कानुन

माइतीघरमा ७ गते निषेधाज्ञा लगाउने तयारीमा प्रशासन


erastriya आइतबार, मंसिर ०३, २०८०

काठमाडौँ । दुर्गा प्रसाईंले नेतृत्व गरेको समूह र युवा संघको नेतृत्वमा मंसिर ७ मा काठमाडौँमा हुने भनिएको प्रदर्शनबारे आम चासो छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरिरहेको छ । नेकपा (एमाले) निकट युवा संघको अध्यक्ष क्षितिज थेवे हुन् । तर, मंसिर ७ मा हुने भनिएको शक्ति प्रदर्शनको कमाण्ड चाहिँ पूर्व मन्त्री एवं एमाले नेता महेश बस्नेतले गर्ने भएका छन् । प्रदर्शनमा पार्टीको ‘समर्थन’ रहेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा नै उद्घोष गरेका छन् । दुवै समूहले काठमाडौँको माइतीघरमा शक्ति प्रदर्शन गर्ने सार्वजनिक रुपमा घोषणा गरेका छन् । दुर्गा प्रसाईँ र युवा संघ माइतीघरमा आमने–सामने हुने भएपछि गृह प्रशासनले सो क्षेत्रमा ‘झडप’ हुने आकलन गर्दै छलफल सुरु गरेको छ । आइतबार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले उपत्यकामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा प्रमुखहरु र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापासँग त्यसबारे छलफल थालेका हुन् । 

शान्तिपूर्ण प्रदर्शन र कार्यक्रम गर्नुअघि कार्यक्रमबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । स्थानीय प्रशासन ऐन–२०२८ अनुसार सार्वजनिक कार्यक्रम गर्न प्रमुख जिल्ला अधिकारीकारीबाट स्वीकृति लिनुपर्छ । दुर्गा प्रसाईं नेतृत्वको समूहले कार्यक्रमबारे हालसम्म जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिएको छैन । युवा संघले चाहिँ मंसिर ७ मा माइतीघरमा प्रदर्शनका लागि अनुमति मागेका छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत भन्छन्,‘युवा संघबाट माग आएको छ, अर्को पक्षबाट माग नआएको हुनाले हामी समन्वय गर्दै छौँ ।’

 

आइतबार गृह मन्त्रालयमा दुईवटा समूहलाई एकै ठाउँमा कार्यक्रम गर्न दिन नहुने बारे छलफल भएको छ । छलफलमा सहभागी गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार ७ मंसिरबाट १५ दिनसम्म माइतिघर हुँदै नयाँ बानेश्वरसम्म निषेधाज्ञा लगाउने गृह प्रशासनको तयारी छ । स्थानीय प्रशासन ऐन–२०२८ अनुसार निषेधाज्ञा लगाउने र निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुन्छ । 

‘निषेधाज्ञा’ उल्लंघन गरेमा १ महिना कैद र १ हजार जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । स्थानीय प्रशासन ऐनमा भनिएको छ,‘कुनै ठाउँमा आन्दोलन वा हुलदंगा भई शान्ति भङ्ग हुने जाने देखिएमा परिस्थितिको बिचार गरी आवश्यक भएमा प्रमुख जिल्ला अधिकारीले त्यस्तो स्थानको सिमाना तोकी सो ठाउँमा कसैले आवत जावत गर्न, भेला हुन र तोकेको अरु कुनै काम गर्न नपाउने गरी कफ्र्यु लगाउन आदेश जारी गर्न सक्नेछन् ।’ 

एउटै मितिमा एकै ठाउँमा दुई समूहको कार्यक्रम हुन नसक्ने बताउँछन् काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत । त्यसमा समन्वय गरेर उपयुक्त स्थान तोकेर कार्यक्रम गर्न दिने र आवश्यक सुरक्षा व्यवस्था मिलाउने बारे हामी छलफल गरिरहेका छौँ ।’ 

दुर्गा प्रसाईंले नेतृत्व गरेको समूहले कम्तीमा ५ हजार मानिस उपत्यका बाहिरबाट ल्याउन सक्ने आकलन सुरक्षा निकायले गरेको छ । युवा संघले १५ हजार मानिस उतार्ने आकलन गरिएको छ । फरक समूहका हजारौं मानिस एकैठाउँमा भेला हुन दिएमा ‘झडप’ हुनसक्ने भन्दै फरक स्थान तोक्नेबारे गृह मन्त्रालयमा छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह
खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

भदौ १६, २०८१

सर्वोच्च अदालतको निर्णय: शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन
सर्वोच्च अदालतको निर्णय: शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन

साउन २३, २०८१

कुलमान घिसिङका दुई सारथी कपिल र भक्तबहादुर लाई सरकारले पदमुक्त गरेको छ
कुलमान घिसिङका दुई सारथी कपिल र भक्तबहादुर लाई सरकारले पदमुक्त गरेको छ

साउन २०, २०८१

पुष्कर खतिवडा माथि अनुसन्धान गर्न प्रहरीले लियाे थप ३ दिन म्याद
पुष्कर खतिवडा माथि अनुसन्धान गर्न प्रहरीले लियाे थप ३ दिन म्याद

साउन १७, २०८१

ताजा अपडेट

  • अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

    अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

  • अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने  काम नगर्ने प्रतिबद्धता

    अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने काम नगर्ने प्रतिबद्धता

  • गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

    गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

  • ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

    ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

  • खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

    खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

  • ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

    ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

  • गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

    गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

  • नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति

    नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति