खेलकुद

राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै


erastriya आइतबार, असार १५, २०८२

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज एएफसी युमन्स एसिया कप क्वालिफायर्स अन्तर्गत लाओसको सामना गर्दैछ । उज्बेकिस्तानको राष्ट्रिय स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ६: १५ बजेदेखि शुरु हुदैछ । 

फिफा वरियतामा लाओस नेपालभन्दा पछाडीको टिम हो । नेपाल हाल फिफाको महिला वरियताको सयौं स्थानमा छ भने लाओस १०७औं स्थानमा रहेको छ ।

नेपाली महिला फुटबल टिमका लागि यो खेल विशेष रहेको छ । यो नेपाली महिला राष्ट्रिय फुटबल टिमको सयौं अन्तर्राष्ट्रिय खेल हो । 

औपचारिक रुपमा नेपाली महिला राष्ट्रिय फुटबल टिमले १९८६ मा हङकङविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यो खेल नेपालले हङकङसँग १-० अन्तरले हार बेहोरेको थियो ।

नेपालले अहिलेसम्म २६ देशसँग अन्तर्राष्ट्रिय खेल खेलेको छ । नेपालले अहिलेसम्म भारतसँग सबैभन्दा धेरै भारतसँग १८ र बंगलादेशसँग १३ खेल खेलेको छ । नेपालले अहिलेसम्म खेलेका ९९ खेलमा ४६ जित हासिल गरेको भने १६ खेल बराबरी र ३७ खेलमा हार बेहोरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आईसीसीले परिवर्तन गर्यो क्रिकेटका ६ नियम
आईसीसीले परिवर्तन गर्यो क्रिकेटका ६ नियम

असार १३, २०८२

टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै
टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

असार ०५, २०८२

त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्याण्ड र नेदरल्याण्डस भिड्दै
त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्याण्ड र नेदरल्याण्डस भिड्दै

असार ०१, २०८२

फिफा क्लब विश्वकप भोलिदेखि, ३२ क्लब भिड्दै
फिफा क्लब विश्वकप भोलिदेखि, ३२ क्लब भिड्दै

जेठ ३२, २०८२

ताजा अपडेट

  • प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

    प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

  • रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्रहार गरेको दाबी

    रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्…

  • राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै

    राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै

  • युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस

    युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस

  • हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं- प्रचण्ड

    हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभि…

  • युद्धमा मारिएका ६० इरानी सैनिक अधिकारी र वैज्ञानिकहरूको अन्तिम संस्कार

    युद्धमा मारिएका ६० इरानी सैनिक अधिकारी र वैज्ञानिकह…

  • रास्वपाको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको साथ

    रास्वपाको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको साथ

  • म र विद्या भण्डारीबाट बम-बारुद पडकिदैन, आशा नगरे हुन्छ- ओली

    म र विद्या भण्डारीबाट बम-बारुद पडकिदैन, आशा नगरे हु…