तर्फबाट प्रयत्न गर्छौं, कांग्रेसले केहि दिन बैठक सारेर छलफल गरौँ भनेपछि, यसलाई मानेर जाऊ । मलाई र कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरलाई छलफल गर्न समय दिनुस् ।'       

आज पारित गर्ने तयारी भएपनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नै समितिको बैठकमा पुगेर आजका लागि बैठक स्थगित गर्न प्रस्ताव गरेपछि समितिका सदस्यहरुले आपत्ति जनाएका थिए । मन्त्री पन्तले त्यसअघि सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सानेपा पुगेर भेटेर आएका थिए । त्यसअघि शिक्षामन्त्री पन्तले नेपाल शिक्षक महासंघका प्रतिनिधिहरुसँग पनि छलफल गरेका थिए ।

सरकार र नेपाल शिक्षक महासंघबीच असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति भएपनि समितिले नै विधेयकलाई अन्तिम रुप दिने विषयमा अलमल हुदा आशंका जन्मिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बस्दै
एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बस्दै

असार १३, २०८२

सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर
सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

जेठ १७, २०८२

कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

माघ २२, २०८१

बाजुराका विद्यार्थीलाई  राडीपाखी बुनाइ तालिम
बाजुराका विद्यार्थीलाई राडीपाखी बुनाइ तालिम

माघ १७, २०८१

ताजा अपडेट

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…

  • चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

    चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपम…

  • जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त

    जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्…

  • प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

    प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

  • रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्रहार गरेको दाबी

    रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्…

  • राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै

    राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै

  • युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस

    युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस