समाचार

आयोजकले ‘वेश्या झै बनाए’को मिस इंग्ल्याण्डको आरोप, मिस वर्ल्डमा भाग नलिने


erastriya सोमबार, जेठ १३, २०८२

काठमाडौं, १२ जेठ । जब मानिसहरूलाई आफ्नो काम गर्न मन लाग्दैन वा चिन्ता लाग्न थाल्छ तव तिनीहरू आफ्नो नाम र काम सबै छोडेर शान्तिको खोजीमा निस्कन्छन । यो सामान्य मानिसको हकमा मात्रै हुँदैन, कहिलेकाहीँ ग्लैमरस जीवन जिउने मानिसले पनि यस्तो कदम चाल्छन् ।

यस्तै एउटा घटना बाहिर आएको छ, जहाँ मिस इङ्ल्यान्डको उपाधि जितेकी मिल्ला म्यागीले ‘मिस वर्ल्ड ब्यूटी कन्टेस्ट’ मा भाग नलिने घोषणा गरेकी छिन्। तर, म्यागीले शो छोड्नुमा दिएको तर्क सुनेर मानिसहरु छक्क परेका छन्।

भारतमा केही समय पछि आयोजना हुन गइरहेको यो प्रतियोगिता छाडेर आयोजकमाथि शोषण गरेको आरोप मिला म्यागीले लगाएकी छिन् । शोषणका कारण ‘आफू वेश्या झै’ बनेर यो काम गरिरहेको अनुभूति भए पछि मिस वर्ल्डमा भाग नलिने निर्णय गरेको पनि जनाएकी छिन् । सो प्रतियोगिताबाट बाहिरिएको घोषणा पछि पहिलो पटक प्रतिक्रिया दिदैँ उनले आफ्नो निर्णयको पछाडि व्यक्तिगत कारणमात्रै रहेकी बताइन् ।

द सनसँग कुरा गर्दै मिला मागीले आफू परिवर्तनका लागि प्रतियोगितामा प्रवेश गरेको बताइन् । उनका अनुसार आयोजकहरूका अगाडी सधै बाँदरजस्तै यो वा त्यो भनेको मानेर बस्नुपर्‍यो, जसले उनलाई वेश्याजस्तै महसुस गराएको थियो। त्यही भएर अब प्रतियोगितामा सहभागी नहुने निर्णयमा पुगेकी उनले अहिले आएर बल्ल मुख खोलेकी छिन् ।

उनका अनुसार धनी पुरुष प्रायोजकहरूको अगाडि परेड गरे पछि बोल्ने निर्णय गरेको बताइन्। प्रतियोगितामा बिहान देखि बेलुकासम्म भारी मेकअप लगाउन र गाउनमा बस्न निर्देशन दिइएको म्यागीले बताइन् । 

उनले भनिन कि प्रत्येक टेबलमा ६ जना पाहुनाको लागि दुई जना केटीहरू थिए र हामीले उनीहरूसँग साँझसम्म बसेर उनीहरूलाई धन्यवाद दिन मनोरञ्जन दिन भनियो । ‘यो एकदमै गलत हो, म यहाँ मानिसहरूलाई मनोरञ्जन गर्न आएको होइन, म त क्षमता देखाउन आएको हुँ’ उनले भनिन्।

मिला मागीले भनिन्, ‘मिस वल्र्डको एउटै मान हुनुपर्छ तर यो परम्परागत र विगतमा अड्किएको छ। यसले मलाई वेश्याजस्तै महसुस गराएको छ।’ 

गत मे ७ मा म्यागी प्रमोशनल कार्यक्रमको लागि भारतको हैदराबाद गएकी थिइन्, जहाँ मिस वर्ल्ड प्रतियोगिता हुदैँछ । त्यहाँवाट फर्के पछि गत मे १८ मा उनले व्यक्तिगत कारण देखाउँदै प्रतियोगिता छाडने जनाएकी थिइन । जसका कारण उनले अहिले खोलेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो
रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो

९ घण्टा अघि

‘शीला की जवानी...’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड
‘शीला की जवानी...’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड

१२ घण्टा अघि

अमेरिकावाट क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका ५.३० लाख आप्रवासी निकालिने
अमेरिकावाट क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका ५.३० लाख आप्रवासी निकालिने

१२ घण्टा अघि

रोहित शर्मा आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय
रोहित शर्मा आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय

१३ घण्टा अघि

ताजा अपडेट

  • सुुनकोशी मरिन डाइभर्सन समयमा नसकिए ठेक्का तोडिनेछः प्रधानमन्त्री

    सुुनकोशी मरिन डाइभर्सन समयमा नसकिए ठेक्का तोडिनेछः …

  • रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो

    रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्…

  • वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परिक्षण हुदैँ

    वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परिक्षण हुदैँ

  • खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट नि…

  •  २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ

     २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थाप…

  • शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेश प्रदेशमै उत्कृष्ट

    शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेश प्रदेशमै उत्कृ…

  • ‘शीला की जवानी...’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड

    ‘शीला की जवानी...’ फराह खानको सबैभन्दा सस्तो गीत, ज…

  • प्रधानमन्त्रीले आज एकैपटक ६४ सडक शिलान्यास गदै, १२ सय ७० करोडको योजना

    प्रधानमन्त्रीले आज एकैपटक ६४ सडक शिलान्यास गदै, १२ सय…