बिज्ञान तथा प्रबिधि

अब अमेजनका समान रोबर्टले डेलिभरी गर्ने, १७ लाखकाे जागिर धरापमा


erastriya शनिबार, जेठ २५, २०८२

काठमाडौं, २४ जेड र डोरस्टेप डेलिभरीको दृश्य चाँडै पूर्ण रूपमा परिवर्तन हुन सक्ने अनुमान सुरू गरिएको छ । 

किनभने अमेजनले अब ‘ह्युमनोइड रोबोट’हरूमा काम गरिरहेको छ, जुन रोबर्टले डिलिभरी भ्यानबाट सिधै जम्प गर्नेछ र ग्राहकका प्याकेजहरू प्रयोगकर्ताको ढोकासम्म पुर्‍याउने छ। यो रोबोटको परीक्षण अहिले अमेरिकाको सान फ्रान्सिस्कोमा भइरहेको छ ।

जहाँ उनीहरुलाई ‘ह्युमनोइड पार्क’ नामक विशेष ठाउँमा तालिम दिइँदैछ । कम्पनीका अनुसार यी रोबोटहरू अमेजनको ‘रिभियन इलेक्ट्रिक भ्यान’ सँग एकीकृत हुनेछन् र हाल यसलाई प्रयोगको रूपमा मात्रै हेरिएको छ। यद्यपि, यो प्रयोगले भविष्यमा डेलिभरी कार्यहरू पूर्ण स्वचालनतर्फ जान सक्ने संकेत भने गरेको छ। 

अमेजनले हाल ‘युनी ट्री १’ नामक ह्युमनोइड रोबोटहरू प्रयोग गरिरहेको छ, जसको लागत लगभग १६ हजार अमेरिकन डलर रहेको जनाइएको छ। 

गार्डियनको रिपोर्टमा उल्लेख भए अनुसार  यी रोबोटहरू दुई खुट्टा र दुई हातले मानवजस्तै गतिविधी गर्न सक्षम रहेका छन्। उनीहरुले भ्यानबाट ओर्लेर प्याकेजहरु उठाएर ग्राहकहरु माझ पुर्‍याउन सक्ने गरी विशेष बनाइएको छ। यी रोबोटहरूलाई अप्ठयारा र बाधा पर्ने ठाउँहरूमा पनि परीक्षण गरिँदैछ ताकि तिनीहरूले वास्तविक संसारमा डेलिभरी प्रशिक्षण लिन सकून्।

रिपोर्टमा थप भनिएको छ कि अमेजनले पनि यस परीक्षणको बारेमा स्पष्टीकरण दिएको छ कि यो प्रविधि अहिले पायलट चरणमा रहेको छ र यसले अवस्थित चालक र डेलिभरी म्यानहरूको रोजगारीमा तत्काल प्रभाव पार्ने छैन। कम्पनीका अनुसार रोबोट पूर्ण रुपमा सक्षम नभएसम्म डिलिवरी भ्यानलाई मानव मानवीय चालकले मात्रै सञ्चालन गर्नेछ।

यो पनि भनिएको छ कि अमेजनक कम्पनीको लक्ष्य अब गोदाम स्वचालनमा मात्र सीमित छैन। यसअघि अमेजनले गोदाममा ट्रायलका रूपमा ह्युमनोइड रोबोट प्रयोग गरेको थियो, अहिले त्यही प्रविधि ‘लास्ट माइल डेलिभरी’ मा पनि ल्याइँदैछ । यो लागत घटाउन र सेवामा गति बढाउन अमेजनको दीर्घकालीन रणनीतिको हिस्सा हो।

अमेजनको हाल अमेरिकामा लगभग २.७५ लाख र विश्वव्यापी रूपमा १५  लाख भन्दा बढी डेलिभरी ड्राइभरहरू रहेका छन्। यस्तो अवस्थामा यदि यो ह्युमनोइड टेक्नोलोजी बढ्यो भने आगामी समयमा डेलिभरी उद्योगमा ठूलो परिवर्तन देख्न सकिन्छ। धेरै मानवीय डेलिभरी म्यानहरूले जागिर गुमाउनु पर्ने हुन सक्नेतर्फ सचेत हुन जरूरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

चिनियाँ कम्पनीले बनायो मानिस जस्तै देखिने रोबोट
चिनियाँ कम्पनीले बनायो मानिस जस्तै देखिने रोबोट

साउन १२, २०८२

अन्तरिक्षमा भेटियो 'रहस्यमय भाइरस', बैज्ञानिकहरू नै देखेर अचम्मित
अन्तरिक्षमा भेटियो 'रहस्यमय भाइरस', बैज्ञानिकहरू नै देखेर अचम्मित

जेठ ११, २०८२

कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा
कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

जेठ ०९, २०८२

माइक्रोसफ्टले यस बर्ष ६ हजार कर्मचारी कटौती गर्ने, दोस्रो सबैभन्दा ठुलो कटौती
माइक्रोसफ्टले यस बर्ष ६ हजार कर्मचारी कटौती गर्ने, दोस्रो सबैभन्दा ठुलो कटौती

जेठ ०७, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा