समाचार

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन


erastriya बिहीबार, जेठ ०९, २०८२

 

पथरी - मोरङको पथरीशनिश्चरे-१० मा नि:शुल्क कम्प्यूटर तालिम सञ्चालन सुरू भएको छ।  

झापामा दमकमा रहेको हिमालयन औरा डिजिटलले पथरीशिश्चरे वडा नं. १० का बासिन्दालाई लक्षित गरेर तालिम सञ्चालन सुरू गरेको हो। बुधबार नगरउपप्रमुख देवीमाया काफ्लेले तालिमको उद्घाटन गरिन्। 

सो उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख काफ्लेले भनिन्, ‘यो वडाबासीको लागि निकै राम्रो अवसर हो, तपाईंहरूले निःशुल्क कम्प्युटर कक्षाको ज्ञान हासिल गरी आफ्नो कम्प्युटर स्किल बढाउनुहोस्, शुभकामना दिन चाहन्छु।’

तेस्रो मुलुकमा रहेका भुटानी शरणार्थी र १० नम्बर वडा कार्यालयको समेत संयोजन रहेको उक्त तालिममा शरणार्थी शिविरबाट ३० र वडाले पठाएका ३० गरी ६० जनालाई आधारभूत तालिम दिइने आयोजकले बताएको छ।

जसमध्ये उत्कृष्ट २० जनालाई थप माथिल्लो तहक‍ो तालिमको अवसर दिइने कार्यक्रमका अध्यक्ष राम बानियाँले बताए।

विशेषगरी ३० वर्षमुनिका युवा समूहरू यो उमेरमा बढी कुलतमा फस्ने सम्भावना रहेको हुँदा त्यसलाई न्यूनीकरण गर्न पनि तालिमको आयोजना गरिएको बानियाँले बताए। 

बानियाँको अध्यक्षतामा भएको सो उद्घाटन कार्यक्रममा वडाध्यक्ष जीवन खतिवडा, पूर्वनगर प्रमुख दिलीपकुमार राई, भ्वाइस अफ नेपाल विजेता किरण गजमेर, पूर्वक्याम्प सचिव चम्पासिंह राई, क्याम्प सचिव करण राई, खानेपानी समिति सदस्य चन्द्र घिसिङ लगायतले शुभकामना मन्तव्य राखेका थिए।

सो कम्प्युटर कक्षाका विषयमा तालिम निर्देशक राजेश थापा र कम्प्युटर शिक्षक सुगम पोखरेलले प्रष्ट पारेका थिए।

कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहनविक्रम दाहाल, समाजसेवी देवराज भण्डारी, वडासदस्य तथा कार्यपालिका सदस्य मीना योन्जन, वडा सदस्यहरू दिलबहादुर कार्की, वीरबहादुर बस्नेत, मनकुमारी विश्वकर्मा, विद्यालयका प्रअहरू र वडाबासीको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

१ दिन अघि

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २५, २०८२

रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता
रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

असार २४, २०८२

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २३, २०८२

ताजा अपडेट

  • रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

    रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

  • प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

    प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खे…

  • आदील अन्सारी साहित  क्यानले टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीलाई क्याम्पमा बोलायो

    आदील अन्सारी साहित क्यानले टी-२० विश्वकपको एशिया प्य…

  • चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !

    चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतिया…

  • आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

  • फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

    फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्…

  • पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

    पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकार…

  • अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

    अफ्रिकाको उत्तर कोरिया बन्दै माली !