राजनीति

मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण मात्रै गर्छन्- चन्द्र भण्डारी


erastriya बिहीबार, असार ०५, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले देश युवाविहीन हुँदै गएको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भण्डारीले बजेटमाथिको छलफलमा भाग लिदै बजेटले युवाविहिन बनाउने भए यसको औचित्य नहुने टिप्पणी गरेका हुन् ।

उनले भने- 'युवाहरू शिक्षाका नाममा, रोजगारीका नाममा, दलालीका नाममा र बाहिर गइरहेका छन् । बाहिर गएर पनि कहाँ सुख पाउनू, त्यहाँ गएर यहाँभन्दा बढी दु:ख पाएको छ । युवाविहीन देश बनाउने हो भने यो बजेट केका लागि ? हामी युवाविहीन हुँदैछौँ । सहरमा जाँदा युवा छैन, बाउआमा मात्रै हुनुहुन्छ । मृत्यु भयो भने लास लैजान मान्छे छैन।'

सांसद भण्डारीले नेताहरूले भाषण मात्रै गरेको आरोप लगाउदै भाषण गरेर मात्रै देश नबन्ने बताए। 

उनले भने- 'भाषणले औषधि दिन्छ ? भाषणले देशलाई उज्यालो दिन्छ ? भाषणले युवालाई विदेशबाट फर्काउँछ ? मैले देश बुझ्नै सकिनँ, यो देशका नेतृत्व बुझ्नै सकिनँ।'

उनले देश बनाउन सकिने भए पनि देशमा बेथिति बढेको र राजनीतिक नेतृत्व सहि नभएको बताए । उनले बजेटमा विनियोजन गरिएको रकम सहि ठाउमा नरहेको बताउदै काम गर्न नसके राजीनामा दिन आग्रह गरे ।

सांसद भण्डारीले विश्वमा विकासको प्रतिष्पर्धा भएपनि हाम्रो देशमा भने गरिवी बढाउने प्रतिष्पर्धा बढेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

काँग्रेसले नेता शास्त्रीको निधनमा तीन दिन शोक मनाउने
काँग्रेसले नेता शास्त्रीको निधनमा तीन दिन शोक मनाउने

१ दिन अघि

सरकार र सभामुखबाट बलजफ्ती संसद चलाइयो- नारायणकाजी श्रेष्ठ
सरकार र सभामुखबाट बलजफ्ती संसद चलाइयो- नारायणकाजी श्रेष्ठ

१ दिन अघि

एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड
एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड

जेठ ३२, २०८२

लाेसपाले 'लोकतान्त्रिक सहीद सन्तति वृत्ति कोष' बनाउने
लाेसपाले 'लोकतान्त्रिक सहीद सन्तति वृत्ति कोष' बनाउने

जेठ २९, २०८२

ताजा अपडेट

  • आफ्नै सासु आमासँग लभ परेपछि ज्वाईसँग बिहे, बिच्चलीमा छोरी

    आफ्नै सासु आमासँग लभ परेपछि ज्वाईसँग बिहे, बिच्चलीमा…

  • मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण मात्रै गर्छन्- चन्द्र भण्डारी

    मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण म…

  • पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

    पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्त…

  • टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

    टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

  • ट्रम्पलाई खामेनीको चेतावनी- धम्कीबाट डराउदैनौं, सैन्य हस्तक्षेप भए जवाफ दिन्छौं

    ट्रम्पलाई खामेनीको चेतावनी- धम्कीबाट डराउदैनौं, सैन्य…

  • काँग्रेसले नेता शास्त्रीको निधनमा तीन दिन शोक मनाउने

    काँग्रेसले नेता शास्त्रीको निधनमा तीन दिन शोक मनाउने

  • सरकार र सभामुखबाट बलजफ्ती संसद चलाइयो- नारायणकाजी श्रेष्ठ

    सरकार र सभामुखबाट बलजफ्ती संसद चलाइयो- नारायणकाजी …

  • इजरायल र इरानमा रहेका नेपालीहरुको उद्धारका लागि विवरण संकलन शुरु

    इजरायल र इरानमा रहेका नेपालीहरुको उद्धारका लागि वि…