समाचार

कसैको विरोधमा होइन, जनताको उपलब्धिको खुशीयाली साटासाट गर्न गणतन्त्र दिवस मनाइने होः महासचिव


erastriya बुधबार, जेठ १५, २०८२

काठमाडौं, १४ जेठ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गणतन्त्र उत्सव जनताको एउटा खुशी र गौरवको दिन हो भन्ने जानकारी दिन मनाउन थालिएको बताए ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज प्रेस चौतारी नेपालले गणतन्त्र उत्सवको तयारीका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्रलाई उत्सवको रुपमा  हुँदैछ भन्ने थालनी आफूहरुले भोलिको गणतन्त्त उत्सव कार्यक्रमबाट सन्देश दिन खोजेको बताए ।

“संविधान सभाका ऐतिहासिक फैसला स्वीकार गरेका पूर्व राजा ज्ञानेन्द्र र संविधानको विपक्षमा लोकतन्त्रको विरोधमा जुन खालको गतिविधि गरिरहेको हामीले देखिरहेका छौ,” उनले भने, “त्यस्तो अवस्थामा नेपाली जनतालाई गणतन्त्रका  उत्सवका रुपमा हाम्रो पार्टीले महसुस गरयौ र त्यसै अनुरुप हाम्रो पार्टीले जेठ १५ गतलाई गणतन्त्र उत्सवमा मनाउने निर्णण गरौ र तयारीमा जुटेका छौ ।” महासचिव पोखरेलले साँस्कृतिक झाँकी सहित उत्सवको रुपमा दिवस मनाइनेसमेत बताए । 

“हाम्रो देश भाषिक जातिय र सांस्कृतिकयुक्त देश भएको नाताले जनता सार्वभौमसत्ता सम्पन्न  भएको ऐतिहासिक दिनलाइ जनउत्सवको रुपमा मनाउने भएकोले त्यो विविधितालाई भोलि आयोजना हुने कार्यक्रमका माध्यमबाट प्रकट गर्न चाहन्छौ,” उनले भने, “हाम्रो  कार्यक्रममा विभिन्न जातजातिका समुदाय, विशेगा सांस्कृतिक भेषभुषा, बाजाजागा सांस्कृतिक झाकी सहित हुने छ । यसले एउटा विशिष्ट  छाप छाडने छ।”

महासचिव पोखरेलले मुलुकको सबै ध्यान राजनीतिक व्यवस्था पुगिसकेकोले अवको आफूहरुको ध्यान विकास र समृद्धको दिशातर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

उनले राजनीतिक दलबीच सहमति भयो भने संविधानमा समेत संशोधन गरेर गणतन्त्र दिवसलाई विशेष समारोह गर्ने गरि बजेट प्रस्तुत गर्ने दिनलाई फरक दिनमा लैजाने उपयुक्त हुने बताए ।

“जुन दिनले हामीलाई सार्वभौमसत्ता सम्पन्न बनायो । जनअधिकारलाई स्थापिति गर्ने काम गर्ने  गरयौ । त्यो दिनलाई कमजोर बनाउने काम भइरहेको छ,” उनले भने, “त्यो जनताका लागि स्वीकार्य छैन भन्ने खालको सन्देश जनताको खुशीयालीको माध्यमबाट प्रकट गर्नुपर्दछ भन्ने । कसैको विरोध होइन जनताको उपलब्धिको खुशीयाली साटासाट गर्ने समारोहका रुपमा आयोजना गर्न थालेका हौ ।”

उनले एमाले मात्र होइन, सवै राजनीतिक दलका प्रतिनिधि जेठ १५ गतेको गणतन्त्र उत्सवको दिनको समारोहमा सामेल भएर गणतन्त्रलाई उत्सवका रुपमा मनाउन हातेमालो गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भावी आईजीपी बन्ने बाटो खुल्यो
सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भावी आईजीपी बन्ने बाटो खुल्यो

२१ मिनेट अघि

नितेश तिवारीको ‘रामायण’मा यशको सुटिङको सुरू, जोडिए हलिउड एक्सन मास्टर
नितेश तिवारीको ‘रामायण’मा यशको सुटिङको सुरू, जोडिए हलिउड एक्सन मास्टर

१ घण्टा अघि

राजतन्त्रकाे अढाइ सय वर्ष भन्दा गणतन्त्रको १७ वर्षमा धेरै बिकासः प्रधानमन्त्री (सम्बाेधनकाे पुर्ण पाठ)
राजतन्त्रकाे अढाइ सय वर्ष भन्दा गणतन्त्रको १७ वर्षमा धेरै बिकासः प्रधानमन्त्री (सम्बाेधनकाे पुर्ण पाठ)

१ दिन अघि

गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुनः राष्ट्रपति
गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुनः राष्ट्रपति

१ दिन अघि

ताजा अपडेट

  • करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

    करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा…

  • सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भावी आईजीपी बन्ने बाटो खुल्यो

    सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भा…

  • रणवीर सिंहले किने राजेश खन्नासँग ‘शक्तिमान’ को अधिकार

    रणवीर सिंहले किने राजेश खन्नासँग ‘शक्तिमान’ को अधिक…

  • ट्रम्पको कर नीति: भारतवाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बृद्दी

    ट्रम्पको कर नीति: भारतवाट अमेरिकामा आइफोन निर्यात ७६…

  • नितेश तिवारीको ‘रामायण’मा यशको सुटिङको सुरू, जोडिए हलिउड एक्सन मास्टर

    नितेश तिवारीको ‘रामायण’मा यशको सुटिङको सुरू, जोडि…

  • ट्रम्पलाई छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

    ट्रम्पलाई छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलि…

  • संघीय संसदका चारवटा समितिको बैठक बस्दैँ

    संघीय संसदका चारवटा समितिको बैठक बस्दैँ

  • राजावादी आन्दोलन आज पनि, प्रसाइ समुहकाे अलग्गै प्रदर्शन हुने

    राजावादी आन्दोलन आज पनि, प्रसाइ समुहकाे अलग्गै प्रदर्श…