समाचार

गणतन्त्र दिवस तीन दिन मनाइने, बालेन गएनन बैठकमा


erastriya मंगलबार, जेठ ०७, २०८२

 


काठमाडौं, ५ जेठ । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरु छलफलसहित पारित भएको हो ।


मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरु, काठमाडौँ महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरु, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरु सदस्यहरूसहित गृह मन्त्रालयका सचिव सदस्यसचिव रहेका छन् ।

बैठकले यही जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रि दिवसीयरुपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–सस्थालाई समेटेर तहगत समिति र उपसमितिहरु गठन गरिएको छ । 

यस्तै, विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिएको छ । जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ ।


प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्यताका साथ जनस्तरमा समेत मनाउन आव्हान गर्दै यसलाई केवल औपचारिकतामा सीमित नराख्न आग्रह गरेका छन । यस्ता मूल समारोह समितिमा पदेन रहनुपर्ने व्यक्ति (पदाधिकारी) हरु पटक पटक अनुपस्थित रहने स्थिति अन्त्य गर्न निर्देशनसमेत दिए ।

उक्त समितिका पदेन सदस्य रहेका काठमाडाैं महानगरपालिका मेयर बालेन साह भने बैठकमा उपस्थित भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मोरङ समाजको २५ औं रजत जयन्ती, मास्केको नेतृत्वमा नयाँ कार्यसमिति
मोरङ समाजको २५ औं रजत जयन्ती, मास्केको नेतृत्वमा नयाँ कार्यसमिति

७ घण्टा अघि

जलस्रोत बिधेयक, २०८० प्रतिनिधिसभावाट बहुमतले पारित
जलस्रोत बिधेयक, २०८० प्रतिनिधिसभावाट बहुमतले पारित

८ घण्टा अघि

उर्जामन्त्रीले भने, `२०३५ सम्म २८, ५०० मेगावाट विद्युत उत्पादन गर्छौं´
उर्जामन्त्रीले भने, `२०३५ सम्म २८, ५०० मेगावाट विद्युत उत्पादन गर्छौं´

८ घण्टा अघि

प्रधानमन्त्री पत्नि भन्छिन, `देश बनाउन निकै गारहो छ´
प्रधानमन्त्री पत्नि भन्छिन, `देश बनाउन निकै गारहो छ´

८ घण्टा अघि

ताजा अपडेट

  • इन्सपेक्टर सहित अनुगमनमा गएका औषधि बिभागका कर्मचारीले  भक्कु कुटाई खाए

    इन्सपेक्टर सहित अनुगमनमा गएका औषधि बिभागका कर्मचारील…

  • विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत

    विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्…

  • अक्सिजनबिना घण्टौं पानी भित्र बाँच्ने काेरियाली महिलाका बारेमा वैज्ञानिकले गरे खुलासा

    अक्सिजनबिना घण्टौं पानी भित्र बाँच्ने काेरियाली महिला…

  • माइक्रोसफ्टले यस बर्ष ६ हजार कर्मचारी कटौती गर्ने, दोस्रो सबैभन्दा ठुलो कटौती

    माइक्रोसफ्टले यस बर्ष ६ हजार कर्मचारी कटौती गर्ने, दोस्…

  • नेपाल प्रवेश गर्न खोज्ने कोरियाली नागरिक रक्साैलवाट पक्राउ

    नेपाल प्रवेश गर्न खोज्ने कोरियाली नागरिक रक्साैलवाट प…

  • गणतन्त्र दिवस तीन दिन मनाइने, बालेन गएनन बैठकमा

    गणतन्त्र दिवस तीन दिन मनाइने, बालेन गएनन बैठकमा

  • मोरङ समाजको २५ औं रजत जयन्ती, मास्केको नेतृत्वमा नयाँ कार्यसमिति

    मोरङ समाजको २५ औं रजत जयन्ती, मास्केको नेतृत्वमा नया…

  • जलस्रोत बिधेयक, २०८० प्रतिनिधिसभावाट बहुमतले पारित

    जलस्रोत बिधेयक, २०८० प्रतिनिधिसभावाट बहुमतले पारित