स्वास्थ्य

भारतमा कोरोनाबाट ११ जनाको मृत्यु, १०४७ सक्रिय संक्रमित


erastriya बुधबार, जेठ १५, २०८२

नयाँ दिल्ली, १४ जेठ । भारतमा कोरोना भाइरस संक्रमणवाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १०४७ पुगेको छ। जसअनुसार सबैभन्दा बढी ४३० सक्रिय केस केरलामा राज्यमा रहेका छन भने महाराष्ट्रमा २०८, दिल्लीमा १०४ र गुजरातमा ८३, कर्नाटकमा ८० र ७३ संक्रमित बेंगलुरुमा रहेका छन्।महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा कुल ११ जना बिरामीको मृत्यु भएको छ। जसमध्ये नौ जनाको एक सातामै मृत्यु भएको हो । महाराष्ट्रमा कोरोनाका कारण सबैभन्दा बढी ५ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो एक सातामा ७ सय ८७ नयाँ बिरामी दर्ता भएका छन् । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का निर्देशक डा. राजीव बहलले हालसम्म देशमा ४ वटा भेरियन्ट फेला परेको बताए। जयपुरमा सोमबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । ती मध्ये एक रेलवे स्टेशनमा मृत फेला परेका थिए। उनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । दोस्रो मृत्यु निजी अस्पतालमा भर्ना भएका २६ वर्षीय युवकको हो । उनी पहिलेदेखि नै क्षयरोगबाट पीडित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सुत्नु अघि लगाउनु होस् पाँच चीज, देखिनेछ छालामा थप चमक
सुत्नु अघि लगाउनु होस् पाँच चीज, देखिनेछ छालामा थप चमक

जेठ १४, २०८२

अल्कोहलसहित यी तीन चीजसँग झुक्किएर पनि नखानुहोस् लसुन
अल्कोहलसहित यी तीन चीजसँग झुक्किएर पनि नखानुहोस् लसुन

जेठ १३, २०८२

स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यकः स्वास्थ्य मन्त्री
स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यकः स्वास्थ्य मन्त्री

जेठ ०८, २०८२

भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

जेठ ०७, २०८२

ताजा अपडेट

  • करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

    करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा…

  • सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भावी आईजीपी बन्ने बाटो खुल्यो

    सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भा…

  • रणवीर सिंहले किने राजेश खन्नासँग ‘शक्तिमान’ को अधिकार

    रणवीर सिंहले किने राजेश खन्नासँग ‘शक्तिमान’ को अधिक…

  • ट्रम्पको कर नीति: भारतवाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बृद्दी

    ट्रम्पको कर नीति: भारतवाट अमेरिकामा आइफोन निर्यात ७६…

  • नितेश तिवारीको ‘रामायण’मा यशको सुटिङको सुरू, जोडिए हलिउड एक्सन मास्टर

    नितेश तिवारीको ‘रामायण’मा यशको सुटिङको सुरू, जोडि…

  • ट्रम्पलाई छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

    ट्रम्पलाई छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलि…

  • संघीय संसदका चारवटा समितिको बैठक बस्दैँ

    संघीय संसदका चारवटा समितिको बैठक बस्दैँ

  • राजावादी आन्दोलन आज पनि, प्रसाइ समुहकाे अलग्गै प्रदर्शन हुने

    राजावादी आन्दोलन आज पनि, प्रसाइ समुहकाे अलग्गै प्रदर्श…