बिज्ञान तथा प्रबिधि

VPN केहो कसरी प्रयोग गर्ने जान्नुहोस


erastriya शनिबार, मंसिर ०२, २०८०

काठमाडौं । के तपाईं अनलाइन सेक्युरिटी वा प्राइभेसीको विषयलाई लिएर चिन्तामा हुनुहुन्छ ? अथवा आफ्नो निजी जानकारी ह्याकरको हातमा पुग्दैन ? आफ्नो अनलाइन शपिङ, सर्च रिजल्ट, बिल पेमेन्ट जस्ता जानकारी सुरक्षित राख्न चाहनुहुन्छ ? यदि हो भने यो सम्भव छ । भीपीएनले तपाईंका यस्ता समस्यालाई समाधान गर्न सक्छ । आज हामी तपाईंलाई भीपीएन के हो र यसले तपाईंलाई कसरी सहयोग पुर्‍याउन सक्छ भन्ने विषयमा विस्तृतमा बताउँदै छौं ।

असुरक्षित वेबसाइटमाा वेबसाइट भिजिट गर्नु वा कारोबार गर्नुको अर्थ आफ्नो निजी जानकारी र ब्राउजिङ सम्बन्धी बानीव्यहोरा उदाङ्गो पार्नु हो । तर भीपीएन अर्थात भर्चुअल प्राइभेट नेटवर्कले पब्लिक नेटवर्क प्रयोग गर्दाको बखत तपाईंलाई सुरक्षित राख्ने गर्दछ । यसले तपाईंको इन्टरनेट ट्राफिकलाई इन्क्रिप्ट राख्छ अनि तपाईंको अनलाइन पहिचानलाई लुकाइदिन्छ । यस्तो अवस्थामा थर्डपार्टीलाई तपाईंको अनलाइन गतिविधि ट्र्याक गर्नु र तपाईंको डेटा चोरी गर्नु कठीन बन्न पुग्छ ।

भीपीएनले तपाईंको कम्प्युटर वा स्मार्टफोनलाई सर्भर कम्प्युटरमा कनेक्ट गराउँछ र तपाईं उक्त कम्प्युटरको इन्टरनेट कनेक्सनलाई प्रयोग गरेर इन्टरनेटमा ब्राउज गर्न सक्नुहुन्छ । भीपीएन कुनै गैरकानूनी विषय होइन ।

यसको प्रयोग विश्वभर संस्थागत र व्यक्तिगत दुवै तवरमा हुने गर्दछ । कम्पनी तथा सरकारी निकायहरुले पनि यसको प्रयोग गर्दछन् । ता कि आफ्नो डेटालाई संरक्षण गरेर राख्न सकियोस् ।

यसको प्रयोग यस्ता देशहरुमा पनि हुने गर्दछ, जहाँ कठोर शासन प्रणाली हुन्छ । संक्षिप्तमा भन्नुपर्दा पब्लिक नेटवर्कमा आफ्नो अनलाइन सुरक्षाका लागि भीपीएन प्रयोग ग र्न सकिन्छ ।

भीपीएनले कसरी काम गर्छ ?

 

जब तपाईं सुरक्षित भीपीएन सर्भरमा कनेक्ट हुनुहुन्छ, त्यतिखेर तपाईंको इन्टरनेट ट्राफिक एउटा इन्क्रिप्टेड टनेल भएर ओहोर दोहोर गर्दछ । जसलाई कसैले पनि ट्र्याक गर्न वा देख्न सक्दैन । चाहे त्यो ह्याकर होस् वा सरकार अथवा तपाईंको इन्टरनेट सेवाप्रदायक ।

अर्थात तपाईंको इन्टरनेट डेटालाई रिड गर्न वा पढ्न सकिन्न । भीपीएनले कसरी काम गर्छ भन्ने कुरा बुझ्नका लागि दुई वटा अवस्था, भीपीएन बिना र भीपीएनको साथमा के फरक पर्छ भन्ने कुरा हेरौं ।

जब हामी बिना भीपीएन कुनै वेबसाइट प्रयोग गर्दछौं, त्यस्तो बेलामा इन्टरनेट सेवाप्रदायक (आईएसपी) को माध्यमबाट साइटमा कनेक्ट हुन पुग्दछौं । आईएसपीले हामीलाई एउटा युनिक आईपी एड्रेस दिएको हुन्छ । किन कि आईएसपीले नै हाम्रो समग्र इन्टरनेट ट्राफिकलाई निर्देशन र व्यवस्थापन गर्दछ ।

यस्तोमा हामी जुन वेबसाइट भिजिट गर्दछौं, आईएसपीले त्यसको जानकारी राख्न सक्छ । यस्तो अवस्थामा तपाईं हाम्रो प्राइभेसी अर्थात गोपनीयताको सुरक्षा कसरी हुनसक्छ ? अब अर्को अवस्था अर्थात भीपीएन सहितको इन्टरनेट कनेक्सनको कुरा गरौं । जब हामी भीपीएनमार्फत इन्टरनेटमा कनेक्ट हुन्छौं, तब हाम्रो मोबाइल वा कम्प्युटरमा रहेको भीपीएन एप (जसलाई भीपीएन क्लाइन्ट समेत भनिन्छ) ले भीपीएन सर्भरसँग सुरक्षित कनेक्सन बनाउँदछ । यस्तो अवस्थामा पनि हामीसम्म आइपुग्ने इन्टरनेट आईएसपीकै माध्यमबाट ओहोर दोहोर गरिरहेको हुन्छ ।

तर आईएसपीले यस्तो ट्राफिकको अन्तिम गन्तव्य देख्न पाउँदैन । अनि हामी जुन वेबसाइट हामी भिजिट गरिरहेका हुन्छौं, त्यसले पनि हाम्रो वास्तविक आईपी एड्रेस पहिचान गर्न सक्दैन । अब यहाँनिर भीपीएनको आवश्यकता किन पर्छ भन्ने विषयमा चर्चा गरौं ।

 

किन आवश्यक हुन्छ भीपीएन ?

सफ्टवेयरको दिग्गज कम्पनी माइक्रोसफ्टले सन् १९९६ मा पहिलो पटक भीपीएन विकास गरेको थियो । ता कि अफिस बाहिर बसेर काम गर्ने कर्मचारीले कम्पनीको सुरक्षित नेटवर्कमा पहुँच बनाउन सकुन् ।

यसबाट कम्पनीको उत्पादनशीलता बढ्ने देखिएपछि अन्य कम्पनीहरु पनि यसलाई अपनाउन थाले । यस्तोमा तपाईंलाई लाग्न सक्छ हामीले कुन कुन समयमा भीपीएन प्रयोग गर्ने ?

यदि तपाईंका लागि आफ्नो प्राइभेसी अर्थात गोपनीयता निकै महत्वपूर्ण छ भन्ने लाग्छ भने हरबखत तपाईंले भीपीएन प्रयोग गर्न सक्नुहुन्छ । तर केही यस्ता अवस्थाहरु पनि हुन्छन्, जसमा तपाईंले अनिवार्य रुपमा भीपीएनको प्रयोग गर्नुपर्ने हुनसक्छ ।

उदाहरणका लागि स्ट्रिमिङ गर्दाको बखत, यात्राको समयमा, पब्लिक वाईफाई चलाउँदा, गेमिङ खेल्दा, किनमेल गर्दा, अनलाइन कारोबार गर्दा आदि समयमा तपाईंले भीपीएन प्रयोग गर्न सक्नुहुन्छ। कति प्रकारको हुन्छ भीपीएन ?

आधारभूत रुपमा भीपीएन दुई प्रकारको हुने गर्दछ, रिमोट एक्सेस भीपीएन र साइट टु साइट भीपीएन । रिमोट एक्सेस भीपीएनको माध्यमबाट प्रयोगकर्ताले अर्को नेटवर्कमा एउटा प्राइभेट इन्क्रिप्सन टनेलको माध्यमबाट कनेक्ट हुनसक्छन् ।

यसको माध्यमबाट कम्पनीको इन्टरनेट सर्भर वा पब्लिक इन्टरनेटमार्फत कनेक्ट हुन सकिन्छ । साइट टु साइट भीपीएनलाई राउटर टु राउटर भीपीएन समेत भन्ने गरिन्छ । यसको प्रयोग धेरैजसो कर्पोरेट क्षेत्रमा हुने गर्दछ ।

खास गरेर विभिन्न क्षेत्रमा कम्पनीका महत्वपूर्ण कार्यालयहरु हुने गर्दछन् । यस्तोमा साइट टु साइट भीपीएनले यस्तो क्लोज्ड इन्टरनल नेटवर्क तयार पारिदिन्छ, ता कि जहाँ सबै लोकेसन एकसाथ कनेक्ट हुनसकुन् । यसलाई इन्ट्रानेट भनिन्छ ।

भीपीएनबाट हुने लाभलाई समग्रमा हेर्ने हो भने तपाईंको ब्राउजिङ हिस्ट्री, आईपी एड्रेस, लोकेसन, स्ट्रिमिङ लोकेसन, डिभाइस तथा वेब एक्टिभिटी हाइड अर्थात गुप्त बस्छन् । फाइदासँगै यसका केही बेफाइदा पनि छन् । उदाहरणका लागि स्लो स्पिड, कुकिज प्रोटेक्सन नहुने र समग्र प्राइभेसी नहुने । यति धेरै सुरक्षित हुनुका बाबजुत भीपीएनलाई पूर्ण सुरक्षा दिनसक्ने सेवा भन्न सकिन्न । किन भने यसले ह्याकर, सरकार र आईएसपीबाट त डेटा लुकाउन सक्छ ।

तर जब भीपीएन सेवा दिने कम्पनीले चाहेको खण्डमा भने त्यस किसिमका डेटामा पहुँच बनाउन सक्छन् । त्यसैले यस्तो अवस्थामा विश्वसनीय भीपीएन प्रयदायकाट नै भीपीएन सेवा लिनु उचित ठहरिन्छ ।

कसरी छनौट गर्ने राम्रो भीपीएन ?

 

भीपीएनले पर्याप्त इन्टरनेट स्पिड उपलब्ध गराउन सकोस् । तपाईंको प्राइभेसी सुरक्षित रहन सकोस् र सेवाप्रदायकले पछिल्लो प्रोटोकलको प्रयोग गरोस् । उसको विश्वसनीयता र ख्याती राम्रो होस् । तपाईंको आवश्यकता अनुसार त्यसको डेटा लिमिट मेल खान सकोस् ।

सर्भरको लोकेसन तपाईंला थाहा हुन सकोस् । विभिन्न डिभाइसबाट तपाईंले भीपीएनमा एक्सेस गर्न सक्ने अवस्था रहोस् । भीपीएनको शुल्क सान्दर्भिक होस् । उच्चतम इन्क्रिप्सन उपलब्ध हुन सकोस् । राम्रो कस्टमर सपोर्ट दिएको होस् ।

फ्रि ट्रायल पाउन सकियोस् र विज्ञापन ब्लक गर्ने सुविधा पनि होस् । कुन कुन डिभाइसमा प्रयोग गर्न सकिन्छ भीपीएन ? इन्टरनेट प्रयोग गर्न सकिने सबै प्रकारका उपकरणमा भीपीएन प्रयोग गर्न सकिन्छ ।

धेरैजसो भीपीएन सेवाप्रदायकले विभिन्न प्लेटफर्ममा यस किसिमको सेवा दिइरहेका हुन्छन् । उदाहरणका लागि ल्यापटप, ट्याब्लेट, स्मार्टफोन, भ्वाइस असिस्टेन्स, स्मार्ट अप्लाइन्सेस, र स्मार्ट टिभी ।

विश्वका उत्कृष्ट भीपीएन सेवाप्रदायकले निःशुल्क भीपीएन सेवा समेत उपलब्ध गराइरहेका हुन्छन् । तर त्यसमा डेटा लिमिट जस्ता केही सीमितता हुनसक्छन् । अनलाइन सेक्युरिटी र प्राइभेसीका लागि हामी यसको प्रयोग गर्न त सक्छौं । तर कुनै गैरकानूनी वा अनैतिक कामका लागि यसको प्रयोग जोखिमपूर्ण हुनसक्छ ।

गुगल प्ले स्टोर तथा आईओएस एप स्टोरमा अनेकौं सःशुल्क तथा निःशुल्क भीपीएनहरू उपलब्ध छन् । त्यसमध्ये कुनै उपयुक्त एप डाउनलोड गरी उपयुक्त लोकेसन छनोट गरी भीपीएन कनेक्ट गर्न सक्नु हुन्छ । 

भीपीएन कसरी प्रयोग गर्ने ?

 

सबैभन्दा पहिला गुगल प्ले स्टोर वा आईओएस एप स्टोरमा गएर उपयुक्त भीपीएन डाउनलोड गर्नुहोस् ।

एप डाउनलोड भइसकेपछि त्यसलाई खोल्नुहोस् र कनेक्ट विकल्पमा थिच्नुहोस् । 

एपको होम पेजमा लोकेसनको रूपमा कुनै देशको नाम देख्न सक्नु हुन्छ, त्यसमा थिच्नुहोस् । 

भीपीएन कनेक्सन तयार भएपछि मोबाइलको माथि नोटिफिकेसन बारमा भीपीएन कनेक्सन कायम भएको सङ्केत समेत देख्न सक्नु हुन्छ ।

तर यसरी भीपीएनमा चलाउँदा विदेशी सर्भर लोकेसन प्रयोग हुने भएकाले सम्पूर्ण रूपमा अन्तर्राष्ट्रिय ब्यान्डविथमा निर्भर हुन्छ । जसले गर्दा भीपीएन सहित इन्टरनेट प्रयोग गर्दा केही सुस्त भएको महसुस भने हुन सक्छ । 

 

निःशुल्क रूपमा उपलब्ध उत्कृष्ट भीपीएन

१. वाइन्ड स्क्राइब (Windscribe)

२. प्राइभाडो भीपीएन (PrivadoVPN)

३. हाइड डट मी (hide.me)

४. प्रोटोन भीपीएन (Proton VPN)

५. एक्सप्रेस भीपीएन (ExpressVPN)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो
मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो

असार ०३, २०८१

एनसेलको टावरमा बम विस्फोट
एनसेलको टावरमा बम विस्फोट

चैत २९, २०८०

हराएको फोनको लोकेशन जति बेलापनि यसरी ट्रयाक गर्न सकिने
हराएको फोनको लोकेशन जति बेलापनि यसरी ट्रयाक गर्न सकिने

चैत २८, २०८०

जापान चन्द्रमामा बुलेट रेल चलाउने तयारीमा : नेपालकाे काम हेर्ने तयारि
जापान चन्द्रमामा बुलेट रेल चलाउने तयारीमा : नेपालकाे काम हेर्ने तयारि

चैत १२, २०८०

ताजा अपडेट

  • अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

    अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

  • अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने  काम नगर्ने प्रतिबद्धता

    अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने काम नगर्ने प्रतिबद्धता

  • गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

    गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

  • ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

    ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

  • खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

    खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

  • ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

    ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

  • गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

    गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

  • नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति

    नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति