साहित्य

कवि प्रचण्ड भाष्कर युवावस्थामै अस्ताए


erastriya शुक्रबार, कात्तिक १०, २०८०

 

उदयमान कवि प्रचण्ड भाष्कर कलौनी (गुणाकर) को २९ वर्षको उमेरमा निधन भएको छ । विगत एक वर्षदेखि घाँटीको क्यान्सर रोगबाट ग्रसित कवि प्रचण्ड भाष्करको गएराति ०२ः४० बजेको समयमा भीमदत्त नगरपालिका वडा नम्बर १७ मझगाँउस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । क्यान्सरबाट ग्रसित भएपछि उनको काठमाडौँ र भारतको दिल्ली सहित विभिन्न ठाउँका अस्पतालमा उपचार गरिएको थियो । केही समय अगाडि मात्रै उनको किमो थेरापी गरिएको थियो । उनको उपचारका लागि आर्थिक समस्या नहोस् भनेर विभिन्न क्षेत्रबाट स्वतःस्फूर्त रूपमा आर्थिक सहयोग समेत सङ्कलन भइरहेको थियो ।

२०५१ सालमा बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर २ शर्मालीमा जन्मिएका प्रचण्ड भाष्करले माध्यमिक तहसम्मको शिक्षा नागार्जुन माध्यमिक विद्यालय शर्माली बैतडीबाट आर्जन गरी उच्च शिक्षाका लागि कञ्चनपुर आएका थिए । छोटो समयमै डोट्याली र नेपाली भाषाका कविता लेखी विभिन्न मञ्चमा वाचन गर्ने कला भएका प्रचण्ड भाष्करको निधनले परिवारजन मात्रै नभई उनका आफन्तजन, इष्टमित्र, छरछिमेकी, साथीभाइहरू, साहित्यप्रेमी र उनका शुभचिन्तकहरू शोकमा परेका छन् । प्रचण्ड भाष्करको पार्थिव शरीरलाई अहिले महाकाली आर्यघाटमा दाहसंस्कार गर्न लागिएको उनका आफन्त प्रकाश कलौनीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

जेठ २९, २०८२

तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध
तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध

मंसिर २३, २०८१

डाक्टर मुस्कान  जो डाक्टर पेसा छाेडेर कवितामा जिवन खोज्दै छिन!
डाक्टर मुस्कान जो डाक्टर पेसा छाेडेर कवितामा जिवन खोज्दै छिन!

जेठ ०३, २०८१

कस्तो प्रेम थियो मन पराएको ६५ वर्ष पछि प्रेम प्रस्ताव
कस्तो प्रेम थियो मन पराएको ६५ वर्ष पछि प्रेम प्रस्ताव

फागुन ०७, २०८०

ताजा अपडेट

  • फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

    फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकस…

  • माओवादी सँग काे २ बुँदे सहमति का आधारमा भिजिट भिसा छानबिन समिति गठन! केके छन् कार्यदिशा ?

    माओवादी सँग काे २ बुँदे सहमति का आधारमा भिजिट भिस…

  • इरानले युद्धविराम उलंघन गरेको इजरायलको आरोप, जवाफी आक्रमण गर्न निर्देशन

    इरानले युद्धविराम उलंघन गरेको इजरायलको आरोप, जवाफी…

  • युद्धविरामको कुनै सम्झौता भएको छैन- इरान

    युद्धविरामको कुनै सम्झौता भएको छैन- इरान

  • बजेटमा कांग्रेसको दबाब, बजेट पारित नहुने चेतावनी ! सरकार परिवर्तन हुने हल्ला

    बजेटमा कांग्रेसको दबाब, बजेट पारित नहुने चेतावनी !…

  • सलमान खानलाई 'ब्रेन एन्युरिज्म', के हो यो रोग ?

    सलमान खानलाई 'ब्रेन एन्युरिज्म', के हो यो रोग ?

  • विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा

    विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. रा…

  • अभियन्ता नवराज बोहोरा लाई आफनै निवास मा बोलाएर प्रचण्डले गरे भेट

    अभियन्ता नवराज बोहोरा लाई आफनै निवास मा बोलाएर प्रच…