मनोरञ्जन

आमा र छोरीको एउटै प्रेमी, बिहेको कुरा निस्किएपछि निम्तियो हत्या


erastriya सोमबार, असोज २९, २०८०

काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यको गोरखपुरमा एउटा अनौठो घटना प्रकाशमा आएको छ ।केही दिनअघि एक युवकले नावालिग किशोरीको हत्या गरे । घाँटी थिचेर हत्या गरेका उनले घटनालाई आत्महत्या देखाउनका लागि शवलाई झुण्ड्याइदिएका थिए ।उत्तर प्रदेश प्रहरीक

आमा र छोरीको एउटै प्रेमी, बिहेको कुरा निस्किएपछि निम्तियो संकट

काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यको गोरखपुरमा एउटा अनौठो घटना प्रकाशमा आएको छ | 

केही दिनअघि एक युवकले नावालिग किशोरीको हत्या गरे । घाँटी थिचेर हत्या गरेका उनले घटनालाई आत्महत्या देखाउनका लागि शवलाई झुण्ड्याइदिएका थिए ।उत्तर प्रदेश प्रहरीका अनुसार १५ वर्षीय ती किशोरी र उनकी आमाको प्रेमी एकै व्यक्ति थिए । किशोरीले आफ्नी आमासँग पनि ती पुरुषको सम्बन्ध रहेको थाहा पाएपछि विवाहका लागि दबाब दिन थालिन् ।

प्रेमीले विवाहको प्रस्ताव अस्वीकार गरे । किशोरीले विवाहका लागि लगातार दबाब दिएपछि ती पुरुषले उनको हत्याको योजना बनाएर २६ सेप्टेम्बरका दिन घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले सुनिल गौड नाम गरेका आरोपित पुरुष र उनको साथीलाई नियन्त्रणमा लिइसकेको छ । प्रहरीका अनुसार शव परीक्षणका क्रममा ती किशोरीको मृत्यु झुण्डिएर नभई घाँटी थिचेका कारण भएको खुलासा भएसँगै प्रहरीले अनुसन्धानलाई सुक्ष्म ढंगले अघि बढाएको थियो ।

उत्तर प्रदेश प्रहरीका एसएसपी डा. गौरव ग्रोवरका अनुसार मृतक किशोरीको पिता मुम्बईमा बस्दै आएका थिए । छोरीको हत्या भएपछि उनी घर फर्किएका छन् । मृतकको पिताले नै हत्यासम्बन्धमा किटानी जाहेरी दिएपछि प्रहरीले थप कारबाही अघि बढाएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार हत्या आरोपित सुनिलले ती किशोरी र उनकी आमासँग समानान्तर रुपमा प्रेम सम्बन्ध राख्दै आएका थिए । किशोरीको हत्या भएको दिन आमा भने चिनजानकै एक जनाको मृत्युपछि परिवारलाई सान्त्वना दिन गएकी थिइन् ।

 

सोही मौका पारेर किशोरीलाई भेट्न आएका सुनिलले बिहेको दबाब झेल्न नसकेर किशोरीको हत्या गरेको प्रहरीको भनाइ छ । हत्यामा सुनिलले आफ्ना एक साथीको सहयोगसमेत लिएको खुलासा भएको छ । प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार
करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

१ दिन अघि

संगीतकार ज्योति प्रकाशको “छैन जुन आज” सार्वजनिक
संगीतकार ज्योति प्रकाशको “छैन जुन आज” सार्वजनिक

जेठ १२, २०८२

सकियो अक्षय कुमारको फिल्म ‘भूत बंगला’ को सुटिङ
सकियो अक्षय कुमारको फिल्म ‘भूत बंगला’ को सुटिङ

जेठ ०६, २०८२

‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने
‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

चैत ०३, २०८१

ताजा अपडेट

  • नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

    नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

  • कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

    कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

  • आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

    आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

  • राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फुटबल स्टार कोहुन

    राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फु…

  • कपालको विकासका लागि उपयुक्त बदामको तेल

    कपालको विकासका लागि उपयुक्त बदामको तेल

  • सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

    सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट…

  • करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

    करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा…

  • सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भावी आईजीपी बन्ने बाटो खुल्यो

    सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भा…