कानुन

सम्पर्क बीहीन भए रवीन्द्र मिश्र र धवल शम्शेर, जिम्मा लिएका वकिललाई ५० हजार जरिवाना


erastriya बिहीबार, जेठ २३, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्षसमेत रहेका 'संयुक्त जनआन्दोलन समिति' का सदस्य सचिव रवीन्द्र मिश्र र राप्रपा महामन्त्रीसमेत रहेका सांसद धवल शम्शेर राणा हाजिर नभएपछि जिम्मा लिएका वकिलहरूलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

काठमाडौंको तीनकुनेमा चैत १ गते भएको घटनापछि पक्राउ परेका मिश्र र राणा हाजिर जमानीमा छुटेका थिए। हाजिरी जमानीमा छुटेका व्यक्तिहरू प्रहरीले बोलाएको बेला र मुद्दा दर्ता गर्ने बेलामा उपस्थित हुनुपर्छ।

तर उनीहरू दुवै जना हाजिर नभएपछि जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतले जिम्मा लिएका वकिललाई जनही ५० हजारका दरले जरिवाना गरेका हुन्। धवल शम्शेरलाई वैशाख ७ गते उपचारका लागि हाजिर जमानीमा राख्ने निर्णय भएको थियो। उनी वैशाख १० गते भारतको मुम्बई गएर वैशाख १४ गते काठमाडौं फर्किएका थिए। त्यसपछि उनी राप्रपा नेपालले रत्नपार्कमा रहेको कार्यक्रममा सहभागी भएका थिए।

त्यसैगरी रवीन्द्र मिश्रलाई सरकारी वकिल र जिल्ला प्रहरी परिसर काठमाडौंले हाजिर जमानीमा राख्न मानेको थिएन। त्यसविरूद्ध मिश्र बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका थिए।  सर्वोच्च अदालतले जेठ २ गते उनलाई हाजिर जमानीमा राख्न आदेश दिएको थियो। उनी ५० दिन हिरासत बसेपछि रिहा भएका थिए।

हाजिर जमानीमा मिश्रलाई छाड्दा दुई जना वकिलले जिम्मा लिएका थिए। मिश्रलाई अधिवक्ता श्यामबहादुर शाही र बसन्त ब्लोनको जिम्मामा छाडिएको थियो। उनीहरू दुवै जनालाई ५०/५० हजार रुपैयाँ जरिवाना गरिएको हो।

प्रहरी स्रोतका अनुसार मिश्र अहिले दुवै जना वकिलको सम्पर्कमा छैनन्। वकिलहरूले मिश्रलाई सम्पर्क गर्ने प्रयास गरे पनि ल्याउन सकेका थिएनन्।

जेठ ११ गते जिल्‍ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्दा पनि दुवै जना उपस्थित भएनन्। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को उपदफा ४ अनुसार जरिवाना गर्न सकिने व्यवस्था छ।

‘तोकिएको समयमा त्यस्तो मानिस (जमानीमा छुटेका व्यक्ति) नगराएमा हाजिर जमानी दिने व्यक्तिलाई अनुसन्धान गर्ने अधिकारीले पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ,’ उक्त उपदफामा भनिएको छ।

यस अनुसार नै अनुसन्धान अधिकृतले उनीहरूलाई जरिवाना गरेको हो। हाल जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा ३९ जनाविरूद्धको मुद्दामा सुनुवाइ भइरहेको छ।

सरकारी वकिल कार्यालय काठमाडौंले मिश्र, राणासहित ५० जनाविरूद्ध राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा मुद्दा दायर गरेको थियो। त्यसमध्ये मिश्र र राणासहित ११ जना फरार भएका हुन्। 

अदालतमा ३९ जनाको बयान सकेर बुधबारदेखि थुनछेक सकिएको हो। थुनछेक सकिएपछि न्यायाधीशले उनीहरूलाई पुर्पक्षको लागि थुनामा राख्ने वा धरौटीमा छाड्‍ने भन्ने आदेश दिनेछन्।

यस्तै चैत १५ गते भएको तीनकुनेकै घटनामा अन्य ११ जनाविरूद्ध पनि आपराधिक उपद्रव कसुरमा मुद्दा दायर भएको थियो। उक्त ११ जनाको मुद्दामा अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो।

नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमाण्डर' दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुनेमा प्रदर्शन भएको थियो। उक्त प्रदर्शन हिंसात्मक हुँदा २ जनाको मृत्यु, सरकारी गाडी र पार्टी कार्यालय तथा जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो।

प्रसाईं भने प्रहरी हिरासतमै छन्।

उनलाई हाजिर जमानीमा रिहा गर्दा सरकारी वकिलको कार्यालय काठमाडौंले उनकी श्रीमती र स्वकीय सचिवको जिम्मामा छाडेको थियो।

तर जेठ ११ गते मुद्दा दर्ता गर्नुपूर्व प्रहरीले सम्पर्क गर्ने प्रयास गरेको थियो।

प्रहरीले उनकी श्रीमतीलाई सम्पर्क गर्दा आफू काठमाडौंमा भएको र राणा नेपालगन्जमा भएको जबाफ दिएकी थिइन्। राणा सम्पर्कबिहीन भएपछि प्रहरीले उनको स्वकीय सचिवलाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो।

setopati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

जेठ २२, २०८२

 २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ
 २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ

जेठ १९, २०८२

आलम पक्ररण न्यायालयको इतिहासमा कलंकका रुपमा दर्जः नारायणकाजी
आलम पक्ररण न्यायालयको इतिहासमा कलंकका रुपमा दर्जः नारायणकाजी

जेठ १६, २०८२

कांग्रेस कोटाबाट बनेका न्यायाधीश खुसी प्रसाद ले भ्रष्टाचार मुद्दामा पहिले गच्छदार लाई र अहिले आलमलाई पारे खुसी
कांग्रेस कोटाबाट बनेका न्यायाधीश खुसी प्रसाद ले भ्रष्टाचार मुद्दामा पहिले गच्छदार लाई र अहिले आलमलाई पारे खुसी

जेठ १६, २०८२

ताजा अपडेट

  • हार्वडमा विदेशी बिधार्थीले पढन पाउने, अदालतको रोक्यो ट्रम्पको निर्णय

    हार्वडमा विदेशी बिधार्थीले पढन पाउने, अदालतको रोक्यो…

  • गाजामा अहिलेसम्म २२५ पत्रकारले गुमाए ज्यान

    गाजामा अहिलेसम्म २२५ पत्रकारले गुमाए ज्यान

  • पठानका निर्देशकले अक्षयकुमारसँग हरर फिल्म बनाउने

    पठानका निर्देशकले अक्षयकुमारसँग हरर फिल्म बनाउने

  • चीनले बनाईरहेछ हरेक ५ दिनमा एक आणविक हतियार, विश्वमा छन ९६०० हतियार

    चीनले बनाईरहेछ हरेक ५ दिनमा एक आणविक हतियार, विश्व…

  • एक डाक्टरको भविश्यवाणी, 'सन २०५० पछि मानिस कहिल्यै मर्दैनन्'

    एक डाक्टरको भविश्यवाणी, 'सन २०५० पछि मानिस कहिल्यै म…

  • भिजाएर वा अंकुरित, कालो चना कुन तरिकाले खानु बढी फाइदाजनक ? जान्नुहोस्

    भिजाएर वा अंकुरित, कालो चना कुन तरिकाले खानु बढी …

  • आजको राशिफल: २०८२ जेठ २३ गते शुक्रबार

    आजको राशिफल: २०८२ जेठ २३ गते शुक्रबार

  • अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु

    अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृह…