समाचार

पहुँचका आधारमा बजेट विनियोजन नगर्न सुदूरपश्चिम सरकारलाई कांग्रेसको ध्यानाकर्षण


erastriya मंगलबार, जेठ २१, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारलाई नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पहुँचको आधारमा नभई , प्राथमिकताको आधारमा विनियोजन गर्न आग्रह गरेको छ।

सोमबार कार्यबाहक सभापति लोकराज अवस्थीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो। कांग्रेसले बजेट विनियोजन गर्दा दैवी प्रकोप, अति विपन्नता, सिपमूलक आयआर्जन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ।

पार्टीका प्रवक्ता सुरत बहादुर रावत (डोटेली कान्छा)का अनुसार, पहुँच र सिफारिसका आधारमा बजेट बिनियोजन गरिँदा विकास असमान हुने भएकाले अब योजनाहरू स्थानीय माग र वास्तविक आवश्यकताको आधारमा निर्धारण गर्नुपर्ने माग गरिएको हो।

कांग्रेसले प्रदेश सरकारसँग मानव जीवनको दैनिकीसँग जोडिएका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै अति विपन्न वर्गको आयमूलक तथा सिप विकास कार्यक्रममा बढी जोड दिन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न
अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

असोज ०३, २०८२

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

ताजा अपडेट

  • सहिद परिवार नेतृ लक्ष्मी गुरुङद्वारा प्रचण्डलाई प्रत्र

    सहिद परिवार नेतृ लक्ष्मी गुरुङद्वारा प्रचण्डलाई प्रत्र

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…