समाचार

नेकपा एमालेका केन्द्रिय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश


erastriya सोमबार, जेठ ०६, २०८२

 

इनरुवा, ४ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ गतेदेखि काठमाडौंमा शुरु हुने आन्दोलन शान्तिपुर्ण हुने बताएका छन् ।

सुनसरिको इनरुवामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलनको बारेमा अनावश्यक भ्रम फैलाउन खोजिएको भन्दै थापाले आन्दोलन शान्तिपुर्ण भद्र अबज्ञाको रुपमा अघि बढ्ने दाबी गरे ।

"निर्धक्क भएर काठमाडौं आउनुहोस् , गणतन्त्र मान्दिन धर्म निरपेक्षता मान्दिन भन्ने अधिकार संविधानले नै दिएको छ, धारा २७४ ले यसको बिकल्प खोज्ने अधिकार स्विकार गरेको छ , गणतन्त्रको बिकल्प खोज्ने कुरा संविधान बिरोधि होइन" - उनले स्पष्ट पारे । अनावश्यक हस्तक्षेप गर्ने ,बल प्रयोग गर्ने र दुष्प्रचार गर्ने काममा सरकारले समय बर्वाद नगरोस् भन्दै अहिलेको कुशासन र भ्रष्टतन्त्रको विरुद्धमा जनता जागिसकेको उनको जिकिर थियो ।

"यो राष्ट्रबादी आन्दोलन हो, नेपाल र नेपाली जनताको हितको लागि नेपाली जनता मिलेर गर्नलागेको आन्दोलन हो, कुनै बिदेशी प्रभाब र उक्साहट छैन" थापाले थपे । मुलुक युबाहिहिन भैसक्यो , भ्रष्टाचारको आहालमा देश चुर्लुम्म डुबेको छ, सिङ्गो गाउँका गाउँ धर्म परिबर्तनको चपेटामा छ , बेरोजगारी र कुशासन भनिसाध्य छैन, यस्तो बेलामा जनताले बिकल्प खोज्छन् , जनतालाई रोक्ने दुष्साहस कतैबाट नहोस् भन्दै थापाले सम्बाद र सहमतिमा पनि निकास खोज्न सकिने भएकोले गणतन्त्रबादिहरुलाई सहमतिको बाटोमा आउन समेत थापाले आमन्त्रण गरे ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य सुनसरी जिबिसका पुर्ब जिबिस सभापती रमेश श्रेष्ठ , इनरुवाका पुर्ब उपमेयर माधब पोखरेल लगायत दर्जनौ ब्यक्तिहरु राप्रपा नेपाल प्रबेश गरेका थिए ।

आन्दोलन तयारीको क्रममा थापा जिल्ला दौडाहामा छन् । कार्यक्रममा नेताहरु तारानाथ लुइँटेल , तेज कुरुङ्वाङ, बल्लभ दाहाल, माधब आचार्य , रामबिलास मेहता लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न
अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

असोज ०३, २०८२

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…