समाचार

सर्लाहीमा १५ लाखको गरगहनासहित स्कर्पियो पक्राउ


erastriya मंगलबार, जेठ १४, २०८२

 


रौतहट १२ जेठ।
सर्लाही स्थित प्रहरी गस्ती टोलीले १५ लाख मूल्य बराबरको सुन चाँदीको गरगहना सहित भारतीय नम्बर प्लेटको एकथान स्कार्पियो गाड़ी बरामद गरेको छ।


विआर ३० एके ७२२० नम्बरको स्कार्पियो गाडीमा उक्त परिमाण बराबरको बिभिन्न किसिमका गहना बरामद भएको सर्लाही प्रहरीले आज सोमवार सार्वजनिक गरेको हो।
बरामद सरसामान सहित स्कार्पियो गाड़ी आवशयक कारवाहीको लागि आईतवार साँझ सर्लाही भन्सार कार्यालय,  मलंगवामा पठाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ ।


गत ७ गते विहान साढे ९बजे  लालबन्दी नगरपालिका १  जिल्ला ट्राफिक कार्यालय नवलपुर अगाडी पुर्व पश्चिम लोकमार्गमा ट्राफिक प्रहरीले नियमित चेकजाँच टोलीले चेकजाँचको क्रममा पश्चिमबाट पूर्व तर्फ जादै गरेको उक्त स्कार्पियो गाड़ी नियन्त्रणमा लिएको थियो।
चेकजाँच गर्दा साथमा भन्सार कागजात नभएको र चालकले मदिरा सेवन गरेको अवस्थामा फेला पारेको थियो।


मदिरा सेवन नगरेको अकों चालक बोलाउनुस र ट्राफिक नियमानुसार जारिवाना काटी जानुहोला भनि जानकारी गराउदाँ निजहरु आवश्यक कागजातहरु मगाई अर्को चालक समेत लिई आउने भनि चालक सहित चार जना पुरुष व्यक्तिहरु) गाडी छाडी गएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सरोज राईले बताएका छन्।


धेरै समयसम्म पनि नआए पश्चात शंका लागी सवारी नियन्त्रणमा लिई घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट मुचुल्का सहितको टोलीगई जनप्रतिनिधिहरुको रोहवरमा खानतलासी गर्दा  गाडीको अगाडी इन्जिनको भागबाट प्लाष्टिले बेरेको जेब्रा झोला भित्र गम्छाले बेरेको गरगहना र गाडी भित्रको भागबाट समेत चाँदी र नगद  गरी करिब १५ लाखको सरसामान बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भावी आईजीपी बन्ने बाटो खुल्यो
सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भावी आईजीपी बन्ने बाटो खुल्यो

२२ मिनेट अघि

नितेश तिवारीको ‘रामायण’मा यशको सुटिङको सुरू, जोडिए हलिउड एक्सन मास्टर
नितेश तिवारीको ‘रामायण’मा यशको सुटिङको सुरू, जोडिए हलिउड एक्सन मास्टर

१ घण्टा अघि

राजतन्त्रकाे अढाइ सय वर्ष भन्दा गणतन्त्रको १७ वर्षमा धेरै बिकासः प्रधानमन्त्री (सम्बाेधनकाे पुर्ण पाठ)
राजतन्त्रकाे अढाइ सय वर्ष भन्दा गणतन्त्रको १७ वर्षमा धेरै बिकासः प्रधानमन्त्री (सम्बाेधनकाे पुर्ण पाठ)

१ दिन अघि

गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुनः राष्ट्रपति
गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुनः राष्ट्रपति

१ दिन अघि

ताजा अपडेट

  • करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

    करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा…

  • सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भावी आईजीपी बन्ने बाटो खुल्यो

    सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भा…

  • रणवीर सिंहले किने राजेश खन्नासँग ‘शक्तिमान’ को अधिकार

    रणवीर सिंहले किने राजेश खन्नासँग ‘शक्तिमान’ को अधिक…

  • ट्रम्पको कर नीति: भारतवाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बृद्दी

    ट्रम्पको कर नीति: भारतवाट अमेरिकामा आइफोन निर्यात ७६…

  • नितेश तिवारीको ‘रामायण’मा यशको सुटिङको सुरू, जोडिए हलिउड एक्सन मास्टर

    नितेश तिवारीको ‘रामायण’मा यशको सुटिङको सुरू, जोडि…

  • ट्रम्पलाई छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

    ट्रम्पलाई छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलि…

  • संघीय संसदका चारवटा समितिको बैठक बस्दैँ

    संघीय संसदका चारवटा समितिको बैठक बस्दैँ

  • राजावादी आन्दोलन आज पनि, प्रसाइ समुहकाे अलग्गै प्रदर्शन हुने

    राजावादी आन्दोलन आज पनि, प्रसाइ समुहकाे अलग्गै प्रदर्श…