खेलकुद

प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता जेठ १० देखि जिरिखिम्तीमा


erastriya बिहीबार, जेठ ०९, २०८२

मोरङको पथरीशनिश्चरे-१० स्थित जिरिखिम्ती खेल मैदानमा प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता आगामी जेठ १० गतेदेखि १८ गतेसम्म सञ्चालन हुने छ।

कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समूहको आयोजनामा हुने टि-२० फर्म्याटको प्रतियोगितामा झापा, मोरङ र सुनसरी जिल्लाका १६ वटा क्रिकेट टोली सहभागी हुनेछन्। प्रतियोगितामा दैनिक दुई खेल सञ्चालन गरिने छ।

प्रतियोगिताको बिजेता टोलीलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ भने उपबिजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर, उदयमान खेलाडी तथा सर्वश्रेष्ठ खेलाडीलाई पनि नगदसहित ट्रफीबाट पुरस्कृत गरिने छ।

प्रतियोगिताको उद्घाटन भव्य समारोहसहित जेठ १० गते गरिने आयोजकले जनाएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा समूहका सचिव प्रेम केडीले प्रतियोगिता आयोजनाबारे जानकारी गराएका थिए। कार्यक्रममा आयोजक टोलीको जर्सी समेत सार्वजनिक गरिएको थियो।

प्रतियोगिता सञ्चालनका लागि ३ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च हुने समूहका अध्यक्ष सागर थापाले जानकारी दिए।

स्थानीय डाँस मोरङ सामुदायिक वन मुख्य प्रायोजक रहेका छन् भने ग्लोबल भुटानीज अर्गनाइजेसन सह–प्रायोजक रहेका छन्। पत्रकार सम्मेलनमै प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै
टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

११ घण्टा अघि

त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्याण्ड र नेदरल्याण्डस भिड्दै
त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्याण्ड र नेदरल्याण्डस भिड्दै

असार ०१, २०८२

फिफा क्लब विश्वकप भोलिदेखि, ३२ क्लब भिड्दै
फिफा क्लब विश्वकप भोलिदेखि, ३२ क्लब भिड्दै

जेठ ३२, २०८२

दक्षिण अफ्रिकाले जित्यो २७ वर्ष पछि  आईसीसीको मुख्य प्रतियोगिता  टेस्ट च्याम्पियनसिपको उपाधि
दक्षिण अफ्रिकाले जित्यो २७ वर्ष पछि आईसीसीको मुख्य प्रतियोगिता टेस्ट च्याम्पियनसिपको उपाधि

जेठ ३२, २०८२

ताजा अपडेट

  • आफ्नै सासु आमासँग लभ परेपछि ज्वाईसँग बिहे, बिच्चलीमा छोरी

    आफ्नै सासु आमासँग लभ परेपछि ज्वाईसँग बिहे, बिच्चलीमा…

  • मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण मात्रै गर्छन्- चन्द्र भण्डारी

    मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण म…

  • पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

    पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्त…

  • टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

    टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

  • ट्रम्पलाई खामेनीको चेतावनी- धम्कीबाट डराउदैनौं, सैन्य हस्तक्षेप भए जवाफ दिन्छौं

    ट्रम्पलाई खामेनीको चेतावनी- धम्कीबाट डराउदैनौं, सैन्य…

  • काँग्रेसले नेता शास्त्रीको निधनमा तीन दिन शोक मनाउने

    काँग्रेसले नेता शास्त्रीको निधनमा तीन दिन शोक मनाउने

  • सरकार र सभामुखबाट बलजफ्ती संसद चलाइयो- नारायणकाजी श्रेष्ठ

    सरकार र सभामुखबाट बलजफ्ती संसद चलाइयो- नारायणकाजी …

  • इजरायल र इरानमा रहेका नेपालीहरुको उद्धारका लागि विवरण संकलन शुरु

    इजरायल र इरानमा रहेका नेपालीहरुको उद्धारका लागि वि…