राजनीति

कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्तिमा बस्नेले लालपुर्जा पाउने


erastriya आइतबार, जेठ २६, २०८२

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र भूूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलमा आयोगले भूमिहीन दलित, सुुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन, प्रमाणीकरण, नाप नक्सांकन, विवाद समाधान तथा जग्गा दर्ता र प्रमाणपूर्जा वितरणसम्मको योजना बनाइ तीनै तहका सकारसँगको सहकार्यमा काम भइरहेको जानकारी गराएको हो । 

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसहितको छलफलमा आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दस वर्षदेखि बसोबास र अन्य सरकारी जग्गा नपाएका नागरिकलाई भूमिहीन, सुुकुम्बासी पहिचान गर्ने तथा अव्यवस्थित बसोबासीका हकमा कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्ति जमिनामा आवाद÷कमोद गरेर बसोबास गरिरहेको हुनुु पर्ने मापदण्ड तयार गरिएको जानकारी गराए ।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित भएका काम गर्न थप सहज हुने आयोगका पदाधिकारीको भनाइ रहेको छ । प्रधानमन्त्री ओलीले संसद्मा विचाराधीन उक्त विधेयक चाँडै पारित हुने विश्वास व्यक्त गर्दै आयोगले भूमिहीन दलित, सुुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचानका कामलाई योजनाबद्ध र तीव्रताका साथ अघि बढाउन निर्देशन दिए । 

नेपाल सरकारले गत कात्तिक १४ गते सो आयोगको गठन गरेको थियो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

संसद भवनमा प्रतिपक्षी दलकाे बैठक जारी
संसद भवनमा प्रतिपक्षी दलकाे बैठक जारी

९ घण्टा अघि

कांग्रेस र एमालेले प्रतिपक्षी दललाई पुनः भने, ‘गृहमन्त्रीको राजिनामा आउँदैन्’
कांग्रेस र एमालेले प्रतिपक्षी दललाई पुनः भने, ‘गृहमन्त्रीको राजिनामा आउँदैन्’

९ घण्टा अघि

अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु
अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु

जेठ २३, २०८२

माधव नेपालबिरूद्द भ्रष्टचार मुद्दा दायर सांसद पद निलम्बन
माधव नेपालबिरूद्द भ्रष्टचार मुद्दा दायर सांसद पद निलम्बन

जेठ २३, २०८२

ताजा अपडेट

  • संसद भवनमा प्रतिपक्षी दलकाे बैठक जारी

    संसद भवनमा प्रतिपक्षी दलकाे बैठक जारी

  • कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्तिमा बस्नेले लालपुर्जा पाउने

    कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्तिमा बस्नेले ला…

  • कांग्रेस र एमालेले प्रतिपक्षी दललाई पुनः भने, ‘गृहमन्त्रीको राजिनामा आउँदैन्’

    कांग्रेस र एमालेले प्रतिपक्षी दललाई पुनः भने, ‘गृहमन्…

  • पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठ…

  • क्रिकेटः नेपाल र स्कटल्याण्ड बिचमा प्रतिस्पर्धा हुदैँ

    क्रिकेटः नेपाल र स्कटल्याण्ड बिचमा प्रतिस्पर्धा हुदैँ

  • यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा

    यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भार…

  • अब अमेजनका समान रोबर्टले डेलिभरी गर्ने, १७ लाखकाे जागिर धरापमा

    अब अमेजनका समान रोबर्टले डेलिभरी गर्ने, १७ लाखकाे ज…

  • रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

    रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार