भारत, ६ जेठ । मुम्बईको केईएम अस्पतालमा सोमबार दुई जना कोभिड पोजिटिभ बिरामीको मृत्यु भएको छ।
तर, उनको मृत्यु कोभिडका कारण नभई दीर्घकालीन रोगका कारण भएको चिकित्सकहरुले बताएका छन् । एक बिरामीलाई मुखको क्यान्सर र अर्कोलाई मृगौला रोग नेफ्रोटिक सिन्ड्रोम थियो। तर, उनीहरू थप कोभिड संक्रमित भने थिए ।
यसैबिच, एसियाको सिंगापुर, हङकङ, चीन र थाइल्याण्डमा कोरोनाभाइरसका केसहरू फेरि बढिरहेका छन्। यी देशहरूमा नयाँ केसहरूको संख्या बढ्दै गएको छ।
सिंगापुरमा मे १ देखि मे १९ सम्म ३ हजार कोभिडका बिरामी भेटिएका छन् । अप्रिलको अन्तिम सातासम्म यो संख्या ११ हजार १ सय थियो । यहाँ केसहरूमा २८ प्रतिशतले वृद्धि भएको जनाइएको छ।
उता, जनवरी देखि हङकङमा ८१ केसहरू सामुन्ने आएका छन्। जसमध्ये ३० जनाको मृत्यु भइसकेको छ भने चीन र थाइल्याण्डमा पनि अलर्ट जारी गरिएको छ ।यद्यपी यहाँ बिरामीको संख्याबारे भने केही जानकारी दिइएको छैन । भारतमा जनवरी १ देखि मे १९ सम्म २५७ केस रिपोर्ट गरिएको छ।
प्रतिकिर्या