अर्थ/बाणिज्य

नेपालले भारत लाई चार महिनामा 12 अर्ब काे विद्युत बेच्यो


erastriya बिहीबार, कात्तिक ०२, २०८०

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले यो वर्षको जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज गरी ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ ।

 

तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत् औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ । गत जेठ महिनाका पाँच दिनमा ४० करोड ५ लाख र असारमा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको थियो । जेठ र असारमा भारततर्फ निर्यात गरिएको विद्युत् औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो ।

 

साउनमा २ अर्ब १४ करोड ३३ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख र असोजमा ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात भएको छ । तीन महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् निर्यात भएको हो ।

साउन, भदौ र असोजमा भारततर्फ निर्यात गरिएको विद्युत्‌को औसत बिक्री दर प्रति युनिट क्रमश: ८ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसा रहेको छ । तीन महिनाको विद्युत् समग्र औसत बिक्री दर प्रति युनिट १० रुपैयाँ २७ पैसा छ । विद्युत् निर्यातबाट नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितीमा योगदान पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

करिब बीस करोड रकमसहित एक जना पक्राउ
करिब बीस करोड रकमसहित एक जना पक्राउ

चैत ०४, २०८१

साढे छ खर्बको घाटा बजेट ल्याउन सकिने गरी स्रोत अनुमान
साढे छ खर्बको घाटा बजेट ल्याउन सकिने गरी स्रोत अनुमान

फागुन २०, २०८१

चालु आर्थिक वर्षको छ महिनाको अवधिमा भित्रियो ७ खर्ब ६३ ८ करोड
चालु आर्थिक वर्षको छ महिनाको अवधिमा भित्रियो ७ खर्ब ६३ ८ करोड

माघ २५, २०८१

भोजपुरे खुकुरी उद्योग सङ्कटमा
भोजपुरे खुकुरी उद्योग सङ्कटमा

माघ २४, २०८१

ताजा अपडेट

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…

  • दिक्तेल रुपाकोट को मेरुङमा भेटियो विश्वमा दुर्लभ मानिएको रेडपाण्डा

    दिक्तेल रुपाकोट को मेरुङमा भेटियो विश्वमा दुर्लभ मान…

  • गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता

    गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्…

  • साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

    साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

  • सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै

    सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै

  • करिब बीस करोड रकमसहित एक जना पक्राउ

    करिब बीस करोड रकमसहित एक जना पक्राउ

  • पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक

    पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त …

  • ‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

    ‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने