भ्रष्टाचार

एमाले मधेश प्रदेशका उपनेता ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर


erastriya मंगलबार, जेठ २८, २०८२

काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एमालेका मधेश प्रदेश सांसद दिपेन्द्र कुमार ठाकुरसहित १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले धनुषाको औरही गाउँपालिकामा अस्पताल निर्माणका क्रममा अनियमिता गरेको आरोपमा प्रदेश सांसदठाकुरसहित १७ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारले अस्पताल निर्माण गर्न लुम्बिनी/डि. एण्ड एन. जे.भी तथा डि.एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक रहेका ठाकुरसहित १७ जनालाई ६ करोड ६९ लाख १२ हजार ३८३ नोक्सान पुर्याएको आरोपमा मुद्धा दायर गरिएको छ ।

आरोपपत्रमा सबै भन्दा कम १२ करोड ३५ लाख ५० हजार २४८ रकम पेश गर्ने बोलपत्रदाता प्रतिष्ठा/धुलिखेल/एक्सिस एसियन जे.भी.लाई बोलपत्रमा उल्लेख भएको प्राविधिक मुल्याङकनमा फेल गरी गराई उक्त रकम भन्दा बढी रकम १९ करोड १४ लाख ६२ हजार ६३२ कवोल गर्ने लुम्बिनी/डि. एण्ड एन. जे.भी. लाई छनौट हुदा सो रकम राज्यलाई नोक्सानी पुर्याएको आरोप लागाएको छ ।

मुद्धा दायर हुनेमा औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादव, तत्कालीन उपाध्यक्ष मीरा देवी सहनी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुवोध कुमार ठाकुर, वडा नम्बर १ का तत्कालिन अध्यक्ष आशेश्वर यादव, वडा नं.२  का तत्कालीन वडा अध्यक्ष अमित कुमार यादव, वडा नम्बर ३ का वडा अध्यक्ष गंगा प्रसाद यादव, वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष शिवनाथ साह, वडा नं.५ का तत्कालीन प्रमेश्चर कुमार मण्डल, वडा न. ६ का तत्कालीन वडा अध्यक्ष दिलिप कुमार साह, तत्कालीन ‌ईन्जिनियर सोनु साह, तत्कालीन सव-ईन्जिनियर सन्तोष कुमार मण्डल, सव-ईन्जिनियर बिनित कुमार साह, तत्कालीन खरिदार मोहन कुमार मण्डल, तत्कालीन खरिदार मनोज कुमार यादव, लुम्बिनी/डि. एण्ड एन. जे.भी तथा डि.एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक दिपेन्द्र कुमार ठाकुर (हाल मधेश प्रदेशका प्रदेश सभा सदस्य) र लुम्बिनी बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक बिष्णु प्रसाद शर्मा रहेका छन् । 

यो मुद्धा दर्ता भएसँगै एमाले संसदीय दलका उपनेता रहेका ठाकुर प्रदेश सांसदबाट निलम्बित भएका छन् ।  मधेश प्रदेशमा ठूलो दल रहेको एमालेका अब २४ सांसद भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय
नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

१४ घण्टा अघि

त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’
त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

जेठ ०५, २०८२

नेपालमै किन हुन्छ यति धेरै भ्रष्टाचार ?  यी हुन् प्रमूख कारण
नेपालमै किन हुन्छ यति धेरै भ्रष्टाचार ? यी हुन् प्रमूख कारण

फागुन १६, २०८१

वर्षौं पछि वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष, मुद्दा दायर गर्ने तयारी
वर्षौं पछि वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष, मुद्दा दायर गर्ने तयारी

चैत २२, २०८०

ताजा अपडेट

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…

  • चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

    चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपम…

  • जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त

    जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्…

  • प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

    प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

  • रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्रहार गरेको दाबी

    रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्…