अन्तर्राष्ट्रिय

भियतनामबाट हजारौं संख्यामा पर्यटक नेपाल आउँदै


erastriya बुधबार, कात्तिक ०१, २०८०

काठमाडौं । नेपालको पर्यटन इतिहासमा पहिलो पटक भियतनामबाट एकै पटकमा ठूलो संख्यामा पर्यटक नेपाल आउने भएका छन् ।

तीन दिन जहाज चार्टर्ड गरी एकै पटक ठूलो संख्यामा भियतनामी पर्यटक नेपाल आउन लागेको यो भ्रमणको व्यवस्थापन गरिरहेको कम्पनी रुप्से होलिडेजले जानकारी दिएको छ । कम्पनीका प्रबन्ध निर्देशक रमेश पराजुलीका अनुसार तीन वटा विमान चार्टर गरेर भियतनामी पर्यटकले आगामी सता नेपाल भ्रमण गर्ने भएका हुन् ।

आगामी अक्टुबर २१, २५ र २९ मा हिमालय एयरलाइन्सको एयरबस ए३२० विमान चार्टर गरेर भियतनामबाट पर्यटक नेपाल आउने भएका हुन् । यी पर्यटकले काठमाडौं, पोखरा, लुम्बिनीलगायत स्थानको भ्रमण गर्ने कम्पनीले जनाएको छ । यो टोलीमा खर्चालु पर्यटकको ठूलो संख्या रहेको र यसले नेपाललाई खर्चालु पर्यटकको गन्तव्य बनाउन सहयोग पुग्ने अपेक्षा लिइएको कम्पनीले जनाएको छ । भियतनाममा करिब १५ प्रतिशत जनसंख्या बौद्ध धर्मावलम्बी छन् । केही पर्यटक नेपालका विभिन्न बौद्ध चैत्य तथा गुम्बामा ध्यान तथा योगअभ्यासका लागि थप समय बस्ने समेत कम्पनीले जनाएको छ ।

नेपालीलाई भियतनाम घुमाउने योजना 

नेपाल–भियतनाम चार्टर उडान भईरहँदा नेपालबाट पनि उल्लेख्य पर्यटक भियतनाम जाने कम्पनीले जनाएको छ । उडानका क्रममा एकतर्फी खाली रहने सिट बिक्री गरी पर्यटकका लागि यो चार्टर उडान आर्थिक रुपमा किफायती बनाउने प्रयास भइरहेको समेत रुप्से होलिडेजले जनाएको छ ।

 

नेपालबाट भियतनाम जान चाहने पर्यटकका लगि रुप्से होलिडेजले एक लाख २० हजार रुपैंयाको विशेष टुर प्याकेज समेत सार्वजनिक गरेको छ । यो प्याकेजमा चार रात पाँच दिनको भियतनामको हनोईमा बसाई, विभिन्न आकर्षक गन्तब्यको घुमाई, एक दिने क्रुज, भिसा तथा दुईतर्फी हवाई टिकट सम्मिलित छ । तीन वटै चार्टर्ड उडानबाट उल्लेख्य संख्यामा नेपाली पर्यटकले भियतनाम भ्रमण गर्ने कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !
चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !

८ घण्टा अघि

अफ्रिकाको उत्तर कोरिया बन्दै माली !
अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

१ दिन अघि

एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्बजनिक
एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्बजनिक

१ दिन अघि

अमेरिकामा तेस्रो राजनीतिक दलको लागि ठाउ छैन- ट्रम्प
अमेरिकामा तेस्रो राजनीतिक दलको लागि ठाउ छैन- ट्रम्प

असार २३, २०८२

ताजा अपडेट

  • रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

    रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

  • प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

    प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खे…

  • आदील अन्सारी साहित  क्यानले टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीलाई क्याम्पमा बोलायो

    आदील अन्सारी साहित क्यानले टी-२० विश्वकपको एशिया प्य…

  • चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !

    चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतिया…

  • आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

  • फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

    फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्…

  • पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

    पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकार…

  • अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

    अफ्रिकाको उत्तर कोरिया बन्दै माली !