समाचार

अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु


erastriya बिहीबार, जेठ २३, २०८२

काठमाडौं, २२ जेठ । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ।
अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादम्यता मिलाइ कार्य योजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य शुरु भएको हो।


उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम तथा आयोजनाका लागि खरिदसम्बन्धी तयारी कार्य अघि बढाउन निर्देशन दिएका छन । बजेट स्वीकृत भएलगत्तै सम्झौता गर्न सकिने गरी तयारी गर्दा छिटो काम गर्न सहज हुने उनको भनाइ छ।

  
मुख्य सचिव एकनारायण अर्यालले खरिद प्रकृया अघि बढाउन थप ऐन कानून जरुरी नभएको उल्लेख गर्दै बजेटमा उल्लेख भए अनुसार खरिदका लागि तयारी प्रकृया अघि बढाउँदा हुने धारणा व्यक्त गरे ।


बैठकमा चालू आर्थिक वर्षको पूँजीगत खर्च वृद्धिमा विशेष ध्यान दिनेबारे पनि छलफल भएको थियो। बैठकमा अर्थ सचिव घनश्याम उपाध्यायले स्रोत सुनिश्चितता भएका र आवश्यक कागजात भएका योजना तथा कार्यक्रमको सम्वन्धमा रकमान्तर लगायतका विषयमा अर्थ मन्त्रालयले तत्काल सहजीकरण गर्ने बताउनुभयो।

उनले स्रोत सहमति भएका र कागजात पुरा भएका आयोजना तथा कार्यक्रमको सम्बन्धमा सहजीकरणका लागि आवश्यक परे बिदा र शनिबारको दिन पनि काम गर्ने बताउँदै प्रकृया पुगेका र हुन सक्ने काम मात्र अर्थ मन्त्रालयमा पठाउन सम्बन्धित मन्त्रालयका सचिवहरुलाई निर्देशनसमेत दिएका छन ।


बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जल स्रोत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय लगायतका सचिवहरु उपस्थिति थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

माधव नेपालबिरूद्द भ्रष्टचार मुद्दा दायर सांसद पद निलम्बन
माधव नेपालबिरूद्द भ्रष्टचार मुद्दा दायर सांसद पद निलम्बन

१ दिन अघि

सहमति नहुदाँ प्रतिनिधि सभा बैठक बस्न अझै समस्या
सहमति नहुदाँ प्रतिनिधि सभा बैठक बस्न अझै समस्या

जेठ २२, २०८२

मन्त्रि परिषदको निर्णय सार्बजनिक
मन्त्रि परिषदको निर्णय सार्बजनिक

जेठ २२, २०८२

गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानमन्त्री
गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानमन्त्री

जेठ २०, २०८२

ताजा अपडेट

  • हार्वडमा विदेशी बिधार्थीले पढन पाउने, अदालतको रोक्यो ट्रम्पको निर्णय

    हार्वडमा विदेशी बिधार्थीले पढन पाउने, अदालतको रोक्यो…

  • गाजामा अहिलेसम्म २२५ पत्रकारले गुमाए ज्यान

    गाजामा अहिलेसम्म २२५ पत्रकारले गुमाए ज्यान

  • पठानका निर्देशकले अक्षयकुमारसँग हरर फिल्म बनाउने

    पठानका निर्देशकले अक्षयकुमारसँग हरर फिल्म बनाउने

  • चीनले बनाईरहेछ हरेक ५ दिनमा एक आणविक हतियार, विश्वमा छन ९६०० हतियार

    चीनले बनाईरहेछ हरेक ५ दिनमा एक आणविक हतियार, विश्व…

  • एक डाक्टरको भविश्यवाणी, 'सन २०५० पछि मानिस कहिल्यै मर्दैनन्'

    एक डाक्टरको भविश्यवाणी, 'सन २०५० पछि मानिस कहिल्यै म…

  • भिजाएर वा अंकुरित, कालो चना कुन तरिकाले खानु बढी फाइदाजनक ? जान्नुहोस्

    भिजाएर वा अंकुरित, कालो चना कुन तरिकाले खानु बढी …

  • आजको राशिफल: २०८२ जेठ २३ गते शुक्रबार

    आजको राशिफल: २०८२ जेठ २३ गते शुक्रबार

  • अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु

    अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृह…