अन्तर्राष्ट्रिय

रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्रहार गरेको दाबी


erastriya आइतबार, असार १५, २०८२

काठमाडौँ । रुसले युक्रेनमा सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ । गएराती रुसले ४७७ ड्रोन र ६० क्षेप्यास्त्र सहित ५३७ क्षेप्यास्त्र आक्रमण गरेको युक्रेनले जानकारी दिएको छ । रुसले युक्रेनमा एम/केएन-२३ ब्यालिस्टिक मिसाइल, ३३ केएच-१०१/इस्केन्डर-के क्रूज मिसाइल र ४ क्यालिबर क्रूज मिसाइल पनि प्रहार गरेको युक्रेनको रक्षा मन्त्रालयले बताएको छ ।

युक्रेनी वायुसेनाले यी मध्ये ४७५ आक्रमणलाई रोकेको  र यस क्रममा युक्रेनका एफ-१६ पाइलटको मृत्यु जनाएको छ । मिडिया रिपोर्टका अनुसार, रुसी आक्रमणको जवाफ दिने क्रममा एफ-१६ मा मिसाइल लागेको बताइएको छ ।

रुसी आक्रमणमा घर र पूर्वाधारमा क्षति पुगेको छ र छ जना घाइते भएका छन् । युक्रेनी वायुसेनाले रुसको मिसाइल आक्रमणको क्रममा पाइलटले सात क्षेप्यास्त्र प्रहार गरेको बताएको छ, तर अन्तिम लक्ष्यमा प्रहार गर्दा उनको विमानले काम गर्न नसकेको बताएको छ ।

पाइलटले एफ-१६ लाई जनघनत्व भएको क्षेत्रबाट टाढा लगेपनि आफु समयमै विमानबाट बाहिर निस्कन नसकेको रक्षा मन्त्रालयले बताएको छ ।

यसअघि, युक्रेनले जुन २८ को बिहान रूसले कब्जा गरेको क्रिमियामा रहेको किरोभस्के एयरबेसमा आक्रमण गरेको दाबी गरेको थियो । किभ इन्डिपेन्डेन्टका अनुसार, यस आक्रमणमा रूसको एमआई-८, एमआइ-२६ र एमआई-२८ आक्रमण हेलिकप्टर र एक हवाई सुरक्षा प्रणाली नष्ट भएको दाबि गरिएको छ ।

युक्रेनी सुरक्षा सेवाले युक्रेनले रूसी विमान, वायु रक्षा प्रणाली, हतियार र ड्रोन भण्डारलाई लक्षित गरेको बताएको छ । यद्यपि, रूसले भने यसको पुष्टि गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस
युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस

१४ घण्टा अघि

युद्धमा मारिएका ६० इरानी सैनिक अधिकारी र वैज्ञानिकहरूको अन्तिम संस्कार
युद्धमा मारिएका ६० इरानी सैनिक अधिकारी र वैज्ञानिकहरूको अन्तिम संस्कार

१ दिन अघि

इरानको संसदद्वारा राष्ट्रसंघको आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्बन
इरानको संसदद्वारा राष्ट्रसंघको आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्बन

असार ११, २०८२

इरानले युद्धविराम उलंघन गरेको इजरायलको आरोप, जवाफी आक्रमण गर्न निर्देशन
इरानले युद्धविराम उलंघन गरेको इजरायलको आरोप, जवाफी आक्रमण गर्न निर्देशन

असार १०, २०८२

ताजा अपडेट

  • प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

    प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

  • रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्रहार गरेको दाबी

    रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्…

  • राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै

    राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै

  • युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस

    युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस

  • हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं- प्रचण्ड

    हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभि…

  • युद्धमा मारिएका ६० इरानी सैनिक अधिकारी र वैज्ञानिकहरूको अन्तिम संस्कार

    युद्धमा मारिएका ६० इरानी सैनिक अधिकारी र वैज्ञानिकह…

  • रास्वपाको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको साथ

    रास्वपाको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको साथ

  • म र विद्या भण्डारीबाट बम-बारुद पडकिदैन, आशा नगरे हुन्छ- ओली

    म र विद्या भण्डारीबाट बम-बारुद पडकिदैन, आशा नगरे हु…