समाचार

वारः२ का लागि ऋतिकले ४८ करोड पाउँदा एनटिआरकाे भने आधा रकम


erastriya बिहीबार, जेठ ०९, २०८२

मुम्बई, ८ जेठ । यशराज फिल्मसको ‘वार २’ यस वर्षको सबैभन्दा प्रतिक्षित बलिउड चलचित्र मध्ये एक हो। 

यशराज ब्यानरमा बनेको यस चलचित्रमा ऋतिक रोशन फेरि एकपटक र एजेन्ट कबीर धारिवालको भूमिकामा दुश्मनसँग लड्दै गरेको देखिने भएका छन्।

तर, उनको यो लडाई यसपटक भने सहज हुनेवाला छैन् किनभने उनको अगाडि साउथका सुपरस्टार जुनियर एनटीआर छन्, जो अयान मुखर्जी निर्देशित फिल्मबाट बलिउडमा डेब्यु गर्दैछन् ।

फिल्ममा कबीरको भूमिका खेलेर ऋतिक रोशनले जुनियर एनटीआरलाई कसरी जित्छन् ? यो त वारः २ रिलिज पछि मात्रै थाहा हुनेछ तर शुल्कको हिसाबले भने बलिउडका रोशनले आरआरआर स्टारलाई निकै नै जितेका छन्। ऋतिकले जुनियर एनटीआर भन्दा झन्डै डबल पारिश्रमिक लिएका छन् ।

ऋतिक रोशनले केही समयदेखि बलिउडमा पैसा कमाइरहेका छैनन तर पनि उनको पारिश्रमिकमा कुनै कटौती भएको छैन्र किनभने वारको सिक्वेलको सम्पूर्ण भार उनको काँधमा रहेको छ। तसर्थ, रिपोर्टहरू अनुसार निर्माताहरूले अभिनेतालाई उनको माग गरिएको बराबरको रकम दिन पछि हटेका छैनन्, छात्ति फुलाएर ऋतिक माथी पैसा खन्याएका छन् ।

द सियासत डेली डट कमका अनुसार देवाका लागि करिब ६० करोड भारु लिएका जुनियर एनटीआरले आफ्नो बलिउड डेब्यु फिल्मका लागि भने ३० करोड भारु मात्रै लिएका छन जबकी ऋतिक रोशनले यस फिल्मबाट ४८ करोड भारु लिएका छन । 


त्यसो त जुनिएर एनटिआरको जन्मदिनमा रिलिज भएको वारः २ को टिजरले भ्युको हिसाबले सुस्त सुरुवात गरेको थियो तर अहिले ऋतिक रोशन जुनियर एनटीआरको फिल्मको यो टिजर युट्युबमा ट्रेन्डिङ नम्बर १ मा रहेको छ। पछिल्लो २४ घण्टामा यो टिजरलाई २ करोड १९ लाखभन्दा बढीले हेरेका थिए, जो अहिले पनि लगातार बढीरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

जब अमेरिकी महिला सांसदले बैठकमा आफ्नो नग्न तस्विर देखाइन्...
जब अमेरिकी महिला सांसदले बैठकमा आफ्नो नग्न तस्विर देखाइन्...

५ घण्टा अघि

पाकिस्तान-अफगानिस्तान र चीन बिच बीआरआई याेजनामा त्रिपक्षीय सहमति
पाकिस्तान-अफगानिस्तान र चीन बिच बीआरआई याेजनामा त्रिपक्षीय सहमति

८ घण्टा अघि

अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने
अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

९ घण्टा अघि

कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा
कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

९ घण्टा अघि

ताजा अपडेट

  • हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

    हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

  • ल कलेजमा विप्लव निकट भातृ संगठन अखिल समाजवादी काे संयोजकमा शैलेन्द्र दुवाडी

    ल कलेजमा विप्लव निकट भातृ संगठन अखिल समाजवादी काे …

  • फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

    फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्र…

  • प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता जेठ १० देखि जिरिखिम्तीमा

    प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता जेठ १० देखि जिरिख…

  • बिजेपी बिधायक माथी आरोप, ‘सामुहिक बलात्कार गरेपछि मुखमा पिशाव फेरिदिएँ’

    बिजेपी बिधायक माथी आरोप, ‘सामुहिक बलात्कार गरेपछि …

  • आईपीएल २०२५ः पावर प्लेमा सबैभन्दा बढी छक्का हान्ने यी हुन ५ क्रिकेटर

    आईपीएल २०२५ः पावर प्लेमा सबैभन्दा बढी छक्का हान्ने यी…

  • जिउँदै आगो लगाउनेले अमेरिकामा सुई लगाएर दिइयो मृत्युदण्ड

    जिउँदै आगो लगाउनेले अमेरिकामा सुई लगाएर दिइयो मृत्…

  • जब अमेरिकी महिला सांसदले बैठकमा आफ्नो नग्न तस्विर देखाइन्...

    जब अमेरिकी महिला सांसदले बैठकमा आफ्नो नग्न तस्विर दे…