राजनीति

माओवादी सँग काे २ बुँदे सहमति का आधारमा भिजिट भिसा छानबिन समिति गठन! केके छन् कार्यदिशा ?


erastriya मंगलबार, असार १०, २०८२

काठमाडौँ । सरकारले अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्ने सम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८२ गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गठन गरेको समितिको अध्यक्षमा पूर्व मुख्यसचिव शंकर दास वैरागी रहेका छन् भने समितिलाई ९ बुँदे कार्यादेश दिएको हो । 

तीन महिनाको समय दिएर बनाइएको समितिको समितिका सदस्यहरूमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज चिलुवाल, कानुन मन्त्रालयकी सहसचिव  अरुणा जोशी, पर्यटन मन्त्रालयका सहसचिव  रामकृष्ण लामिछाने, परराष् मन्त्रालयका सहसचिव मणिरत्न शर्मा, श्रम मन्त्रालयका  सहसचिव प्रदिप कोइराला र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले समितिको सदस्य सचिव रहेका छन् । 

गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभामा समिति गठन गरिएको जानकारी गराउदै समितिको निम्न बमोजिमको कार्यादेश रहने बताएका छन् । 

समितिको कार्यादेश :

१. अध्यागमन व्यवस्थापन, भिजिट भिसा लगायत सबै प्रयोजनका लागि विदेश जाने आउने व्यक्तिहरूको यात्रालाई सहजीकरण सम्बन्धमा अध्ययन, विश्लेषण एवं तथ्यगत छानबिन गरी देखिने समस्या समाधान गर्न नीतिगत, कानूनी एवं संरचनागत सुधारको तत्कालीन र दीर्घकालीन कार्य योजना प्रस्ताव गर्ने ।

२. अध्यागमन व्यवस्थापन, भिजिट भिसा लगायत सबै प्रयोजनका लागि विदेश जाने तथा नेपाल भित्रिने व्यक्तिहरूको यात्रालाई सहजीकरण गर्न प्रचलित ऐन, नियमावली, कार्यविधि, मापदण्ड लगायत नीतिगत र कानूनी व्यवस्थामा संशोधन वा पुनरावलोकन आवश्यक भए सो को मस्यौदा सहितको सुझाव पेश गर्ने ।

३. अध्यागमन व्यवस्थापनमा विद्यमान संरचनागत व्यवस्था, कर्मचारी व्यवस्थापनमा सुधारका लागि प्रस्ताव सहितको सुझाव पेश गर्ने ।

४. अध्यागमन व्यवस्थापन र नागरिकहरूको आगमन र प्रस्थानमा समस्या सृजना हुन नदिन सम्बद्ध निकायहरूबिचको समन्वय र सहकार्यमा गर्नुपर्ने सुधार एवं व्यवस्था बारेमा सुझाव पेश गर्ने ।

५. अध्यागमन व्यवस्थापन र नागरिकहरूको यात्रा सहजीकरण सम्बन्धमा अन्तर्राष्ट्रिय असल अभ्यासको अध्ययन गरी नेपालको परिवेश अनुरूप कार्यान्वयन गर्न सकिने सुझाव पेश गर्ने ।  

६. भिजिट भिसा, श्रम भिसा लगायतका अन्य भिसा प्रयोग गरी यात्रा गर्ने व्यक्तिहरूले बेहोर्नु परेको समस्या तथा विदेशमा अवैधरुपमा बस्दा उत्पन्न हुने समस्याका सम्बन्धमा आवश्यक अध्ययन गरी सो को रोकथाम गर्न अपनाउनुपर्ने उपायहरूका सम्बन्धमा सुझाव पेश गर्ने ।

७. अध्यागमन प्रणालीलाई प्रविधिमैत्री, सरल, सहज, छिटो छरितो बनाई सेवा प्रवाह प्रभावकारी बनाउन आवश्यक सुझाव दिने ।

८. विदेश प्रस्थान र आगमन गर्ने विषयसँग सम्बन्धित सरोकारवाला निकाय वा संस्थाहरूको भूमिका व्यवस्थित गर्न आवश्यक सुझाव पेश गर्ने ।

९. अध्यागमनको आगमन र प्रस्थानको अभिलेखलाई सुरक्षित, दुरुस्त राख्न अपनाउनु पर्ने उपायका बारेमा सुझाव दिने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

बजेटमा कांग्रेसको दबाब, बजेट पारित नहुने चेतावनी ! सरकार परिवर्तन हुने हल्ला
बजेटमा कांग्रेसको दबाब, बजेट पारित नहुने चेतावनी ! सरकार परिवर्तन हुने हल्ला

१ दिन अघि

प्रचण्डसँग विप्लव र प्रकाण्डको भेटवार्ताले ल्यायो नयाँ तरंग
प्रचण्डसँग विप्लव र प्रकाण्डको भेटवार्ताले ल्यायो नयाँ तरंग

असार ०७, २०८२

रास्वपाले बहिष्कार गर्यो आजको संसद बैठक
रास्वपाले बहिष्कार गर्यो आजको संसद बैठक

असार ०६, २०८२

मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण मात्रै गर्छन्- चन्द्र भण्डारी
मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण मात्रै गर्छन्- चन्द्र भण्डारी

असार ०५, २०८२

ताजा अपडेट

  • फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

    फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकस…

  • माओवादी सँग काे २ बुँदे सहमति का आधारमा भिजिट भिसा छानबिन समिति गठन! केके छन् कार्यदिशा ?

    माओवादी सँग काे २ बुँदे सहमति का आधारमा भिजिट भिस…

  • इरानले युद्धविराम उलंघन गरेको इजरायलको आरोप, जवाफी आक्रमण गर्न निर्देशन

    इरानले युद्धविराम उलंघन गरेको इजरायलको आरोप, जवाफी…

  • युद्धविरामको कुनै सम्झौता भएको छैन- इरान

    युद्धविरामको कुनै सम्झौता भएको छैन- इरान

  • बजेटमा कांग्रेसको दबाब, बजेट पारित नहुने चेतावनी ! सरकार परिवर्तन हुने हल्ला

    बजेटमा कांग्रेसको दबाब, बजेट पारित नहुने चेतावनी !…

  • सलमान खानलाई 'ब्रेन एन्युरिज्म', के हो यो रोग ?

    सलमान खानलाई 'ब्रेन एन्युरिज्म', के हो यो रोग ?

  • विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा

    विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. रा…

  • अभियन्ता नवराज बोहोरा लाई आफनै निवास मा बोलाएर प्रचण्डले गरे भेट

    अभियन्ता नवराज बोहोरा लाई आफनै निवास मा बोलाएर प्रच…