राजनीति

म र विद्या भण्डारीबाट बम-बारुद पडकिदैन, आशा नगरे हुन्छ- ओली


erastriya शनिबार, असार १४, २०८२

काठमाडौँ । प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुले एमाले आजबाट ध्वस्त हुन्छ भन्ने आशा गरेको बताएका छन्  ।  

शनिबार राष्ट्रिय सभामा मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले एमाले एक रहेको र एक भएर अगाडी जाने बताउदै विरोधीहरुले आशा गरे जस्तो आफु र विद्या भण्डारीबीच विवाद नहुने बताए  । 

उनले भने- 'यस कार्यक्रमबाट विभिन्न आशा गरेका छन् । यहाँ मैले एकदम बम पडकाउछु, विद्या भण्डारीले बम पड्काउनुहुन्छ, ड्याङडाङ डुङडुङ, यहिबाट एमाले ध्वस्त हुन शुरु हुन्छ, यो सपना देखेर बसेका छन् । कुनै बम बन्दुक बारुद गोला पडकिदैन आशा नगरे हुन्छ, एमाले एक छ, एक रहन्छ । आशा पनि कस्ता कस्ता आशा गरेको ।'

ओलीले सम्बोधनका क्रममा मदन भण्डारीलाई आफुहरुकै पहलमा महासचिव बनाएको उल्लेख गर्दै अहिले मदनको जबजको लागु गरिरहेको बताए । उनले जबज अलमलको सिद्धान्त नभएर मार्गदर्शनको सिद्धान्त भएको बताउदै एक भएर अगाडी बढ्नुपर्ने बताए ।

ओलीले भने- 'जनताको बहुदलीय जनवादको पृष्ठभूमी या त्यसको आधारको विचारहरु तय गर्ने कुरामा मदन भण्डारीको अगुवाइ थियो । मदन भण्डारीम महासचिव बन्ने कुरामा मदन भण्डारीको अगुवाइ थिएन, हाम्रो अगुवाइ थियो, अरु साथीहरुको अगुवाइ थियो । मदन भण्डारीले म बन्छु भन्नुभएको थिएन, हामीले नै बनाएका थियौं ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रास्वपाको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको साथ
रास्वपाको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको साथ

१९ घण्टा अघि

कांग्रेसले केन्द्रीय कार्यालय विस्तार गर्दै, १३ करोडमा किन्यो १९ आना जग्गा
कांग्रेसले केन्द्रीय कार्यालय विस्तार गर्दै, १३ करोडमा किन्यो १९ आना जग्गा

१ दिन अघि

एकीकृत समाजवादीको सचिवालय बैठक जारी
एकीकृत समाजवादीको सचिवालय बैठक जारी

१ दिन अघि

संसदीय समितिमा सर्वसम्मत पारित भएका विधेयकमाथि छेडखानी नहोस्- प्रचण्ड
संसदीय समितिमा सर्वसम्मत पारित भएका विधेयकमाथि छेडखानी नहोस्- प्रचण्ड

असार ११, २०८२

ताजा अपडेट

  • युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस

    युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस

  • हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं- प्रचण्ड

    हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभि…

  • युद्धमा मारिएका ६० इरानी सैनिक अधिकारी र वैज्ञानिकहरूको अन्तिम संस्कार

    युद्धमा मारिएका ६० इरानी सैनिक अधिकारी र वैज्ञानिकह…

  • रास्वपाको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको साथ

    रास्वपाको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको साथ

  • म र विद्या भण्डारीबाट बम-बारुद पडकिदैन, आशा नगरे हुन्छ- ओली

    म र विद्या भण्डारीबाट बम-बारुद पडकिदैन, आशा नगरे हु…

  • कांग्रेसले केन्द्रीय कार्यालय विस्तार गर्दै, १३ करोडमा किन्यो १९ आना जग्गा

    कांग्रेसले केन्द्रीय कार्यालय विस्तार गर्दै, १३ करोडमा …

  • एकीकृत समाजवादीको सचिवालय बैठक जारी

    एकीकृत समाजवादीको सचिवालय बैठक जारी

  • नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन

    नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकु…