समाचार

ग्वान्टानामो खाडीमा आप्रवासी राख्दा दैनिक १ कराेड ३७ लाख डलर खर्च, ट्रम्पको आलोचना


erastriya बिहीबार, जेठ ०९, २०८२

वासिंगटन डिसी, ८ बैशाख । डोनाल्ड ट्रम्प अहिले अमेरिकामा शासन गरिरहेका छन्, हरेक दिन नयाँ नयाँ निर्णय गरेर उनले विश्वलाई नै तरंगित बनाईरहेका छन् । 

राष्ट्रपति बनेदेखि डोनाल्ड ट्रम्पले एकपछि टयारिफ होस वा आप्रावासी निष्काषनसहित द्रुत निर्णय लिइरहेका छन् । यसैबीच अमेरिकाको ग्वान्टानामो खाडीबाट एउटा अचम्मको खबर बाहिर आएको छ। तर, केही निर्णयले भने अमेरिकालाई अनावश्यक आर्थिक भार परिरहेको छ ।

जस अनुसार ट्रम्पको हिरासतमा रहेको नौसेना आधारमा बस्ने प्रत्येक व्यक्तिका लागि अमेरिकाको करोडौं रुपैयाँ खर्च हुने बताइएको छ । सिनेटर ग्यारी पिटर्सले सुनुवाइका क्रममा नौसेना आधारमा बस्ने आप्रवासीहरूको लागत करोडौं रहेको बताएका हुन् । यस्तो अवस्थामा आप्रवासीहरूलाई नौसेना आधारमा राख्नु ट्रम्पका लागि महँगो साबित भएको छ । किनभने, यसरी राख्दा दैनिक १ कराेड ३७ लाख नेपाली रूपैयाँ बराबर खर्च भइरहेकाे छ ।

पिटर्सले भने, ‘हामी कसैलाई ग्वान्टानामोमा राख्नको लागि प्रति दिन १ लाख डलर खर्च गर्दैछौं। हामी तिनीहरूलाई केही समयको लागि त्यहाँ राख्छौं, त्यसपछि हामी तिनीहरूलाई संयुक्त राज्य अमेरिका लैजान्छौं, हामी तिनीहरूलाई अमेरिकामा दिनको जम्मा १६५ अमेरिकन डलरमा पनि राख्न सक्छौं तर मलाई लाग्छ उता लगेर राख्नु अमेरिकाको ठूलो अपमान हो।’ अमेरिकी अधिकारीका अनुसार अहिले त्यहाँ करिब ७० आप्रवासी हिरासतमा रहेका छन्।

उता, अमेरिकन सिभिल लिबर्टीज युनियन (एसीएलयु) ले १० आप्रवासीहरूलाई आधारमा स्थानान्तरण गर्नबाट रोक्न मार्चमा मुद्दा दायर गरेको थियो। मुद्दामा एसीएलयुले ग्वान्टानामोमा आप्रवासीहरूलाई दिनको कम्तिमा २३ घण्टा झ्यालविहीन कोठामा राखिएको आरोप लगाएको छ। उनीहरूलाई स्ट्रिप गरिएको थियो र उनीहरूका परिवारका सदस्यहरूसँग सम्पर्क गर्न समेत दिइएको थिएनन । एसीएलयुका अनुसार केही कैदीबन्दीले आफुमाथी निकै अपमानजनक भएको भन्दै आत्महत्याको प्रयाससमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै
रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

१३ घण्टा अघि

भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?
भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

१ दिन अघि

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश
अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

असार २०, २०८२

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

असार २०, २०८२

ताजा अपडेट

  • प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाको बेलिब्रिज

    प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाक…

  • पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता राजनीतिक वृतमा तरंग

    पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता र…

  • क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा: लाई फ्लुमिन्सको चुनौती, रियल मड्रिडलाई पीएसजीको टक्कर

    क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा: लाई फ्लुमिन्स…

  • एक महिना पछि कोड वर्ड’ भाषा प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन

    एक महिना पछि कोड वर्ड’ भाषा प्रयोग गरेर पुन मानव तस्…

  • रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

    रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

  • सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

    सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट …

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …