समाचार

परेश रावलले फिर्ता गरे हेराफेरीः३ को ‘साइनिङ अमाउन्ट’


erastriya आइतबार, जेठ १२, २०८२

मुम्बई, ११ जेठ । हेराफेरीमा बाबु भैयाको भूमिकामा परेश रावलले वर्षौंसम्म दर्शकको मनोरञ्जन प्रदान गरिरहेका थिए तर अब उनी यसको तेस्रो फ्रेन्चाइजीमा भने हुने छैनन् ।

परेश रावलले हेराफेरीः३ बाट बाहिरिएर बाबुभैयाका फ्यानहरुलाई निराश बनाएका छन् । बलिउडका उत्कृष्ट तीनको ब्रेकअपपछि यो विवादमा नयाँ अपडेट आएको छ ।


तपाईलाई थाहा छ, हेराफेरी फ्रेन्चाइजको तेस्रो फिल्म १९ वर्षपछि बन्न लागेको थियो । जसलाई अक्षय कुमारले आफ्नो प्रोडक्सन हाउसको ब्यानरमा बनाउन लागेका थिए, जसका लागि  सुनिल शेट्टी र परेश रावलले पनि सहमति जनाएका थिए । तर, सो फिल्म घोषणाको भिडियो खिच्न नपाउँदै परेश रावलले एक्कासी फिल्म छाडेर सबैलाई आश्चर्यचकित बनाएका थिए । 

परेश रावलले बाबु भैयाका लागि अभिनय गर्ने भनेर साइनिङ रकम लिएर पनि अन्तिममा फिल्म छाडेपछि निर्माण कम्पनीले उनलाई २५ करोड भारु मुद्दा दायर गरेको खबर आएको थियो । अब भने परेशले अक्षयकुमारलाई ‘साइनिङ रकम’ फिर्ता गरेको नयाँ रिपोर्टमा उल्लेख छ ।

बलिउड हगामाका अनुसार हेराफेरीः ३ का लागि परेश रावलले १५ करोड भारु पाउने थिए, जस अनुसार उनले ११ लाख रुपैयाँ भारू ‘साइनिङ अमाउन्ट’ को रूपमा भुक्तानीसमेत लिइसकेका थिए, साथै १५ प्रतिशत ब्याज पनि दिइएको थियो । 


सम्झौता अनुसार फिल्म रिलिजपछि उनले थप १४ करोड ८९ लाख रुपैयाँ पाउने गरी सहमति भएको थियो। तर, अहिले समाचार अनुसार परेश रावलको यही बिषयमा आपत्ति रहेको दाबी गरिएको छ । हेराफेरीः३ फिल्म सन २०२६ को अन्तिम वा २०२७ को सुरूमा रिलिज हुने गरी सुटिङको तयारी गरिदैँ थियो, यस्तो अवस्थामा आफ्नो पारिश्रमिक २ वर्ष रोकिन गएकोमा परेश रावल खुसी थिएनन् । यही कारणले उनी सो फिल्ममा जान राजी भएनन । 

तर, पछिल्लो यो बिषयका बारेमा परेश रावल वा निर्माताहरूबाट कुनै अपडेट गरिएको छैन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एमबाप्पेकाे गाेलमा रियल म्याड्रिड बिजयी, गाेल्डेन बुटका दाबेदार
एमबाप्पेकाे गाेलमा रियल म्याड्रिड बिजयी, गाेल्डेन बुटका दाबेदार

५ घण्टा अघि

दिल्लीकाे न्न कुस्ती प्रतियाेगितामा सुरेश चुनाराले जिते काँस्य पदक
दिल्लीकाे न्न कुस्ती प्रतियाेगितामा सुरेश चुनाराले जिते काँस्य पदक

६ घण्टा अघि

प्लेनमा परपुरूषलाई चुम्बन गर्ने महिलाले तिरिन १.५ कराेड जरिवाना
प्लेनमा परपुरूषलाई चुम्बन गर्ने महिलाले तिरिन १.५ कराेड जरिवाना

६ घण्टा अघि

ऋतिकको वारः २ को तेलगु राइटस १०० करोडमा बिक्रीमा
ऋतिकको वारः २ को तेलगु राइटस १०० करोडमा बिक्रीमा

७ घण्टा अघि

ताजा अपडेट

  • उर्जा मन्त्री खडकाले झोक्किदै भने, ‘तीन दिनभित्र फाइल छिनोफानो गर्नु'

    उर्जा मन्त्री खडकाले झोक्किदै भने, ‘तीन दिनभित्र फाइल …

  • सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

    सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्व…

  • सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यको बिदाइ

    सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचा…

  • संगीतकार ज्योति प्रकाशको “छैन जुन आज” सार्वजनिक

    संगीतकार ज्योति प्रकाशको “छैन जुन आज” सार्वजनिक

  • बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा

    बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अ…

  • कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हुनः प्रधानमन्त्री

    कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने…

  • एमालेवाट निर्वाचित वागमति प्रदेशका ३५९ वडा अध्यक्षको भेला सुरू

    एमालेवाट निर्वाचित वागमति प्रदेशका ३५९ वडा अध्यक्षको …

  • रास्वपाको केन्द्रिय समितिमा भावी नेतृत्वका बारेमा छलफल हुने

    रास्वपाको केन्द्रिय समितिमा भावी नेतृत्वका बारेमा छलफ…