अन्तर्राष्ट्रिय

भारतको छत्तीसगढमा माओवादीको विस्फोटमा परि प्रहरी एएसपीको मृत्यु


erastriya सोमबार, जेठ २७, २०८२

काठमाडौँ । भारतको छत्तीसगढमा माओवादीहरूले गराएको विस्फोटमा प्रहरी एएसपीको मृत्यु भएको छ ।भारतीय मिडियाका अनुसार कोन्टा प्रहरी चौकीका अतिरिक्त प्रहरी अधीक्षक (एएसपी) आकाश राव गिरिपुंजेको मृत्यु भएको हो । त्यस्तै घटनामा इन्चार्ज सोनल ग्वाला र एसडिओपीसहित केही प्रहरी कर्मचारीहरू पनि घाइते भएको बताइएको छ ।छत्तीसगढका उपमुख्यमन्त्री विजय शर्माले कोन्टा-एराबोरा सडकको डोन्ड्रा नजिकै विस्फोटमा घाइते भएपछि एएसपी आकाश राव गिरिपुंजे शहीद भएको जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ । जुन १० मा, माओवादी संगठन ले घोषणा गरेको भारत बन्दको आह्वानलाई ध्यानमा राख्दै पैदल गस्तीमा रहेको प्रहरी टोली विस्फोटमा परेको बताइएको छ ।छत्तीसगढमा पछिल्लो एक महिनामा शीर्ष माओवादी नेता नम्बल्ला केशव राव उर्फ ​​बसवराजु सहित दुई दर्जन भन्दा बढी माओवादीहरू मारिएका छन् । त्यसको विरोधमा माओवादी संगठनले जुन १० मा देशव्यापी बन्दको आह्वान गरेको थियो ।घटनापछि, क्षेत्रमा सुरक्षा बढाइएको छ र क्षेत्रमा खोजी अभियान चलाइएको रिपोर्टमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

१ दिन अघि

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

  • माओवादी बारेको टीका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको छ- जनार्दन शर्मा

    माओवादी बारेको टीका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भए…

  • नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

    नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्प…

  • चिनियाँ कम्पनिले सिन्धुलीमा भैसीको मासु प्रशोधन उद्योग खोल्न २० अर्ब लगानी गर्दै,

    चिनियाँ कम्पनिले सिन्धुलीमा भैसीको मासु प्रशोधन उद्यो…

  • प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

    प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्र…

  • पोर्चुगलका २५ बर्षिय अट्याकिङ मिडफिल्डर जोआओं फेलिक्स अल नासर जाने निश्चित

    पोर्चुगलका २५ बर्षिय अट्याकिङ मिडफिल्डर जोआओं फेलिक्स …

  • एएफसी यू-२० महिला एसियान कप छनोट खेल्ने नेपाली टिमको घोषणा

    एएफसी यू-२० महिला एसियान कप छनोट खेल्ने नेपाली टिम…

  • सिन्धुपाल्चोकका ‘अजित’ माओवादी केन्द्रमा पुनः सक्रिय

    सिन्धुपाल्चोकका ‘अजित’ माओवादी केन्द्रमा पुनः सक्रिय