समाचार

सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भावी आईजीपी बन्ने बाटो खुल्यो


erastriya शुक्रबार, जेठ १७, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका डीआईजी गणेश बहादुर ठाडा मगर एआईजीमा  बढुवा सिफारिस भएका छन्।

बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो।

एआईजीमा बढुवा भएसँगै अबको तीन वर्षपछि ठाडा मगर सशस्त्र प्रहरी बलको प्रमुख बन्ने सम्भावना बढेको छ।

सशस्त्रका महानिरीक्षक राजु अर्याल २०८३ वैशाखमा ४ वर्षे पदावधि पूरा गरेर अवकाश हुनेछन्। एआईजी बढुवामा ठाडा मगरसहित कमल गिरी, कुलबहादुर नेम्वाङ र सम्भु सुवेदी पनि प्रतिस्पर्धामा थिए। उनीहरू एकसाथ डीआईजी भएका थिए।

कमल गिरीले आफूलाई वरियतामा १ नम्बर छँदा पनि छुटाइएको भन्दै असन्तुष्ट जनाएका छन्। वरियतामा ठाडा मगर २ नम्बरमा थिए।

असन्तुष्टि जनाएका गिरी एसएसपी हुँदा ५ नम्बरमा थिए। राजनीतिक चलखेल गरेर उनी  डीआईजीमा १ नम्बरमा बढुवा भएका थिए।

आफैँले सिस्टम बिगारेर आएका उनी अहिले वरियताको कुरा उठाएर सङ्गठनलाई विवादमा ल्याउने प्रयास गरिरहेको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्।

एआईजी बन्न ९ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमा ठाडा मगर र गिरीसहित कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, लक्ष्मण बहादुर सिंह, कालीदाश धौवोजी, प्रदीप पाल, सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेलले रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

नितेश तिवारीको ‘रामायण’मा यशको सुटिङको सुरू, जोडिए हलिउड एक्सन मास्टर
नितेश तिवारीको ‘रामायण’मा यशको सुटिङको सुरू, जोडिए हलिउड एक्सन मास्टर

१ दिन अघि

राजतन्त्रकाे अढाइ सय वर्ष भन्दा गणतन्त्रको १७ वर्षमा धेरै बिकासः प्रधानमन्त्री (सम्बाेधनकाे पुर्ण पाठ)
राजतन्त्रकाे अढाइ सय वर्ष भन्दा गणतन्त्रको १७ वर्षमा धेरै बिकासः प्रधानमन्त्री (सम्बाेधनकाे पुर्ण पाठ)

जेठ १६, २०८२

गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुनः राष्ट्रपति
गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुनः राष्ट्रपति

जेठ १६, २०८२

राजतन्त्र देखेकै हो, मौका पाउनासाथ जनतालाई अधिकारविहिन बनाउँछः उपप्रधानमन्त्री सिंह
राजतन्त्र देखेकै हो, मौका पाउनासाथ जनतालाई अधिकारविहिन बनाउँछः उपप्रधानमन्त्री सिंह

जेठ १५, २०८२

ताजा अपडेट

  • नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

    नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

  • कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

    कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

  • आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

    आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

  • राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फुटबल स्टार कोहुन

    राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फु…

  • कपालको विकासका लागि उपयुक्त बदामको तेल

    कपालको विकासका लागि उपयुक्त बदामको तेल

  • सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

    सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट…

  • करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

    करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा…

  • सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भावी आईजीपी बन्ने बाटो खुल्यो

    सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भा…