राजनीति

मन्त्रालय मातहतका निकायलाई परिणाममुखी काम गर्न मन्त्री भण्डारीको निर्देशन


erastriya शुक्रबार, जेठ १०, २०८२

काठमाडौं, ९ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालय मातहतका निकायलाई कार्यशैलीमा सुधार गर्दै परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । 

मन्त्रालयद्वारा आयोजित ‘सार्वजनिक संस्थानहरूको सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले मन्त्रालय मातहत रहेका विभाग र संस्थानहरूले आर्थिक वर्षको सुरुमा गरेको सम्झौता बमोजिम काम सम्पन्न गर्न निर्देशन दिए । 

उनले प्रधानमन्त्रीसँग आफूले र आफू सँग सचिवहरूले, सचिवले महाशाखा, विभाग तथा संस्थानहरूसँग गरेको सम्झौताको सत प्रतिशत नतिजा दिन निर्देशन दिए । मन्त्री भण्डारीले कतिपय निकायले नीतिगत समस्या वा अन्य बाहान देखाउँदै काममा ढिलासुस्ती गर्ने कुरा अब स्वीकार्य नहुने बताए ।

उनले भने, “हामीले आर्थिक वर्षको सुरुवातमा जे छलफल ग¥यौँ, त्यसैको आधारमा गर्न सकिने कामहरूको मात्रै सम्झौता गरेका छौँ, ती मध्ये कतिपय कामहरू सम्पन्न पनि भकाएछन् । तर अझै सन्तोष मान्ने धेरै कामहरू अधुरा छन् । ती समयमै पुरा गरेर देखाउनुपर्छ, त्यसमा फेल हुने छुट कसैलाई पनि छैन ।”

मन्त्री भण्डारीले मन्त्रालय मातहत रहेका सबै निकायहरूलाई आजकै मितिबाट कामको गति बढाउन निर्देशन दिए । 

मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सबै निकायसँग कानुन, जनशक्ति र संरचनाको पर्याप्तता भएको अवस्थामा समेत काम सम्पन्न गर्न नसक्नु दुःखद विषय भएको बताए । 

उनले भने,“हामी कर्मचारीहरूलाई आवश्यक पर्ने सबै चिजहरू हामीसँग हुँदा पनि कहिलेकाहीँ काम गर्न डराउने, रिस्क लिन नसक्ने, समन्वय गर्न नसक्ने लगायतका कमजोरी छन् । समस्याहरू केके हुन्, यसै अन्तरक्रियामा खुलेर राखौँ र समाधान सहित परिणाममुखी काममा लागौँ ।”

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख छविचन्द्र पराजुलीले निर्देशित कामहरू पुरा गर्ने जिम्मेवारीका साथ कार्यशैली सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमहरू मन्त्रालयका सबै महाशाखा प्रमुखहरू, संस्थानका प्रमुख कार्यकारी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो । अन्तरक्रियामा मन्त्रालय मातहतका निकायहरूले आर्थिक वर्षको सुरुवातमा लिएको लक्ष्य र त्यसको उपलब्धिका विषयमा छलफल भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रबि लामिछानेलाई थुनामा नै रहने, रिहा गर्न अस्विकार
रबि लामिछानेलाई थुनामा नै रहने, रिहा गर्न अस्विकार

१ दिन अघि

'भिजिट भिषा' मा अनुसन्धान गर्ने डिएसपीलाइ नारायणकाजीले गरेका थिए सरूवा
'भिजिट भिषा' मा अनुसन्धान गर्ने डिएसपीलाइ नारायणकाजीले गरेका थिए सरूवा

१ दिन अघि

अर्थ मन्त्रालय प्रवेशमा कडाई
अर्थ मन्त्रालय प्रवेशमा कडाई

१ दिन अघि

ल कलेजमा विप्लव निकट भातृ संगठन अखिल समाजवादी काे संयोजकमा शैलेन्द्र दुवाडी
ल कलेजमा विप्लव निकट भातृ संगठन अखिल समाजवादी काे संयोजकमा शैलेन्द्र दुवाडी

जेठ ०९, २०८२

ताजा अपडेट

  • अन्तरिक्षमा भेटियो 'रहस्यमय भाइरस', बैज्ञानिकहरू नै देखेर अचम्मित

    अन्तरिक्षमा भेटियो 'रहस्यमय भाइरस', बैज्ञानिकहरू नै द…

  • रबि लामिछानेलाई थुनामा नै रहने, रिहा गर्न अस्विकार

    रबि लामिछानेलाई थुनामा नै रहने, रिहा गर्न अस्विकार

  • अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

    अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

  • रबि र छबिको बहस सकियो, अब केही बेरमा आदेश आउँदै

    रबि र छबिको बहस सकियो, अब केही बेरमा आदेश आउँदै

  • भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न: महानिर्देशक भट्टराई

    भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न…

  • भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री

    भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधान…

  • 'भिजिट भिषा' मा अनुसन्धान गर्ने डिएसपीलाइ नारायणकाजीले गरेका थिए सरूवा

    'भिजिट भिषा' मा अनुसन्धान गर्ने डिएसपीलाइ नारायणकाज…

  • ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

    ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाह…