राजनीति

माओवादी केन्द्र भुम्लुको १० ओटै वडा कार्यालय उदघाटन सम्पन्न


erastriya शनिबार, भदौ ३०, २०८०

नेकपा (माओवादी केन्द्र ) भुम्लु गाउँ पालिकाको १० ओटै वडामा ब्यापक जन सहभागिता र उत्साहको साथ पार्टी कार्यालय उद्घाटन भएको छ । घर घरमा माओवादी जन जनमा माओवादी भन्ने नाराको साथ जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा भुम्लु गाउँ पालिकाको वडा नम्बर १ सापिङमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं संबिधान सभा सदस्य लक्ष्मी गुरुङले ब्यानर अनाबरण गरि वडा कार्यालय उद्घाटन गर्नुभयो । उद्घाटन मन्तब्य राख्दै माननिय गुरुङले माओवादीको वडा कार्यालय अन्य राजनितिक दलको विकृति र विसंगतिको विरुद्ध लड्ने सामाजिक अड्डाको रुपमा स्थापित गरिने वताउनु भयो।उहाँ वडा नम्बर १ को कार्यालय उद्घाटन पश्चात वडा नम्बर ८ को वडा कार्यलय उदघाटन गर्न पुग्नु भएको थियो । 

त्यस्तै वडा नम्बर २ सिमथलीमा पार्टी गाउँपालिकाको इन्चार्ज जनक भण्डारीले ब्यानर वाचन गरेर वडा कार्यालय उद्घाटन गर्नु भयो। भने वडा नम्बर ३ बेखसिम्लेको कार्यालय उद्घाटन इन्चार्ज जनक भण्डारी र पालिकाको वरिष्ठ उपाध्यक्ष सुर्यदेब योन्जनले संयुक्त रुपमा ब्यानर अनाबरण गरी वडा कार्यालय उद्घाटन गर्नु भयो । वडा कार्यालय उदघाटन कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सदस्य एवं अखिल नेपाल महिला संघ (क्रान्तिकारी) भुम्लु गाउँ पालिकाका अध्यक्ष आशा लामाले समेत उपस्थित थियो।

त्यसै गरी वडा नम्बर ४ चौबासमा माओवादी केन्द्रका प्रदेश सदस्य नबिन तामाङले वडा कार्यालय उदघाटन गर्नु भयो, उक्त उद्घाटन समारोहमा जिल्ला सदस्य हिमाल र पालिका कमिटी कोषाध्यक्ष नम्रता लामाले शुभकामना मन्तब्य राख्नु भएको थियो भने वडा अध्यक्ष संजय तामाङले कार्यक्रमको सन्चालन गर्नु भएको थियो । 

वडा नम्बर ५ सल्लेमा पालिकाव उपाध्यक्ष प्रेमा लामाले ब्यानर वाचन गरेर वडा कार्यालय उद्घाटन गर्दै अब माओवादीले भुम्लुमा संस्थागत भ्रष्टाचार र बेतिथिको बिरुद्ध लड्ने वताउनु भयो। 

त्यस्तै वडा नम्बर ६ कोलातीको वडा कार्यालय पालिका अध्यक्ष प्रेम बहादुर भुजेलले कार्यालय उदघाटन गर्नु भयो । जिल्ला कमिटी सदस्यद्वय क्रान्ति लामा र सन्त बहादुर तामाङले समेत मन्तव्य राख्नुभएको थियो। उक्त कार्यक्रममा सहिद परिवारलाई सम्मान समेत गरिएको थियो। भुजेलले वडा नम्बर ७,९ र १0 को समेत वडा कार्यालय उदघाटन गर्नुभएको थियो । भुम्लुमा नेकपा(माओवादी केन्द्र) सबै वडाहरुमा वडा कार्यालय उद्घाटन भएको छ। काभ्रे जिल्लामा मात्र नभई बागमती प्रदेशमै जनतासँग माओवादी विशेष रुपान्तरण अभियान भुम्लु गाउँपालिकामा उत्साहजनक र फलदायी भयको स्थानीय नेता तथा कार्यकर्ताहरुको दावि छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

संघीय संसदका चारवटा समितिको बैठक बस्दैँ
संघीय संसदका चारवटा समितिको बैठक बस्दैँ

१ दिन अघि

राजावादी आन्दोलन आज पनि, प्रसाइ समुहकाे अलग्गै प्रदर्शन हुने
राजावादी आन्दोलन आज पनि, प्रसाइ समुहकाे अलग्गै प्रदर्शन हुने

१ दिन अघि

कांग्रेसद्वारा उच्च शिक्षाका आयाम विषयक विमर्ष : नेपाललाई शिक्षाको हब बनाउनु पर्नेमा जोड
कांग्रेसद्वारा उच्च शिक्षाका आयाम विषयक विमर्ष : नेपाललाई शिक्षाको हब बनाउनु पर्नेमा जोड

जेठ १४, २०८२

पाँचथर पुगेर डा. कोइरालाले भने : कार्यकर्ताले नेताको झोला मात्र बोक्ने हैन
पाँचथर पुगेर डा. कोइरालाले भने : कार्यकर्ताले नेताको झोला मात्र बोक्ने हैन

जेठ १४, २०८२

ताजा अपडेट

  • नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

    नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

  • कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

    कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

  • आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

    आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

  • राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फुटबल स्टार कोहुन

    राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फु…

  • कपालको विकासका लागि उपयुक्त बदामको तेल

    कपालको विकासका लागि उपयुक्त बदामको तेल

  • सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

    सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट…

  • करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

    करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा…

  • सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भावी आईजीपी बन्ने बाटो खुल्यो

    सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भा…