राजनीति

संसदीय समितिमा सर्वसम्मत पारित भएका विधेयकमाथि छेडखानी नहोस्- प्रचण्ड


erastriya बुधबार, असार ११, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा पेश हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उक्त टिप्पणी गरेका हुन् ।

प्रचण्डले समितिबाट सर्वसम्मत पारित भइसकेका केही विधेयकहरू प्रतिनिधिसभामा कार्यसूचीमा राखिए पनि अन्तिम समयमा हटाइएको प्रति असन्तुष्टि व्यक्त गर्दै त्यसो नगर्न गर्दै सरकारलाई चेतावनी दिए । उनले भने- 'हामीले धेरै मेहनत गरेर सदनमा ल्याएका र समितिबाट सर्वसम्मत पारित गराएका विधेयकहरू कार्यसूचीबाट हटाउने प्रवृत्ति देखिएको छ। यस्तो चलखेल नहोस् भन्ने हाम्रो आग्रह हो।'

संघीय निजामती सेवा विधेयक र विद्यालय शिक्षा विधेयक जस्ता महत्त्वपूर्ण विधेयकहरू कार्यान्वयनका लागि अत्यावश्यक भएको भन्दै प्रचण्डले यसमा सरकार र समितिका सभापतिको ध्यानाकर्षण गराए । 

प्रचण्डले प्रहरीसम्बन्धी विधेयकलाई समय सान्दर्भिक, व्यापक छलफल र अधिकतम परिमार्जनसहित पारित गर्नुपर्नेमा समेत जोड दिए । उनका अनुसार, विधेयक तयार पार्दा अघिल्ला बहसहरू, सरोकारवालाको राय र संघीयताको मर्मलाई मध्यनजर गरिनुपर्छ । उनले भने- 'यो विधेयक ढिला भए पनि आएकोमा सरकारलाई धन्यवाद दिन्छु। तर अब यसको परिमार्जन र समुचित प्रक्रिया सुनिश्चित गरेर अघि बढाउनु आवश्यक छ ।'

उनले संघीयताको प्रभावकारी कार्यान्वयनमा देखिएको अन्योल हटाउन कानुनी अधार निर्माणमा सबै दलले सहकार्य गर्नुपर्नेमा पनि जोड दिए । प्रचण्डको चेतावनीसँगै बैठकमा सहभागी अन्य सांसदहरूले पनि समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरूमा अनावश्यक हस्तक्षेप स्वीकार नहुने धारणा व्यक्त गरे  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

माओवादी सँग काे २ बुँदे सहमति का आधारमा भिजिट भिसा छानबिन समिति गठन! केके छन् कार्यदिशा ?
माओवादी सँग काे २ बुँदे सहमति का आधारमा भिजिट भिसा छानबिन समिति गठन! केके छन् कार्यदिशा ?

असार १०, २०८२

बजेटमा कांग्रेसको दबाब, बजेट पारित नहुने चेतावनी ! सरकार परिवर्तन हुने हल्ला
बजेटमा कांग्रेसको दबाब, बजेट पारित नहुने चेतावनी ! सरकार परिवर्तन हुने हल्ला

असार ०९, २०८२

प्रचण्डसँग विप्लव र प्रकाण्डको भेटवार्ताले ल्यायो नयाँ तरंग
प्रचण्डसँग विप्लव र प्रकाण्डको भेटवार्ताले ल्यायो नयाँ तरंग

असार ०७, २०८२

रास्वपाले बहिष्कार गर्यो आजको संसद बैठक
रास्वपाले बहिष्कार गर्यो आजको संसद बैठक

असार ०६, २०८२

ताजा अपडेट

  • इरानको संसदद्वारा राष्ट्रसंघको आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्बन

    इरानको संसदद्वारा राष्ट्रसंघको आणविक ऊर्जा एजेन्सीसँगक…

  • संसदीय समितिमा सर्वसम्मत पारित भएका विधेयकमाथि छेडखानी नहोस्- प्रचण्ड

    संसदीय समितिमा सर्वसम्मत पारित भएका विधेयकमाथि छेडख…

  • फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

    फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकस…

  • माओवादी सँग काे २ बुँदे सहमति का आधारमा भिजिट भिसा छानबिन समिति गठन! केके छन् कार्यदिशा ?

    माओवादी सँग काे २ बुँदे सहमति का आधारमा भिजिट भिस…

  • इरानले युद्धविराम उलंघन गरेको इजरायलको आरोप, जवाफी आक्रमण गर्न निर्देशन

    इरानले युद्धविराम उलंघन गरेको इजरायलको आरोप, जवाफी…

  • युद्धविरामको कुनै सम्झौता भएको छैन- इरान

    युद्धविरामको कुनै सम्झौता भएको छैन- इरान

  • बजेटमा कांग्रेसको दबाब, बजेट पारित नहुने चेतावनी ! सरकार परिवर्तन हुने हल्ला

    बजेटमा कांग्रेसको दबाब, बजेट पारित नहुने चेतावनी !…

  • सलमान खानलाई 'ब्रेन एन्युरिज्म', के हो यो रोग ?

    सलमान खानलाई 'ब्रेन एन्युरिज्म', के हो यो रोग ?