अर्थ/बाणिज्य

राजको गाडी काधमा बोकेर काठमाडौं भित्र्याउने रैती काे कथा


erastriya शुक्रबार, कात्तिक १०, २०८०

जनता लाई भोकमरी भएपनि राजाको लागी भने काँधमा गाँडी बोकेबापत उनले नौ रुपैयाँ ज्याला पाउँथे । त्यो पैसाले उनीहरू खानेकुरा किन्थे । उनीहरूलाई काममा लगाउने र पैसा दिने मान्छे नाइके हुन्थ्यो । 

त्यसबखत काठमाडौंको नेवार समुदायका कुलबहादुर नाम गरेका एक व्यक्ति गाडी कम्पनीमा काम गर्थे । उनै कुलबहादुरले दरबारमा गएपछि काठमाडौंमा गाडी भित्र्यााउन अनुमति पाए । राजालाई सुविधा हुने कुरा सुनाएपछि राजाले गाडी भित्र्याउने जिम्मा उनैलाई दिए राजा आफ्नो सकिन को लागि जे गर्न पनि तयार हुन्थे।

उनले नै अमलेखगन्जदेखि भीमफेदीसम्म गाडी चलाएर ल्याउँथे । भीमफेदीमा नाइकेलाई गाडी जिम्मा लगाएर उनी काठमाडौं जान्थे । गाडी थानकोट आइपुगेको खबर पाएपछि उनै कुलबहादुरले चलाएर गाडीलाई दरबारसम्म पुर्‍याउँथे ।

 

यसरी गाडी बोकेर ल्याउने क्रम २०१३ सालसम्म चल्यो । २०१० सालदेखि बन्न थालेको त्रिभुवन राजपथ भीमफेदी–थानकोट तीन वर्षमा जोडिएपछि भरियाले गाडी बोक्नुपरेन । सोही बाटो भएर भारतदेखि गाडी गुडेर काठमाडौं आउन थाले ।

 

देश मा जनता लाई भात खाना लाई चामल नभएपनि राजा लाई भने २०१३ साल अघिसम्म काठमाडौँमा गाडी भरियाले बोकेर ल्याउँथे । २०१० सालदेखि बन्न थालेको त्रिभुवन राजपथ भीमफेदी–थानकोट तीन वर्षमा जोडिएपछि भरियाले गाडी बोक्नुपरेन, त्यसपछि सोही बाटो भएर भारतदेखि गाडी गुडेर काठमाडौं आउन थाले ।

२०१३ सालसम्म विशेषगरी भीमफेदी, चित्लाङ र पालुङका मानिस गाडी बोक्ने काम गर्थे । गाउँको उत्पादनले वर्षभरि खान–लाउन पुग्दैनथ्यो । हातमुख जोर्न कि सहर पुग्नुपथ्र्यो कि मधेस । नत्र गाडी बोकेर काठमाडौं ल्याउँदा दुई–चार पैसा आम्दानी हुन्थ्यो । 

तत्कालीन राजा र राणा हरुको लागि मकवानपुरको भीमफेदीबाट काठमाडौँसम्म गाडी बोकेर भित्र्याउने गरिन्थ्यो । भारत हुँदै नेपाल खाल्डो भित्रिने साना–ठुला गाडीलाई युवाहरूले भीमफेदीदेखि बोक्थे । वीरगन्जदेखि हेटौँडा हुँदै तत्कालीन मकवानपुरको सदरमुकाम भीमफेदीसम्म सडक सञ्चालन भइसकेको थियो । सोही सडक हुँदै गाडीहरू भीमफेदीसम्म आइपुग्थे । भीमफेदीबाट गाडी बोकेर कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरि हुँदै थानकोट पुर्याइन्थ्यो ।

भीमफेदीदेखि काठमाडौंसम्म गोरेटोको भरमा हिँडेर आवतजावत गर्नुपथ्र्यो । धनीमानीहरु उलिनकाठ चढेर यात्रा गर्थे, उलिनकाठ (एक प्रकारको डोली) बोक्नेहरु पनि युवा नै हुन्थे । । सोही बाटो हुँदै युवाहरू गाडी बोकेर काठमाडौँ पुर्‍याउँथे । 

राणाकालमा भीमफेदीबाट काठमाडौँका लागि गाडी बोक्नका लागि सानो फाखेल, ठूलो फाखेल, तसर, तोक्मार, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षेत्रका स्थानीय भरिया हुन्थे । 

 

गाडी बोक्नेमध्येका एउटा इतिहास हिराबहादुर घलान, जसको निधन २०७७ सालमा भयो । भीमफेदी र पालुङमा अझै पनि गाडी बोकेर काठमाडौं लगेको देख्ने केही वृद्ध भेटिन्छन् । मकवानपुर, थाहा नगरपालिका– ५ निवासी ८९ वर्षीय हिराबहादुर नै गाडी बोक्ने अन्तिम र जिउँदो इतिहास थिए । काँधमा गाडी बोक्नेमध्ये घलान दोस्रो पुस्ताका भरिया हुन् । घलानको निधनसँगै नेपालमा गाडी बोक्नेको कथा इतिहासको पानामा सीमित भएको छ । उनले जीवनभर २५ वटा गाडी बोके । गाडी बोक्ने थाहा– ५ कै अर्का पात्र जुक्तबहादुर वाइबाको २०७५ मा निधन भयो ।

घलानले २००६ सालदेखि नै गाडी बोक्न सुरु गरेका थिए । त्यतिबेला ९६ जनाले र ६४ जनाले बोक्ने गाडी थिए । एउटा सिंगो गाडीलाई कसरी बोक्ने ? यो प्रश्न उब्जिनु सामान्य हो । गाडी बोक्नुअघि सबैभन्दा पहिले गाडीको चक्का र बम्परहरू निकालिन्थ्यो । त्यसपछि गाडीको चक्का बस्ने ठाउँमा दुईतिर ठुल्ठुला पोलजस्ता नोल राखिन्थ्यो । त्यसमा साना नोलहरू राखेर बाबियोको डोरीले कसेर नोल र गाडी एक ढिक्का हुने गरी 

बाँधिन्थ्यो । गाडी बाँधेपछि अगाडि र पछाडि बराबर संख्यामा भरिया बस्थे । अनि एकसाथ बल गरेर होस्टेहैंसे गर्दै गाडी बोक्थे । 

गाडी बोक्ने काम भरियाको हुन्थ्यो भने त्यसको व्यवस्थापनका लागि नाइके र महानाइके भनेर तोकिएको हुन्थ्यो । नाइके र महानाइके नै भरिया छनोट गर्नेदेखि अन्य व्यवस्थापनका काम गर्थे ।

हलुका गाडी पर्‍यो भने उनीहरूले एकै दिनमा कुलेखानीसम्म ल्याउँथे । गाडीलाई मार्खु, कुलेखानी र चित्लाङ पुगेर रोकेको दिन उनीहरू आ–आफ्नो घरमै बास बस्न आउँथे । अरु दिन भने उनीहरूको बास गाडी रोकिएकै ठाउँका स्थानीय घरमा हुन्थ्यो । हलुका गाडी सात र ठुला गाडीहरू १६ दिन लगाएर भरियाले काठमाडौं पुर्‍याउने गर्थे । 

साना गाडीमा लामा–लामा नोल बाँधेर चार कुमामा ८–८, १६–१६ र २४–२४ जना युवाले काँधमा बोकेर हिँड्थे । त्यतिबेला भरिया र नाइकेले ८–८ जनाले बोक्ने गाडी ३२ मोडल, १६–१६ जनाले बोक्ने गाडी ६४ मोडल र २४–२४ जनाले बोक्ने ९६ मोडलको गाडी बन्ने गर्थे । भीमफेदी कुलेखानी मार्खु चित्लाङ चन्द्रागिरि हुँदै काठमाडौं पुर्‍याउन सातदेखि १२ दिनसम्म लाग्ने गथ्र्यो । 

 

नेपालमा १९७८ सालमा पहिलो गाडी भित्रिएको बताइन्छ । बेलायती राजकुमार नेपाल आउँदा उनले पहिलोपटक गाडी ल्याएको इतिहासकार बताउँछन् । त्यसपछि राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्ना लागि र राजाका लागि गाडी झिकाएको इतिहासमा उल्लेख छ । त्यो समयमा एउटा सानो गीतको अंश नै बनेको थियो, ‘हाम्रा राजा क्या अक्कलधारी ल्याए मोटर चुरेलाई भ्वाङ पारी ।

मासु, ढिँडो, रोटी, जाँड र रक्सी खाएर उनीहरू गाडी बोक्थे । त्यसबेला पाँच पैसाको मासु र चार पैसाको फापरको रोटीले अघाउन्जेल खान पुग्थ्यो । कतिपयले भने घरबाटै मकै, कोदो र फापरको पिठो लिएर जान्थे । यसरी लिएर गएको पिठो बास बस्ने ठाउँमा ढिँडो बनाएर खाने गरेका थिए ।

त्यतिबेला अहिले जस्तो जुत्ता थिएन जनता काे लागि जुत्ता पनि नहुदा राजा लाई चढ्न गाडी चाहिन्थ्यो। उनीहरू परालको जुत्ता लगाउँथे । गाउँभरि परालको जुत्ता बनाउने जिम्मा पनि हिराबहादुर घलानको हुन्थ्यो । त्यसो त हरेकले घरबाट परालको मुठो बोकेर जान्थे । गाडी बोकेर उकालो–ओरालो गर्दा परालको जुत्ता मुस्किलले एक दिन टिक्थ्यो । भरियाहरू असहजसँगै रमाइलो गर्दै गाडी बोक्थे । 

हिजोका दिनमा राजा काे सोकिन का लागि गाडी बोक्ने युवा हरु नै आज युवाहरू गणतन्त्र आएपछि अफ्नो देश छोडेर विदेश मा बसेर नेपाल लाई रेमिट्यान्सप ठाएर देश काे सेवा गरिरहेका छन् | 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

करिब बीस करोड रकमसहित एक जना पक्राउ
करिब बीस करोड रकमसहित एक जना पक्राउ

चैत ०४, २०८१

साढे छ खर्बको घाटा बजेट ल्याउन सकिने गरी स्रोत अनुमान
साढे छ खर्बको घाटा बजेट ल्याउन सकिने गरी स्रोत अनुमान

फागुन २०, २०८१

चालु आर्थिक वर्षको छ महिनाको अवधिमा भित्रियो ७ खर्ब ६३ ८ करोड
चालु आर्थिक वर्षको छ महिनाको अवधिमा भित्रियो ७ खर्ब ६३ ८ करोड

माघ २५, २०८१

भोजपुरे खुकुरी उद्योग सङ्कटमा
भोजपुरे खुकुरी उद्योग सङ्कटमा

माघ २४, २०८१

ताजा अपडेट

  • विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

    विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

  • रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधिकांश भू–भाग कब्जा गरेको दाबी

    रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधि…

  • प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

    प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेट…

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस