राजनीति

जब अमेरिकी महिला सांसदले बैठकमा आफ्नो नग्न तस्विर देखाइन्...


erastriya बिहीबार, जेठ ०९, २०८२

काठमाडौं, ८ बैशाख । अमेरिकी संसदकी सदस्य न्यान्सी मेसले सदनमा केही गरेकी छन्, जसको चर्चा यतिखेर विश्वभर भइरहेको छ । 

वास्तवमा उनले संसदमा आफ्नो नग्न तस्विर देखाएकी थिइन । उनले आफ्नो नग्न तस्विर देखाउँदै दावी गरिन कि उनको पूर्व मंगेतरले उनको सहमति बिना उनको फोटो गोप्य रूपमा क्लिक गरेका छन।

न्युयोर्क पोष्टका अनुसार यो तस्विर उनले हाउस ओभरसाइट कमिटी सत्रको समयमा देखाएकी थिइन, जब मेसले भिडियो भ्वायरिज्मविरुद्ध कडा कानूनको वकालत गरिरहेको थिए ।


साउथ क्यारोलिना कंग्रेस वुमनले भनिन्, ‘स्वतन्त्रता कुनै सिद्धान्त होइन। स्वतन्त्रता भनेको तपाईं सुत्दा तपाईंको अनुमति बिना कसैले तपाईंको तस्बिर खिच्नु हुँदैन। म एक सांसदको रूपमा मात्र होइन, पीडितको रूपमा बोल्दैछु।’


उनले पोस्टर आकारको कालो र सेतो फोटोहरू देखाएकी थिइन। उनले भनिन, ‘मेरो भिडियो बनाइँदैछ भन्ने मलाई थाहा थिएन। मैले सहमति दिएको पनि थिइनँ।’ सांसदले आफ्नी पूर्व मंगेतर प्याट्रिक ब्रायन्टले गोप्य रूपमा आफ्नो फिल्म खिचेको आरोप लगाएकी हुन् । तर बलात्कार र दुर्ब्याहारसहित गम्भीर यौन अपराध गरेको उनको थप आरोप पनि छ।

तर, उनको पूर्व मंगेतरले मेसको सो आरोप निराधार भएको बताएका छन् । ब्रायन्टले एक बयानमा भने, ‘मैले न्यान्सी मेसले गरेको झूटा र अपमानजनक दावीहरूलाई स्पष्ट रूपमा अस्वीकार गर्दछु, मैले कहिल्यै कसैलाई यौन दुर्व्यवहार गरेको छैन। मैले कहिल्यै कसैको अनुमति बिना फोटो खिचेको पनि छैन।’ ब्रायन्टले उल्टै मेसले आफ्नो पदको दुरुपयोग गरेको आरोप लगाएका छन् ।


मेसले आफ्नो आरोपबारे सार्वजनिक रूपमा बोलेको यो पहिलो पटक भने होइन। गत फेब्रुअरीमा उनले ब्रायन्ट र तिनका तीन व्यापारिक साझेदारहरूलाई उनी र अन्य महिला पनि कथित रूपमा नाबालिग केटीहरू विरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।


दक्षिण क्यारोलिना राज्य कानून प्रवर्तन डिभिजनले हाल मेसको दावीहरूको अनुसन्धान गरिरहेको छ। ब्रायन्टले आफूले अधिकारीहरूसँग पूर्ण सहयोग गरिरहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

वारः२ का लागि ऋतिकले ४८ करोड पाउँदा एनटिआरकाे भने आधा रकम
वारः२ का लागि ऋतिकले ४८ करोड पाउँदा एनटिआरकाे भने आधा रकम

५ घण्टा अघि

पाकिस्तान-अफगानिस्तान र चीन बिच बीआरआई याेजनामा त्रिपक्षीय सहमति
पाकिस्तान-अफगानिस्तान र चीन बिच बीआरआई याेजनामा त्रिपक्षीय सहमति

८ घण्टा अघि

अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने
अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

९ घण्टा अघि

कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा
कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

९ घण्टा अघि

ताजा अपडेट

  • हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

    हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

  • ल कलेजमा विप्लव निकट भातृ संगठन अखिल समाजवादी काे संयोजकमा शैलेन्द्र दुवाडी

    ल कलेजमा विप्लव निकट भातृ संगठन अखिल समाजवादी काे …

  • फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

    फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्र…

  • प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता जेठ १० देखि जिरिखिम्तीमा

    प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता जेठ १० देखि जिरिख…

  • बिजेपी बिधायक माथी आरोप, ‘सामुहिक बलात्कार गरेपछि मुखमा पिशाव फेरिदिएँ’

    बिजेपी बिधायक माथी आरोप, ‘सामुहिक बलात्कार गरेपछि …

  • आईपीएल २०२५ः पावर प्लेमा सबैभन्दा बढी छक्का हान्ने यी हुन ५ क्रिकेटर

    आईपीएल २०२५ः पावर प्लेमा सबैभन्दा बढी छक्का हान्ने यी…

  • जिउँदै आगो लगाउनेले अमेरिकामा सुई लगाएर दिइयो मृत्युदण्ड

    जिउँदै आगो लगाउनेले अमेरिकामा सुई लगाएर दिइयो मृत्…

  • जब अमेरिकी महिला सांसदले बैठकमा आफ्नो नग्न तस्विर देखाइन्...

    जब अमेरिकी महिला सांसदले बैठकमा आफ्नो नग्न तस्विर दे…