समाचार

डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन


erastriya सोमबार, जेठ ०६, २०८२

बिरगंज ५ जेठ। मधेश प्रदेश प्रहरी प्रमुख  डिआईजी उमाप्रसाद चतुर्वेदीले सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन दिएका छन्।

डिआईजी चतुर्वेदीले मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हाले पछी पहिलो पटक जिल्ला प्रहरी कार्यालय पर्सा बीरगंजको निरीक्षण पछि सम्बोधन गर्दै उक्त निर्देशन दिएका हुन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्राले उनको स्वागत गरेका थिए।
डिआईजीले मुदा फाँट, अनुचित लेनदेन शाखा, उजुरी शाखा, हिरासत व्यस्थापन शाखा, सिसी टिभी कक्ष, सुचना संकलन शाखासमेतको निरिक्षण गरेका थिए।
निरिक्षण पश्चात पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रासहित जिल्लाभरिका प्रहरी युनिट प्रमुखहरूलाई एकठाउँमा राखेर विभागीय नीति अनुसार सिमा अपराध, आपराधिक गतिविधि बिभिन्न सामानको तस्करी नियन्त्रण गर्न र कानुन विपरीत कुनै पनि काम नगर्न डिआईजी चतुर्वेदीले कडा निर्देशन दिएको एसपी मिश्रले न्युज कारखानालाई बताए ।
मधेश प्रदेशको आठवटै जिल्लामध्य पर्सा अति संवेदनशिल जिल्ला रहेकाले चुस्त दुरुस्त रुपमा शान्ति सुरक्षा कायम राख्न तथा सीमाको निगरानीमा बिशेष ध्यान दिन निर्देशन दिएका थिए। केही दिन अघि पर्सा प्रहरीले एकै दिनमा १९५ फरार प्रतिवादी पक्राउ गर्न सफल हुनु र सानो अवधिमा करोडौंको अबैध सामान बरामद गर्न सफल भएकोमा डिआईजी चतुर्वेदीले एसपी मिश्रको प्रशंसासमेत गरेका थिए।

डिआईजी चतुर्वेदीले यस अघि जिल्ला प्रहरी कार्यालय रौतहट र सर्लाहीको निरीक्षण गरिसकेका छन् भने आज जिल्ला प्रहरी कार्यालय बाराको निरीक्षण गर्ने योजना रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रबि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरी 'हेर्न नभ्याइने'मा
रबि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरी 'हेर्न नभ्याइने'मा

११ घण्टा अघि

रबिन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायधिसद्दय चुडाँल र श्रेष्ठको इजालासमा
रबिन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायधिसद्दय चुडाँल र श्रेष्ठको इजालासमा

जेठ ०३, २०८२

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ
राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

जेठ ०३, २०८२

पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक
पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक

चैत ०३, २०८१

ताजा अपडेट

  • रबि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरी 'हेर्न नभ्याइने'मा

    रबि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरी 'हेर्न…

  • कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

    कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

  • प्रधानमन्त्रीले युरोपियन युनियनका राजदूतहरुलाई भने, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’

    प्रधानमन्त्रीले युरोपियन युनियनका राजदूतहरुलाई भने, …

  • नेकपा एमालेका केन्द्रिय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

    नेकपा एमालेका केन्द्रिय सल्लाहकार श्रेष्ठ राप्रपा नेपाल…

  • यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार

    यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार

  • अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको कामना

    अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्…

  • पृथ्वीको गर्भमा भेटियो हाइड्रोजनको ठूलो भण्डार, १.७० लाख बर्षसम्म उर्जाको ‘नो टेन्सन्’

    पृथ्वीको गर्भमा भेटियो हाइड्रोजनको ठूलो भण्डार, १.७० …

  • दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

    दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ क…