समाचार

स्पेनमा भेटियो ३ हजार वर्ष पुरानो गहना, जो थियाे पृथ्वीभन्दा बाहिरको धातुकाे


erastriya बिहीबार, जेठ ३०, २०८२

स्पेन, २९ जेठ । स्पेनको एलिकेन्टेमा अवस्थित भिलेनाको खजानामा अहिलेसम्म गरिएको सबैभन्दा रहस्यमय खोजहरू प्रकाशमा आएको छ।

उक्त खजानाबाट फलाम जस्ता दुईवटा वस्तुहरूमा एउटा ब्रेसलेट र एउटा सानो गोल आकारको गहना रहेको छ । तर, अचम्मको कुरा यो छ कि यो  फलामको भने होइन । यो खासमा  उल्कापिण्डबाट प्राप्त धातुको समान राखेर बनाइएको छ । यो खोज प्राविधिक दृष्टिकोणले मात्र नभई सांस्कृतिक र सांकेतिक महत्वको दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिएको छ ।


पछिल्लो यो खोज त्राबोस्जिद प्रि हिस्टोरियामामा प्रकाशित गरिएको छ । भनिएको छ कि भविष्यको लागि यो गहना गाइडको रूपमा लिइएको छ ताकि अन्य धातु वस्तुहरूमा पनि कुनै हानि नगरी परीक्षणहरू गर्न सकिन्छ।

यो धातु पृथ्वीमा पाइने सामान्य खनिजभन्दा फरक छ। यसमा उच्च मात्रामा निकल भेटिएको थियो, जुन अन्तरिक्षबाट खसेको उल्कापिण्डको विशेषता हो, यो उल्का पिण्डमा मात्रै पाइन्छ । यसले प्रमाणित गर्छ कि यो धातु प्राकृतिक रूपमा पृथ्वीमा पाइँदैन।


भिलेनाको खजानाबाट यी कलाकृतिहरू १४०० देखी १२०० ईसापूर्व बीचको मानिएको छ । यो लगभग ५०० वर्ष पहिले देखी लगभग ८५० ईसा पूर्व इबेरियन फलाम युगको शुरुवातमा निर्माण भएको हुन सक्छ ।

यो खोजले पुरातन इबेरियन मानिसहरू उल्कापिण्डसँग परिचित थिए भनी संकेतसमेत गरेको छ । तिनीहरूले त्यो धातुलाई मान्यता दिए र यसलाई धार्मिक वा प्रतिकात्मक महत्त्व दिएका छन् । उनले यस्तो प्रारम्भिक चरणमा धातुलाई आकार दिने प्रविधि विकास गरेका थिए। यसले पुरातन धातु विज्ञानको इतिहासलाई पुनः परिभाषित गर्दछ र देखाउँछ कि तिनीहरू पृथ्वीमा उपलब्ध स्रोतहरूमा सीमित थिएनन्।

उल्का पिण्डबाट बनेका वस्तुहरू इतिहासमा अन्य ठाउँमा पनि भेटिएका छन्, जस्तै इजिप्टको तुतानखामुनको खंजर र पुरातन चीन र मेसोपोटामियामा उल्काबाट बनेको हतियार फेला परेका थिए । तर, यसरी हेर्दा भिलेनाको यो खोजले स्पेनको पुरातन समाजमा पनि उल्का धातुलाई धार्मिक, अनुष्ठान र सामाजिक दृष्टिकोणले विशेष मानिन्थ्यो भन्ने देखाउँछ। यी वस्तुहरू समाजका उच्च वर्गले प्रयोग गरेको हुनसक्छ ।

यस आविष्कारलाई ठीकसँग प्रमाणित गर्न मास स्पेक्ट्रोमेट्री जस्ता आधुनिक वैज्ञानिक परीक्षणहरू प्रयोग गरिएको थियो। स्पेनको राष्ट्रिय पुरातत्व संग्रहालयका विज्ञ साल्भाडोर रोभिरा लोरेन्सको नेतृत्वमा गरिएको विश्लेषणले यी वस्तुहरूको उत्पत्तिलाई स्पष्ट गर्‍यो, जसमा निकेल र कोबाल्ट धेरै मात्रामा पाइन्छ, जो उल्कापिण्डको बिशेषता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

गृह मन्त्री लेखकले बोल्दै गर्दा रास्वपाले रोष्ट्रम पुगेर गरे नाराबाजी
गृह मन्त्री लेखकले बोल्दै गर्दा रास्वपाले रोष्ट्रम पुगेर गरे नाराबाजी

जेठ ३१, २०८२

अत्याधिक गर्मीले लु हुनसक्छ, बच्न यो घरेलु उपाय अपनाउनुहोस्
अत्याधिक गर्मीले लु हुनसक्छ, बच्न यो घरेलु उपाय अपनाउनुहोस्

जेठ ३०, २०८२

प्रतिनिधिसभा बैठक बस्दै, सुचारू हुन सक्नेमा शंका कायमै
प्रतिनिधिसभा बैठक बस्दै, सुचारू हुन सक्नेमा शंका कायमै

जेठ ३०, २०८२

आम नेपालीले भोगेको समस्या देखाउने फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’
आम नेपालीले भोगेको समस्या देखाउने फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’

जेठ ३०, २०८२

ताजा अपडेट

  • त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्याण्ड र नेदरल्याण्डस भिड्दै

    त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्या…

  • इरानी रक्षा मन्त्रालयमा हमला, इजरायलको हाफिजा तेल प्रशोधन केन्द्र ध्वस्त

    इरानी रक्षा मन्त्रालयमा हमला, इजरायलको हाफिजा तेल प्र…

  • एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड

    एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड

  • फिफा क्लब विश्वकप भोलिदेखि, ३२ क्लब भिड्दै

    फिफा क्लब विश्वकप भोलिदेखि, ३२ क्लब भिड्दै

  • ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य सम्पन्न

    ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य सम्पन्न

  • दक्षिण अफ्रिकाले जित्यो २७ वर्ष पछि  आईसीसीको मुख्य प्रतियोगिता  टेस्ट च्याम्पियनसिपको उपाधि

    दक्षिण अफ्रिकाले जित्यो २७ वर्ष पछि आईसीसीको मुख्य प्र…

  • अस्पतालको होस्टेलको छतमा भेटियो दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स

    अस्पतालको होस्टेलको छतमा भेटियो दुर्घटनाग्रस्त विमानको…

  • इरानमाथि इजरायलको अर्को आक्रमण जारी

    इरानमाथि इजरायलको अर्को आक्रमण जारी