समाचार

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित


erastriya आइतबार, जेठ १२, २०८२

काठमाडौं, ११ जेठ । प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा विशेष बढुवा भएकी प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित भएकी छिन ।


विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल शेर्पालाई नीति निर्माण समिति बैठकको निर्णयले विशेष बढुवा प्रदान गरी प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले अदम्य साहसका साथ विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी प्रहरी संगठनको श्रीवृद्धिको लागि गरेको कार्यको उच्च प्रशंसा गरे । पदोन्नतिसँगै पदीय दायित्व र मर्यादाको घेरा बढ्दै जाने चर्चा गर्दै आगामी दिनमा थप हौसला र लगनशीलताका साथ कार्यसम्पादन गर्न उनले निर्देशनसमेत दिए ।

नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पाले २०८२ जेठ ५ गते सोमबार बिहान ०८ः५६ बजे विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा महिला र बालिकाहरू विरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौं भन्ने नारा सहितको ब्यानर फहराउन सफल भएकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा
अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

९ घण्टा अघि

यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा
यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा

जेठ १०, २०८२

प्रेस चौतारीद्दारा फणिदेव महत स्मृति पत्रकारिता पुरस्कार घोषणा
प्रेस चौतारीद्दारा फणिदेव महत स्मृति पत्रकारिता पुरस्कार घोषणा

जेठ १०, २०८२

'दाइजाे मृत्यु' प्रकरणमा श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता
'दाइजाे मृत्यु' प्रकरणमा श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता

जेठ ०३, २०८२

ताजा अपडेट

  • उर्जा मन्त्री खडकाले झोक्किदै भने, ‘तीन दिनभित्र फाइल छिनोफानो गर्नु'

    उर्जा मन्त्री खडकाले झोक्किदै भने, ‘तीन दिनभित्र फाइल …

  • सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

    सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्व…

  • सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यको बिदाइ

    सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचा…

  • संगीतकार ज्योति प्रकाशको “छैन जुन आज” सार्वजनिक

    संगीतकार ज्योति प्रकाशको “छैन जुन आज” सार्वजनिक

  • बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा

    बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अ…

  • कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हुनः प्रधानमन्त्री

    कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने…

  • एमालेवाट निर्वाचित वागमति प्रदेशका ३५९ वडा अध्यक्षको भेला सुरू

    एमालेवाट निर्वाचित वागमति प्रदेशका ३५९ वडा अध्यक्षको …

  • रास्वपाको केन्द्रिय समितिमा भावी नेतृत्वका बारेमा छलफल हुने

    रास्वपाको केन्द्रिय समितिमा भावी नेतृत्वका बारेमा छलफ…