काठमाडौं, २६ जेठ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली स्कटल्यान्डसँग २ रनले पराजित भएको छ ।
डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा स्कटल्यान्डले प्रस्तुत गरेको ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा मात्र ३२१ रन बनाउन सफल हुदैँ २ रनले पराजित भएको हो ।
एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालको यो सर्वाधिक योगफल हो ।
अन्तिम ओभरमा ८ विकेट गुमाइसकेको नेपाललाई जितका लागि जम्मा ७ रनको आवश्यकता थियो । क्रिजमा रहेका अलराउन्डर करण केसी र बलर सन्दीप लामिछाने १५ रनमा रहेका करणले शरीफको पहिलो बलमा दुई रनमात्रै लिन सफल भए ।
नेपालका लागि ब्याटर भिम सार्कीले ८५ बलमा आठ चौकासहित सर्वाधिक ७३ रन बनाएका थिए भने अलराउन्डर सोमपाल कामीले ४४ बलमा ३ चौका र ४ छक्कासहित ६७ रनको योगदान गर्न सफल भए ।
उता, अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ५१ बलमा दुई चौकासहित ५६ रन खेले भने ब्याटर आरिफ शेखले ३९ रन बनाउँदा ओपनर कुशल भुर्तेलले १७ रन जोडन सफल भए । अलराउन्डर गुल्सन झा ११ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
स्कटल्यान्डका लागि मेकेन्जी (जोन्स) ले ९ ओभरमा ५५ रन खर्चिदैँ सर्वाधिक तीन विकेट लिएका थिए भने त्यस्तै शरीफ र माइकल लिस्कले समान दुई विकेट लिँदा ब्रेन्डन म्याकमुलन र चार्ली केसलको नाममा समान एक विकेट लिन सफल भए ।
उता स्कटल्यान्डका लागि बेरिङ्टनले ११४ बलमा ६ चौका र चार छक्काकोसहित सर्वाधिक १०२ रनको योगदान गरेका थिए भने माइलक लिस्क ६२ बलमा १२ चौका र ३ छक्कासहित अविजित ९६ रनमा अविजित रहन सफल भए ।
चार्ली टियरले ६५ बलमा ९ चौकासहित ६८, मार्क वाटले अविजित २१ र फिनले म्याकक्रियाथले १७ रन बनाउँदा बेरिङ्टनले छैटौं विकेटका लागि लिस्कसँग १२५ तथा तेस्रो विकेटका लागि टियरसँग ९४ रनको साझेदारी गरिदिए ।
नेपालका लागि करण (केसी) र दीपेन्द्रसिंह ऐरीले समान दुई तथा ललितनारायण राजवंशीले एक विकेटमात्र लिन सफल भए ।
नेपालले आफ्नो पहिलो खेलमा स्कटल्यान्डमाथि रोमाञ्चक एक विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो ।
यो नतिजासँगै सातौं स्थानमा यथावत नेपालले १५ खेलमा १० अंक जोडन सफल भएको छ भने १९ खेलबाट २४ अंक जोडेको स्कटल्यान्ड तालिकाको तेस्रो स्थानमा छ ।
लिग–२ मा प्रत्येक टोलीले कूल ९ शृंखलामा कूल ३६ खेल खेल्ने छन् । शीर्ष चारमा रहने टोलीले सोझै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् भने अन्तिम चारमा रहने टोलीले भने छनोट चरणको प्लेअफ खेल्नु पर्नेछ ।
प्रतिकिर्या