अन्तर्राष्ट्रिय

ट्रम्प प्रशासनको निर्णयः हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रतिबन्ध


erastriya शुक्रबार, जेठ १०, २०८२

वासिंगटन डिसी, ९ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थीलाई भर्ना दिने पुर्ववत निर्णय अहिले रद्द गरिदिएको छ।युएस होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले बिहीबार ढिलो होमल्याण्ड सेक्युरिटी विभाग (डिएचएस) लाई हार्वर्डको स्टुडेन्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्राम (एसईभिपी) को प्रमाणीकरण तत्काल रद्द गर्न आदेश दिएकी छिन्।

विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने क्षमता पुनः प्राप्त गर्न हार्वर्डले हालका बाह्य विद्यार्थीहरूको बारेमा ७२ घण्टा भित्र जानकारी उपलब्ध गराउनु पर्नेसमेत भनिएको छ । र, हाल विश्वविद्यालयमा अध्ययनरत सबै विदेशी विद्यार्थीलाई अन्य संस्थामा स्थानान्तरण गर्न भनिएको छ । अन्यथा देश छाड्नु पर्ने अवस्था आउन सक्छ ।

पछिल्ला केही दिनदेखि हार्वर्ड र सरकारबीच विदेशी विद्यार्थीसँग सम्बन्धित अभिलेखलाई लिएर झगडा जारी रहेको बेला ट्रम्प प्रशासनको यो निर्णय आएको हो । डिएचएसले  गत अप्रिल ३० सम्म हार्वर्डले विदेशी विद्यार्थीहरू संलग्न अवैध र हिंसात्मक घटनाहरूको पूर्ण रेकर्ड उपलब्ध नगरेको खण्डमा भर्ना अभियान रद्द गरिनेछ । अब उसको एसइभीपी प्रमाणीकरण हटाइनेछ। विश्वविद्यालयले दिएको अभिलेखबाट ट्रम्प प्रशासन सन्तुष्ट नभए पछि स्थिति तनावग्रस्त बनेको हो । 

हाल हार्वर्ड विश्वविद्यालयमा लगभग २७ प्रतिशत बाह्य विद्यार्थीहरू अध्ययनरत छन्। त्यहाँ हाल करिब ६ हजार ८ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको प्रारम्भिक जानकारी रहेको छ ।

ट्रम्प प्रशासनमा होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले हार्वर्डलाई लेखेको पत्र एक्समा साझा गरेकी छिन्। उनले क्याप्सनमा लेखेकी छिन्, ‘ट्रम्प प्रशासनले हार्वर्डलाई आफ्नो क्याम्पसमा भएको हिंसा, यहूदी विरोधीवादलाई बढावा दिने र चिनियाँ कम्युनिष्ट पार्टीसँग समन्वय गर्न जिम्मेवार ठहराउँछ ।’

‘विश्वविद्यालयहरूले विदेशी विद्यार्थीहरूलाई भर्ना गर्न र उनीहरूसँग चर्को शुल्क लिने, जसले गर्दा उनीहरूको अर्बौं डलरको कोष बढ्छ, यो विशेषाधिकार हो, अधिकार होइन। हार्वर्डलाई धेरै मौका दिइयो तर कानून पालना गर्न असफल भयो। यो कार्यले देशभरका सबै विश्वविद्यालय र शैक्षिक संस्थाहरूलाई चेतावनीको रूपमा काम गर्नुपर्छ,’ उनले थप भनेकी छिन् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आफ्नो विज्ञप्तिमा हार्वर्डको नेतृत्वले अमेरिका विरोधी बनाएको, आतंकवाद समर्थक आन्दोलनकारीहरूलाई धेरै यहूदी विद्यार्थीहरूलाई उत्पीडन र शारीरिक रूपमा आक्रमण गर्न अनुमति दिएको बताएको छ। हिंसालाई बढावा दिएर क्याम्पसमा असुरक्षित वातावरण सिर्जना गरिएको छ । ती आन्दोलनकारी मध्ये धेरै विदेशी विद्यार्थी भएको जनाएको छ।

उता, हार्वर्डले ट्रम्प प्रशासनको पछिल्लो कदमलाई गैरकानूनी भनेको छ। विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘हार्वर्डमा १४० भन्दा बढी देशबाट विद्यार्थी आउँछन् । हामी अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वानहरूलाई भर्ना गर्ने हाम्रो क्षमता कायम राख्न पूर्ण रूपमा प्रतिबद्ध छौं।’

विश्वविद्यालयले अगाडी भन्यो, ‘हामी हाम्रा विद्यार्थीहरूलाई सहयोग पुर्‍याउने दिशामा काम गरिरहेका छौं। यो प्रतिशोधात्मक कार्यले हार्वर्ड समुदाय र हाम्रो देशलाई गम्भीर हानि पुर्‍याउने धम्की दिन्छ र हार्वर्डको शैक्षिक र अनुसन्धान मिशनलाई कमजोर पार्न खोज्छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

लखनउ सुपर जाइन्टद्दारा गुजरात टाइटन्स पराजित
लखनउ सुपर जाइन्टद्दारा गुजरात टाइटन्स पराजित

१ दिन अघि

क्लब विश्वकपपछि मोड्रिचले रियाल मड्रिड छाड्ने
क्लब विश्वकपपछि मोड्रिचले रियाल मड्रिड छाड्ने

१ दिन अघि

जब अमेरिकी महिला सांसदले बैठकमा आफ्नो नग्न तस्विर देखाइन्...
जब अमेरिकी महिला सांसदले बैठकमा आफ्नो नग्न तस्विर देखाइन्...

जेठ ०९, २०८२

वारः२ का लागि ऋतिकले ४८ करोड पाउँदा एनटिआरकाे भने आधा रकम
वारः२ का लागि ऋतिकले ४८ करोड पाउँदा एनटिआरकाे भने आधा रकम

जेठ ०९, २०८२

ताजा अपडेट

  • अन्तरिक्षमा भेटियो 'रहस्यमय भाइरस', बैज्ञानिकहरू नै देखेर अचम्मित

    अन्तरिक्षमा भेटियो 'रहस्यमय भाइरस', बैज्ञानिकहरू नै द…

  • रबि लामिछानेलाई थुनामा नै रहने, रिहा गर्न अस्विकार

    रबि लामिछानेलाई थुनामा नै रहने, रिहा गर्न अस्विकार

  • अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

    अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

  • रबि र छबिको बहस सकियो, अब केही बेरमा आदेश आउँदै

    रबि र छबिको बहस सकियो, अब केही बेरमा आदेश आउँदै

  • भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न: महानिर्देशक भट्टराई

    भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न…

  • भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री

    भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधान…

  • 'भिजिट भिषा' मा अनुसन्धान गर्ने डिएसपीलाइ नारायणकाजीले गरेका थिए सरूवा

    'भिजिट भिषा' मा अनुसन्धान गर्ने डिएसपीलाइ नारायणकाज…

  • ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

    ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाह…