खेलकुद

फिफा क्लब विश्वकप भोलिदेखि, ३२ क्लब भिड्दै


erastriya शनिबार, जेठ ३२, २०८२

काठमाडौँ । फिफाले तय गरेको नयाँ फर्म्याटको क्लब विश्वकप आइतबार देखि शुरु हुदैछ । फिफा क्लब विश्वकपको उद्घाटन खेलमा इन्टर मियामी र इजिप्टको क्लब अल अहलीबीच हुने छ । यो खेल नेपाली समय अनुसार आइतबार बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ ।  

जुलाई १३ सम्म अमेरिकामा हुने फिफा क्लब विश्वकप मा ३२ क्लबले भाग लिदैछन् । ६ कन्फेडेरेसनका ३२ क्लबलाई ८ समुहमा विभाजित गरिएको छ ।आयोजकको रुपमा अमेरिकन क्लब इन्टर मियामी रहेको छ भने एशियाबाट चार क्लब अल हिलाल, उर्वा रेड डायमण्डस, अल एन र उल्सन एचडी रहेका छन् । त्यस्तै अफ्रिकाबाट अल अहली, विडाड एसी, एसपेरेन्स डे टुनिस, मामेलोड़ी सनडाउन्स रहेका छन् । अमेरिका र क्यारेबियन क्षेत्रबाट मोन्टेरे, सीटल्स सन्डर्स एफसी, पाचुका र लस एन्जल्स एफसी रहेका छन् । दक्षिण अमेरिकी क्षेत्रबाट पाल्मेरियाज, फ्लामेन्गो, फ्लुमिनेन्स, बोटाफोगो, रिभर प्लेट, बोका जुनियर्स रहेका छन् । त्यस्तै ओसियाना क्षेत्रबाट अकल्याण्ड सिटी रहेको छ । त्यसैगरी युइएफएबाट १२ क्लब फिफा क्लब विश्वकप खेल्दै छन् । जसमा चेल्सी, रियल म्याड्रिड, म्यानचेस्टर सिटी, बायर्न म्युनिख, पिएसजी, इन्टर मिलान, पोर्टो, बेनिफिका, बोरुसिया डोर्टमण्ड, युभेन्टस, एटलेटिको म्याड्रिड र रेड बुल साल्जबर्ग रहेका छन् ।

३२ क्लबलाई ८ समुहमा विभाजन गरिएको छ । जसमा समुह ए मा इन्टर मियामी, पाल्मेइराज, पोर्टो र अल अहली रहेका छन् भने समुह बी मा पिएसजी, एटलेटीको म्याड्रिड, वोटाफोगो र सीटल सन्डर्स एफसी रहेका छन् । त्यस्तै समुह सी मा बायर्न म्युनिख, अकल्याण्ड सिटी, बोका जुनियर्स र बेनिफिका रहेका छन् भने समुह डी मा फ्लामेन्गो, एसपेरेन्स डे टुनिस, चेल्सी र लस एन्जल्स एफसी रहेका छन् । त्यसैगरी समुह ई मा रिभर प्लेट, उर्वा रेड डायमण्डस, मोंटेरे र इन्टर मिलान रहेका छन् भने समुह एफमा फ्लुमिनेन्स, बोरुसिया डोर्टमण्ड, उल्सान एचडी र मामेलोडी सनडाउन्स रहेका छन् । त्यसैगरी समुह जी मा म्यानचेस्टर सिटी, वीडाड एसी, अल ऐन र युभेन्टस रहेका छन् भने समुह एचमा रियल म्याड्रिड, अल हिलाल, पचुका र रेड बुल साल्जबर्ग रहेका छन् । 

समुह चरणको खेलपछि हरेक समुहका शिर्ष दुई क्लब राउण्ड १६ मा पुग्ने छन् र त्यसपछि नकआउट चरण शुरु हुने छ ।फिफा क्लब विश्वकपको फाइनल खेल जुलाई १३ मा हुने छ । फिफाले क्लब विश्वकपका लागि कुल पुरस्कार रकम एक बिलियन डलर छुट्ट्याएको छ । प्रतियोगिताको विजेताले बढीमा १२५ मिलियन पाउने फिफाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्याण्ड र नेदरल्याण्डस भिड्दै
त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्याण्ड र नेदरल्याण्डस भिड्दै

२० घण्टा अघि

दक्षिण अफ्रिकाले जित्यो २७ वर्ष पछि  आईसीसीको मुख्य प्रतियोगिता  टेस्ट च्याम्पियनसिपको उपाधि
दक्षिण अफ्रिकाले जित्यो २७ वर्ष पछि आईसीसीको मुख्य प्रतियोगिता टेस्ट च्याम्पियनसिपको उपाधि

१ दिन अघि

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्डस माथि नेपालकाे सानदार विजयी
आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्डस माथि नेपालकाे सानदार विजयी

जेठ २९, २०८२

नेदरल्याण्डबिरूद्द नेपाल ब्याटिङमा
नेदरल्याण्डबिरूद्द नेपाल ब्याटिङमा

जेठ २८, २०८२

ताजा अपडेट

  • त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्याण्ड र नेदरल्याण्डस भिड्दै

    त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्या…

  • इरानी रक्षा मन्त्रालयमा हमला, इजरायलको हाफिजा तेल प्रशोधन केन्द्र ध्वस्त

    इरानी रक्षा मन्त्रालयमा हमला, इजरायलको हाफिजा तेल प्र…

  • एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड

    एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड

  • फिफा क्लब विश्वकप भोलिदेखि, ३२ क्लब भिड्दै

    फिफा क्लब विश्वकप भोलिदेखि, ३२ क्लब भिड्दै

  • ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य सम्पन्न

    ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य सम्पन्न

  • दक्षिण अफ्रिकाले जित्यो २७ वर्ष पछि  आईसीसीको मुख्य प्रतियोगिता  टेस्ट च्याम्पियनसिपको उपाधि

    दक्षिण अफ्रिकाले जित्यो २७ वर्ष पछि आईसीसीको मुख्य प्र…

  • अस्पतालको होस्टेलको छतमा भेटियो दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स

    अस्पतालको होस्टेलको छतमा भेटियो दुर्घटनाग्रस्त विमानको…

  • इरानमाथि इजरायलको अर्को आक्रमण जारी

    इरानमाथि इजरायलको अर्को आक्रमण जारी