अन्तर्राष्ट्रिय

अस्पतालको होस्टेलको छतमा भेटियो दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स


erastriya शुक्रबार, जेठ ३१, २०८२

काठमाडौँ । भारतको अहमदाबादमा भएको एयर इन्डियाको दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स अस्पतालको होस्टेल भवनको छतमा फेला परेको छ ।

भारतको उड्डयन मन्त्रालयले विमानको ब्ल्याक बक्स होस्टेल भवनको छतमा भेटिएको जानकारी दिदै यस दुर्घटनाको नेशनल इन्भेस्टिगेसन एजेन्सी (एनआईए) सहित ७ एजेन्सीहरूले अनुसन्धानमा गरिरहेको जानकारी दिएको छ ।

विमान दुर्घटनाग्रस्त हुदा बीजे मेडिकल कलेजको होस्टेलमा ५० भन्दा बढी रहेको र उनीहरु मध्ये ४ एमबीबीएस विद्यार्थी र एक डाक्टरकी श्रीमतीको मृत्यु भएको छ बताइएको छ ।यसअघि शुक्रबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदी विमान दुर्घटनास्थल अहमदाबाद पुगेका थिए । उनले घटनास्थलको भ्रमण गरेपछि सिभिल अस्पतालमा गएर उपचारत घाइतेलाई भेट गरेका थिए ।

एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर उडान एआई-१७१ बिहीबार दिउँसो १:३८ बजे अहमदाबादबाट लन्डनका लागि उडेको थियो । विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र एक क्यानेडियन नागरिक सहित जम्मा २३० यात्रु थिए। त्यसको दुई मिनेटपछि नै विमान दुर्घटनाग्रस्त भएको थियो । तीमध्ये १०३ पुरुष, ११४ महिला, ११ बालबालिका र २ नवजात शिशु थिए । बाँकी १२ जना चालक दलका सदस्य थिए । यस घटनामा भारतीय मुलका बेलायती नागरिक विश्वास कुमार रमेश सकुशल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

१ दिन अघि

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

  • माओवादी बारेको टीका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको छ- जनार्दन शर्मा

    माओवादी बारेको टीका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भए…

  • नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

    नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्प…

  • चिनियाँ कम्पनिले सिन्धुलीमा भैसीको मासु प्रशोधन उद्योग खोल्न २० अर्ब लगानी गर्दै,

    चिनियाँ कम्पनिले सिन्धुलीमा भैसीको मासु प्रशोधन उद्यो…

  • प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

    प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्र…

  • पोर्चुगलका २५ बर्षिय अट्याकिङ मिडफिल्डर जोआओं फेलिक्स अल नासर जाने निश्चित

    पोर्चुगलका २५ बर्षिय अट्याकिङ मिडफिल्डर जोआओं फेलिक्स …

  • एएफसी यू-२० महिला एसियान कप छनोट खेल्ने नेपाली टिमको घोषणा

    एएफसी यू-२० महिला एसियान कप छनोट खेल्ने नेपाली टिम…

  • सिन्धुपाल्चोकका ‘अजित’ माओवादी केन्द्रमा पुनः सक्रिय

    सिन्धुपाल्चोकका ‘अजित’ माओवादी केन्द्रमा पुनः सक्रिय