समाचार

दोस्रो विश्वयुद्द पछि पहिलो पटक जर्मन सेना अन्य देशमा तैनाथ


erastriya सोमबार, जेठ १३, २०८२

बर्लिन, १२ बैशाख । दोस्रो विश्वयुद्धमा पराजय भएको जर्मनीले पहिलो पटक जर्मनी बाहिर आफ्नो सेना तैनाथ गरेको छ ।

जर्मन चान्सलर फ्रेडरिक मर्जले उत्तरी एट्लान्टिक सन्धि संगठन (नाटो) को पूर्वी भागको रक्षा गर्नका लागि युरोपियन मुलुक लिथुआनियामा बर्लिन ब्रिगेड पठाएका हुन् ।
जसको बातावरण बनाउनका लागि उनले यसै साता लिथुआनियाको भ्रमणसमेत गरेका थिए । गत बिहीबार अर्थात मे २२ मा भएको भ्रमणमा चान्सलर मर्जसहित जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियससँग सामेल रहेका थिए। सोही समारोहमा जर्मनीको बख्तरबंद ब्रिगेड औपचारिक रूपमा गठन गरिएको घोषणा गरिएको हो ।

युक्रेनमा रुसको आक्रमणको बीचमा चान्सलर मर्जले भने, ‘हाम्रा बाल्टिक सहयोगीहरूको सुरक्षा पनि हाम्रो सुरक्षा हो ।’ उनले नेटो सहयोगीहरूलाई मस्को विरुद्ध युरोपेली सुरक्षा बलियो बनाउन प्रयासहरू विस्तार गर्न पनि आग्रह गरेका थिए । आफ्नो सेनालाई बलियो बनाएर बर्लिनले सुरक्षामा थप लगानी गर्न सहयोगीहरूलाई संकेत गरेको देखिएको छ ।

आफ्नो देशमा जर्मन सेना भित्रिए पछि लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाले यसलाई ‘ऐतिहासिक दिन’ भनेर टिप्पणी गरेका छन् । किनकी, यो पहिलो पटक हो कि जर्मन ब्रिगेडले १९४० पछि लामो तैनाथीको लागि आफ्नो देश बाहिर जाने निर्णय लिएको थियो ।

जर्मनीले लिथुआनियामा आफ्नो सेना तैनाथ सुरू गरे पछि युरोपमा नयाँ बहस सुरू भएको छ ।  लिथुआनियाले रुसको कालिनिनग्राद र मस्कोको प्रमुख सहयोगी बेलारुससँग आफ्नो सिमाना साझा गरिरहेको छ, जसका कारण लिथुआनिया माथी जतिखेर पनि मस्कोवाट हमला हुन सक्छ । 

नयाँ ब्रिगेडको साथ जर्मनीले अन्य देशसँग पनि गहिरो संलग्नताको लक्ष्य राखेको छ, जहाँ यसले पहिलो पटक २०१७ मा सेनाको स्थानान्तरण सुरु गर्ने घोषणा गरेको थियो । यो एक वर्ष भन्दा बढीको लागि प्रगतिको दिशामा थियो। यस पछि ‘एक्टिभेसन स्टाफ’ को रूपमा विस्तार भयो, जसमा २५० सेनाहरू त्यसमा सामेल रहेका थिए ।

अब विस्तारित रूपमा ४५ नम्बर आर्मर्ड ब्रिगेडमा लगभग ५ हजारको कुल संख्या पुरयाइनेछ, जसमा ४८०० जर्मन सैनिक तथा  २०० नागरिक कर्मचारीहरू रहने छन् । र, यो २०२७ सम्म यसको पूर्ण क्षमतामा पुग्ने अपेक्षा गरिएको छ। गत बिहीबार भिल्नियसको केन्द्रीय क्याथेड्रल स्क्वायर माथिको आकाशमा दर्जनौं जर्मन सैन्य हेलिकप्टरहरू उडाएर यसको संकेत गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो
रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो

८ घण्टा अघि

‘शीला की जवानी...’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड
‘शीला की जवानी...’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड

११ घण्टा अघि

अमेरिकावाट क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका ५.३० लाख आप्रवासी निकालिने
अमेरिकावाट क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका ५.३० लाख आप्रवासी निकालिने

११ घण्टा अघि

रोहित शर्मा आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय
रोहित शर्मा आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय

११ घण्टा अघि

ताजा अपडेट

  • सुुनकोशी मरिन डाइभर्सन समयमा नसकिए ठेक्का तोडिनेछः प्रधानमन्त्री

    सुुनकोशी मरिन डाइभर्सन समयमा नसकिए ठेक्का तोडिनेछः …

  • रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो

    रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्…

  • वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परिक्षण हुदैँ

    वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परिक्षण हुदैँ

  • खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट नि…

  •  २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ

     २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थाप…

  • शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेश प्रदेशमै उत्कृष्ट

    शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेश प्रदेशमै उत्कृ…

  • ‘शीला की जवानी...’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड

    ‘शीला की जवानी...’ फराह खानको सबैभन्दा सस्तो गीत, ज…

  • प्रधानमन्त्रीले आज एकैपटक ६४ सडक शिलान्यास गदै, १२ सय ७० करोडको योजना

    प्रधानमन्त्रीले आज एकैपटक ६४ सडक शिलान्यास गदै, १२ सय…