अर्थ/बाणिज्य

बैंकको ऋण तिर्न नसकेपछि टल बहादुर ले राखे आफ्नो मृगौला विक्रीमा


erastriya आइतबार, मंसिर ०३, २०८०

काठमाडौं । पछिल्लो समय नेपालमा बैंक तथा वित्तिय संस्थाको आतंक छ । ब्याजदर आकाशिएको छ । मध्यम वर्गका जनता बैंक ब्याज तिर्नै नसकेर थलिएका छन् । तर, सरकारले एकल अंकमा ब्याजदर कायम गर्न सकेको छैन । यस्तो स्थितिमा सर्वसाधरण भने अब आफ्नै शरिरका अंग बेचेर भए पनि ऋणको ब्याज तिर्ने संगिन मोडमा पुगेका छन् ।
‘मेरो किड्नी बिकाउमा छ कसैलाई चाहिन्छ भनी सम्पर्क गर्नुहोला मलाई बेभार चलाउन धेरै गरो भएको हुनाले म किड्नी बेच्न खोजेको हो । नेपाल सरकारसँग ष्पष्नि मेरो अनुरोध नरोक्नका लागि ।’ सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको यो पोस्टरमा सम्पर्क नम्बर उल्लेख छ ।

उनले आफ्नो नम्बर ९८०३३२७०८४ रहेको उल्लेख गरेका छन् । ब्लड ग्रुप पनि ए भएको उल्लेख छ । उनै व्यक्तिको नम्बरमा फोन गर्दा उनी नवलपरासी घर भएका ३८ वर्षिय टल बहादुर परियार भएको खुल्यो । उनले आफूले बैंक ऋण मार्फत एउटा हात्ती गाडी किनेको र उक्त गाडीको किस्ता तिर्न नसक्दा किस्ता तिर्नकै लागि मृगौला विक्रीमा राखेको बताए ।

‘२ वटा छोरा छोरी छन् । उनीहरुलाई पाल्न पर्यो । बैंक ऋण गरेर हात्ती गाडी किनेको थिएँ । त्यो गाडी पनि बुढीले स्वरुममा लगेर कौडीको भाउमा बेचिदिइन् । अहिले श्रीमती पनि कुवेत गएको चार महिना भयो कुनै फोन सम्पर्क छैन,’ उनले दियोपोस्टसँग भने,‘अब मैले मृगौला बेच्नुको विकल्प छैन । खेती किसानी गर्न हाम्रो जमिन छैन । नवलपरासीमा हामी सुकुम्बासी बस्तीमा छौँ । छोरा छोरीलाई खानेकुरा छैन ।’

उनले उक्त पोस्टर राखेपछि प्रहरीले उनलाई बोलाएर बयान लिएको छ । नवलपरासी प्रहरीले उक्त पोस्टर हटाउन दबाव दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने
आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

जेठ १६, २०८२

उधोग मन्त्रीले भण्डारीले भने, ‘अब कालोपत्रे होइन, सडकलाई सेतो पत्रे गरौँ’
उधोग मन्त्रीले भण्डारीले भने, ‘अब कालोपत्रे होइन, सडकलाई सेतो पत्रे गरौँ’

जेठ ०७, २०८२

कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य
कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य

बैशाख ३०, २०८२

करिब बीस करोड रकमसहित एक जना पक्राउ
करिब बीस करोड रकमसहित एक जना पक्राउ

चैत ०४, २०८१

ताजा अपडेट

  • सहमति नहुदाँ प्रतिनिधि सभा बैठक बस्न अझै समस्या

    सहमति नहुदाँ प्रतिनिधि सभा बैठक बस्न अझै समस्या

  • मन्त्रि परिषदको निर्णय सार्बजनिक

    मन्त्रि परिषदको निर्णय सार्बजनिक

  • प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

    प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्…

  • बेलायतले रूसबिरूद्द लडन युक्रेनलाई १ लाख ड्रोन दिने

    बेलायतले रूसबिरूद्द लडन युक्रेनलाई १ लाख ड्रोन दिने

  • 'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल

    'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आध…

  • बेलीब्रिज जडान गर्न ४ दिनसम्म कान्ति लोकपथ बन्द हुने

    बेलीब्रिज जडान गर्न ४ दिनसम्म कान्ति लोकपथ बन्द हुने

  • नेपालले आज दाेस्राे खेल नेदरल्याण्डसँग खेल्दै

    नेपालले आज दाेस्राे खेल नेदरल्याण्डसँग खेल्दै

  • लामखुट्टे भगाउन अपनाउनुहोस् यी घरेलु उपाय

    लामखुट्टे भगाउन अपनाउनुहोस् यी घरेलु उपाय