काठमाडौं, १८ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको छ । राजावादी आन्दोलनका क्रममा पक्राउ गरिएका थापालाई स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगिएको हो । नारायणचौर, नक्सालमा भएको राजसंस्था पक्षधरको आन्दोलनबाट थापासहित ६ जनालाई पक्राउ गरिएको थियो । उनीहरुलाई भद्रकालीस्थित परिसरमा राखिएको थियो । नक्सालवाट वालुवाटारतर्फ जान लाग्दा राजावादी समुहसँग बिबाद भए पछि थापासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाइ छाडने नछाडने अझै कुनै टुंगाे लागेकाे छैन ।
प्रतिकिर्या